हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

आमाको अर्कै संग बिहे, औषधि नपाएर बुबाको मृत्यू , छोरीको अलपत्र

ghorai

घोराही, मंसिर ३० – केही दिनअघि जन्डिसले थलिएका बाबु स्यहार्दै गरेकी १२ वर्षीया रोशनी बादीले बुधबारसम्म ‘नुन बारिसकेकी थिइन् । ‘औषधि गर्न सकिनँ, बुबा बित्नुभो, केहीबेर पातलो चुन्नीले मुख छोपेर सास रोकेकी रोशनीले भनिन्, ‘कोही नहुनेलाई दैवले नि हेप्दा रहेछन् ।

तीन दिनअघि १२ वर्षीया छोरी रोशनीकै काखलाई सिरान बनाएर अन्तिम सास लिइरहेका दिनेशले आँसु मात्रै बगाएका थिए, बोली फुट्न सकेको थिएन । ‘त्यसपछि बुबाको सास चलेन, अनि अंकललाई बोलाएँ । पछि पो था भयो, बुबा त गइसक्नुभएछ ।

दुई महिनादेखि सामान्य जन्डिसले थलिएका उनका बाबु दिनेश बादीको उपचार नपाएर ओछ्यानमै मृत्यु भएपछि अब रोशनी एक्ली भएकी छन् । चार वर्षअघि आमा अर्कैसँग बिहे गरेर गएपछि रोशनीको जीवनमा बाबु मात्रै एक्लो साहरा थिए ।

दुई महिनाअघि बाबु पनि जन्डिसले ढलेपछि रोशनी पढाइसमेत छोडेर स्याहारमा जुटेकी थिइन् । गाउँलेहरूको सहयोगले अस्पताल लगेर सामान्य जाँच गराए पनि औषधि किन्ने पैसा भएन । उनका बाबु ओछ्यानमै थिए ।

रोशनी घरनजिकैको खोलामा दिनभरि ढुंगा फुटाएर गिट्टी बनाउँथिन् । केही दिनसम्म जम्मा भएको गिट्टी बिक्थ्यो । त्यही पैसाले खानेकुरा आउँथ्यो । तर बाबुलाई औषधि गर्ने पैसा जम्मा हुन सकेन । अघिल्लोपटक उनको त्यो ‘झुपडीमा पुग्दा उनी भर्खरै गिट्टीको थुप्रोमा हथौडा बिसाएर बुबालाई पानी खुवाउन आएकी थिइन् । त्यही बेला उनले याचना गरेकी थिइन् ‘औषधि किन्ने पैसा भए त, बुबा बाँच्नुहुन्छ रे। त्यसको दुई दिनपछि उनका बुबाको मृत्यु भयो । उनले तीन दिन नुन बारिन् ।

अब उनको सहारा कोही छैन । घोराही बजारको सिरानमा रहेको मजदुर बस्तीका काका नाता पर्नेको घरमा उनी बसिरहेकी छन् । बुबा हुँदासम्म प्यारो लाग्ने त्यो झुपडीमा अहिले उनलाई बस्न मन छैन । भनिन्, ‘बुबाको यादले डर लाग्छ ।

रोशनीका काका पनि मजदुरी गर्छन् । उनी पनि अपांग हुन् । एउटा खुट्टाले राम्रोसँग टेक्न र हिँड्न मिल्दैन । त्यही अपांग शरीर उनी दिनभरि मजदुरीमा लतार्छन्, आफ्ना पाँचजना परिवार पाल्न । अब रोशनी पनि उनैको शरणमा छिन् ।

रोगले थला नपार्दासम्म दिनेशले दिनभरि मजदुरी गर्थे, साँझ बिहानको छाक टरेको थियो । रोशनी कक्षा ३ मा पढ्थिन् । आमा अर्कैसँग बिहे गरेर गए पनि उनलाई आमाको कहिल्यै कमी हुन दिएनन्, ५० वर्षीय दिनेशले । छोरीकै लागि उनले दिनभरि मजदुरी गर्थे, बाउछोरीको छाक अनि छोरीको पढाइ खर्च पुगेकै थियो ।

श्रीमती अर्कैसँग गएपछि दिनेशलाई अर्की बिहे गर्ने रहर जागेन, न त रोशनीलाई आमाको कहिल्यै तृष्णा भयो । ‘मैले कहिल्यै आमालाई सम्झिनँ, बुबाले कमाउनुहुन्थ्यो, मैले पढिरहेकी थिएँ, त्यही बेला बुबा बिरामी पर्नुभो एकछिन रोकिएर रोशनीले भनिन् ‘बुबालाई एक छाक खुवाउन नि सकिनँ, औषधि किन्ने पैसा भएन, मेरौ काखमा बुबाको प्राण गयो ।

घोराही बजारको शिरानतिर सेवार खोलाको किनारामा एउटा बाक्लो बस्ती छ । धेरैजसो दलित बस्ने त्यो बस्तीका सबैले दिनभरि मजदुरी गर्छन् । त्यो ऐलानी जमिन हो । कसैको लालपुर्जा छैन । सबैको अवस्था उही हो । तर त्यही बस्ती बीचको रोशनीको त्यो झुपडी अहिले सुनसान भएको छ ।

आमा बुबा, सबै सहारा गुमाएकी रोशनीलाई पढ्ने रहर पनि छ । तर कसरी पढ्ने, कोसँग बस्ने उनलाई केही थाहा छैन, न कोही आफ्नो छ अब । ‘बुबालाई पनि बचाउन सकिनँ। पेटीमा घोप्टिएकी रोशनी त्यसपछि बोल्न सकिनन् । केहीबेरपछि आँसु पुछ्दै टोलाइरहिन् कसैसँग नबोली ।@ अन्नपुर्ण पोष्ट |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution