डोनाल्ट ट्रम्पकी छोरी इवांकासँग डेटमा जान,कफी पिउन र फोटो खिच्न लाखौ डलर तिर्न तयार

गएको ५ डिसेम्बरदेखी आफूसँग कफी खानको इवांकाले अनलाईन बोली लगाएकी थिइन् । शुरुमा त्यसको रकम ८ हजार डलर अर्थात आठ लाख रुपैयाँ थियो । अहिले सो बोली रकम बढेर ५० हजार डलर अर्थात ५४ लाख रुपैयाँसम्म पुगेको छ ।
सबैभन्दा बढी रकम बोली लगाउने व्यक्तिले सन २०१७ मा इवांकासँग डेटमा जान पाउनेछन् र उनीसँग कफी पिउने मौका पाउनेछन् ।
अनलाईनमा सबैभन्दा बढी रकम बोली लगाउने व्यक्तिले ट्रम्प छोरीसँग ३५ देखि ४० मिनेटसम्म गफिने मौका पाउनेछन् । साथै फोटो खिच्न पनि सक्नेछन् ।
इंवाका आफ्ना भाई एरिकको च्यारिटी संस्थाको सहयोगको लागि सो रकम खर्च गर्नेछिन् । उनका भाई एरिकले ट्रम्प फाउन्डेशन सेट जुड चिल्ड्रेन्स रिसर्च हस्पिटलमा विरामी बच्चाहरुको सहयोग जुटाउने काम गर्छन् ।
विजेताले सन २०१७ जनवरी १ देखि २०१८ सम्ममा ट्रम्पछोरीसँग कफी पिएर गफिने मौका पाउनेछन् । कफी खानको लागि न्यूयोर्क स्थित ट्रम्पटावर वा वाशिंगटनस्थित ट्रम्प इन्टरनेशनल होटेलको स्थान तय गरिएको छ । इवांकालाई भेट्न अघि सुरक्षाकर्मीले जाँच गर्नेछ । एजेन्सी