हेडलाईन

इजरायल घेदुङको सातौं अधिवेशनबाट अध्यक्षमा पेमा लामा पाख्रिन तामाङ चयन         इजरायलमा चासोक तङ्नाम (उधौली/न्वागी पुजा ) येले तङ्बे ५०८१ भव्यताको साथ मनाउने         इजरायलमा राष्ट्रिय पर्व तमू ल्होसार २०७८ भव्यताको साथ मनाउने         नेफिन दक्षिण कोरियाको अध्यक्षमा विक्रम राना निर्बिरोध चयन         नेपाल तामाङ घेदुङ कुवेतको छैटौं अधिवेशनबाट अध्यक्षमा नाराण ग्लान तामाङ निर्विरोध चयन         तामाङ समाज स्पेनको अध्यक्षमा अजय लोप्चन तामाङ         इजरायलमा पाँचौ संस्करणको वलिहाङ कप २०२१ फुटबल खेल हुदै         बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयमा कुमारी मोक्तान तामाङ नियुक्ति         इजरायलमा नेपाल सम्बत ११४२ स्वन्ति नख: तथा म्ह:पुजा कार्यक्रम हुदै         प्रवासी सृजनशील महिला समूह इजरायलले चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै         नेपाली समाज (नेसो)इजरायलले “सुज”अभियान कार्यक्रम गर्दै         जनसंम्पर्क समिति इजरायलले चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै         नेफिन:अन्तर्राष्ट्रिय प्रवास समन्वय समिति गठन         इजरायल घेदुङको सातौं वार्षिकोत्सव तथा एकता दिवस साथै अधिवेशन हुदै         इजरायल जान यसरी ११७५ जनाको नामावली सार्वजनिक (छनौटको भिडियो सहित)        

जिब्रो पड्काउँदै जिस्काउने केटा देखि रिस उठ्छ – सरूपा थापामगर

sarupa-thapa-magar

फेसन नगरीका रूपमा परिचित धरानमा रहेर अध्ययनसँगै मोडलिङलाई अँगालेकी एक चर्चित मोडेल हुन्, सरूपा थापामगर । धरानस्थित वीरेन्द्र मेमोरियल कलेजमा बीबीएस पहिलो वर्ष अध्ययनरत उनको लक्ष्य सफल नायिका बन्ने रहेको छ । आरजेका रूपमा समेत परिचित उनी धरानमा सञ्चालित विजयपुर एफएमकी कार्यक्रम प्रस्तोता पनि हुन् । पाँच फिट दुई इन्च अग्ली २१ वर्षीया सरूपा मिस मंगोल नेपाल २०१५ की फस्ट रनरअप हुन् ।

अचेल केमा व्यस्त ?

बिहान ६ बजे कलेज जान्छु । कलेजबाट फर्केपछि रेडियो प्रस्तोताका रूपमा काम गर्छु । सामाजिक कार्यक्रममा भाग लिएर आफ्नो व्यक्तित्व विकासलाई पनि अगाडि बढाउने प्रयत्न गरिरहेकी छु ।

समाजमा कुन रूपमा चिनिन चाहनुहुन्छ ?

मोडलका रूपमा आफूलाई परिचित गराउन चाहन्छु । भविष्यको लक्ष्य त नायिका बन्ने हो । रेडियो प्रस्तोताका रूपमा काम गरिरहेकाले समाजले सञ्चारकर्मीका रूपमा चिन्ने गरेको छ तर समग्रमा म एक असल नारीका रूपमा स्थापित हुन चाहन्छु ।

मोडलिङमा लाग्ने सोच कसरी आयो ?

धरान फेसनेबल सहर भएकाले बेलाबेलामा हुने फेसन सोमा भाग लिएपछि मोडलिङ क्षेत्रमा रुचि बढ्यो । मलाई सानैदेखि सौन्दर्य प्रतियोगिताप्रति रुचि थियो । मिस मगर नेपाल २०१४ पछि मिस मंगोल नेपाल २०१५ मा सहभागी भई फस्ट रनरअप भएँ । यो उपलब्धिले मलाई यस क्षेत्रमा चिनायो ।

धरानमा बसेर मोडलिङ एवं अभिनयलाई अगाडि बढाउन सकिएला त ?

काम गर्न काठमाडौंमै बस्नुपर्छ भन्ने छैन । क्षमतावान् व्यक्तिले मोफसलमा बसेर पनि करिअरलाई स्थापित गर्न सक्छन् भन्ने मलाई लाग्छ । धरान अवसर भएको सहर पनि हो । त्यसैले यहीँ बसेर करिअर बनाउन सक्छु भनेर लागिपरेकी छु ।

यस क्षेत्रमा लागेर प्राप्त गरेको उपलब्धि ?

मलाई चिनाएको यही क्षेत्रले हो । आत्मविश्वास, व्यक्तित्व विकासमा धेरै सहयोग पुगेको छ जुन हरेक व्यक्तिका लागि आवश्यक छ । काम गर्ने अवसर पाएको छु, सामाजिक पहिचान बनेको छ ।

मोडलिङमा परिवारको साथ ?

परिवारको साथ नपाएको भए यो ठाउँसम्म आउन सक्ने थिइनँ । बुवाआमाले सपोर्ट गर्नुभएको छ । आफूले चाहेको क्षेत्रमा केही गर तर पढाइ नबिगार भनेर बेलाबेलामा बुवाआमाले सम्झाउनुहुन्छ । म पढाइमा पनि त्यत्तिकै मेहनत गरिरहेकी छु ।

तपाईंको बुझाइमा ग्ल्यामर के हो ?

फेसनेबल, सुन्दर र आकर्षक देखिनु नै ग्ल्यामर हो । ग्ल्यामरमा व्यक्तित्व झल्किन्छ । नयाँ पुस्ता ग्ल्यामरप्रति आकर्षित छन् र यो आवश्यक पनि छ ।

आफूलाई ग्ल्यामरस देखाउन के गर्नुहुन्छ ?

मेकअपमा ध्यान दिन्छु । शरीरलाई फिट एन्ड फाइन राख्छु । समयअनुसारका फेसनेबल एवं आफ्नो शरीरअनुसार सुहाउँदो पोसाकमा छोरी मान्छेको ग्ल्यामरस र सेक्सी छवि झल्किन्छ । म त्यसमा सचेत छु ।

ग्ल्यामर र अंग प्रदर्शनको सम्बन्ध ?

अंग प्रदर्शन फरक कुरा हो । अंग प्रदर्शन गरेर ग्ल्यामरस हुने पनि होइन । तर अहिले फेसनेबल र छोटो पहिरन लगायो भने अंग प्रदर्शन भन्छन्, त्योचाहिँ गलत हो ।

तपाईंलाई ग्ल्यामरस लाग्ने मोडेल र नायिका ?

नायिकामा नम्रता श्रेष्ठ र प्रियंका कार्की । मोडलमा आस्था पोखरेल ग्ल्यामरस लाग्छ । उहाँहरूको ड्रेसिङ सेन्स मन पर्छ ।

माया गर्छु भनेर केटाहरूले कत्तिको पछ्याउँछन् ?

भनेर साध्य छैन । फेसबुक, एसएमएसमार्फत कति धेरैले प्रेम प्रस्ताव राख्छन् भने मलाई दिक्क लागेर मोबाइल नम्बर नै परिवर्तन गरेकी छु ।

बाटो हिँड्दा केटाहरूले कत्तिको जिस्क्याउँछन् ?

जिस्क्याउँछन् । जिब्रो पड्काउँछन् तर त्यस्ता केटा देख्दा मलाई रिस उठ्छ ।

सपनाको राजकुमार कस्तो होस् भन्ने लाग्छ ?

जाँडरक्सी नखाने, पढेलेखेको, आफ्नो जिम्मेवारी बुझ्ने, इमानदार, मलाई माया गर्ने र जीवनभर साथ दिने होस् । सायद सबैको चाहना यस्तै हुन्छ होला ।

कसैसँग मायाप्रेम ?

दुई वर्षअगाडि एउटा केटासँग लभ परेको थियो तर उसको आचरण मन नपरेकाले छाडिदिए । बैंसको प्रेममा भावनाभन्दा आकर्षण बढी हुने भएकाले भर गर्न नसकिने रहेछ । @ अन्नपुर्णपोस्ट |






शुभकामना

Warning: यो Categories मा कुनै पनि आर्टिकल नहुनाले खाली देखिएको छ त्यसैले कृपया अहिले नै पोस्ट गरिहाल्नुहोला

भर्खरै...

लोकप्रिय

रोचक खबर

राष्ट्रपतिद्वारा ओली र देउवा दुवैलाई प्रधानमन्त्रीमा नियुक्त गर्न अस्वीकार

याम्बु - राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रधानमन्त्री नियुक्तिका लागि दावी पेश गर्ने दुबै प्रतिनिधिसभा... बाँकी यता

tamang online / May 22, 2021

चर्चित गायिका मेलिना राई र विरेन्द्र श्रेष्ठको ‘जाले रुमाल’ सार्वजनिक (भिडियो)

याम्बु - चर्चित गायिका मेलिना राई र गायक तथा वरिष्ठ ईन्जिनियर विरेन्द्र श्रेष्ठको स्वरमा रहेको जाले रुमाल... बाँकी यता

tamang online / October 2, 2020

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2021: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution