तामाङ साँस्कृतिकभवन निर्माण र तामाङ जागरण अभियानमा सहयोग गर्न घेदुङको आग्रह

काठमाडौं: नेपाल तामाङ घेदुङको गत मंसीर २५ गते तेश्रो राष्ट्रिय कार्यकारिणी समितिको बैठकले तामाङ साँस्कृतिक भवन निर्माणको लागि जग्गा खरिद गर्ने र तामाङ राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने निर्णय गरे लगत्तै घेदुङले संसारका तामाङहरुलाई सहयोगको लागि आग्रह गरेको छ ।
तामाङ घेदुङको साँस्कृतिक भवन निर्माण हुन नसक्नुको मुख्य कारण जग्गा ब्यवस्थापन हुन नसकेर हो भन्ने बैठकको निष्कर्ष रहेको छ । ‘घेदुङले २५ बर्षदेखि भवन बनाउने कुरा ग¥यो तर जग्गा कसैले देला र घर बनाउँला भनेर आशा गरेर बस्दा निराश हुनुप¥यो’ घेदुङका केन्द्रीय अध्यक्ष मोहन गोले तामाङले भने– ‘अब हामी त्यस्तो आशमा समय गुजार्दैनौ ।’
जग्गा ब्यवस्थापनको लागि यस अघि सचिवालय समितिलेघेदुङ अध्यक्षकोनेतृत्वमा गठन गरेको७ सदस्यीय समितिलाई पनि बैठकले अनुमोदन गरेको छ । समितिले कतिदेखि कतिसम्म सहयोग गर्ने सहयोगदातालाई कसरी सम्मान गर्ने ? र कुन ठाउँमा राख्ने भन्ने बारेमा एउटा नीति बनाउने तयारी गरिरहेको अध्यक्ष गोलेले बताए ।
उनले प्रवास स्थित तामाङ संघ÷संगठनहरु, स्वदेश स्थित जिल्ला÷प्रदेश र काठमाडौं केन्द्रीत समेत ३ तहमा आर्थिक सङ्कलनको अभियान सञ्चालन गरेर कम्तिमा डेड करोडदेखि २ करोड रकम सङ्कलन गरि रिङ्रोड दायाँ, बायाँ आवश्यक जग्गा खरिद गर्ने बताए । जग्गा भए भवन निर्माणको लागि समस्या नहुने उनको भनाई थियो ।
‘अब प्रत्येक तामाङलाई तामाङ साँस्कृतिक भवनमा मेरो पनि लगानी छ र मेरो पनि हो भन्ने अपनत्वको भावना सिर्जना गरिनेछ’ उनले अगाडि भने– ‘अब प्रत्येक तामाङ समुदायलाई आर्थिक, सांगठनिक हिसावले घेदुङसँग जोड्नेछौ ।’
यसैगरि बैठकले तामाङ समुदायको सामाजिक, साँस्कृतिक, राजनीतिक स्तर उठाउन देशब्यापी रुपमा तामाङ जागरण अभियान (ताजा अभियान) सञ्चालन गर्ने भएको छ । यस अन्तर्गत सबै जिल्लाको स्थानीय तहसम्म संगठन निर्माण र प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने घेदुङका महासचिव महितकुमार तामाङले बताए ।
तामाङ जागरण अभियानको लागि सबै जिल्ला, प्रदेश, भातृसंगठन र विभागीय समितिहरुले आगामी पुष महिनादेखि २०७४ जेठ महिनासम्मको ६ महिने कार्य योजना (फारम नं. ३) भरेर केन्द्रमा पेश गर्नुपर्ने निर्णय गरेको छ । सबै जिल्ला, प्रदेश, भातृसंगठन, विभागहरुले ३÷३ महिनामा आफूले सञ्चालन गरेका कार्यक्रमहरुको त्रैमासिक कार्य सम्पादन प्रतिवेदन (फारम नं. २) केन्द्रमा पठाउनु पर्ने र अध्यक्षदेखि केन्द्रीय समितिका सदस्यहरु समेतले अनिवार्य मासिक कार्य सम्पादन प्रतिवेदन (फारम नं. १) बुझाउनु पर्ने भनेको छ ।
निर्णय अनुसार काम नगर्ने, पद मात्रै ओगटेर तामाङ आन्दोलनलाई धोका दिने जुनसुकै समितिका पदाधिकारी तथा सदस्यहरुलाई कारवाही गरिने अध्यक्ष गोलेले बताए । उनले भने– ‘अब काम गर्ने कालु, मकै खाने भालु हुने दिन गए ।’ कसैको दयामाया, आशिर्बाद र पार्टीगत भागबण्डाबाट घेदुङको पद प्राप्त गर्ने अनि भजाएर खाने अध्याय समाप्त भएको उनले कथन थियो ।
यो अभियानलाई पुरा गर्न यस अघि फिर्ता लिएको पूर्णकालिन कार्यकर्ता समेत घेदुङले पुनः परिचालन गर्ने भएको छ । घेदुङको नियमित गतिविधिबाट मात्रै तामाङ समाज रुपान्तरण गर्न नसकिने हुँदा पूर्णकालिन कार्यकर्ताहरुलाई गाउँ गाउँमा पठाउन लागिएको घेदुङले जनाएको छ । यस्ता कार्यकर्ताहरु परिचालन गर्न आर्थिक समस्या पर्ने भएकोले घेदुङले छुट्टै कार्यविधि पास गरि बैक खाता समेत सञ्चालनमा ल्याएको छ । जसमा जापानका लागि पूर्व राजदूत डा. गणेश योञ्जन तामाङले एकमुष्ट रु. ५०,०००÷– जम्मा गरिसक्नु भएको छ ।
घेदुङको समितिले आफ्नो कार्यकालमा यही दुईवटा कार्य भवन निर्माण र ताजा अभियानलाई प्राथमिकताका साथ अघि बढाउने हुँदा संसारका तामाङहरुलाई उसले सहयोगको लागि आग्रह गरेको हो । सबैको साथ र सहयोग पाए तामाङ आन्दोलनको इतिहासमा एउटा चमत्कार हुने गोलेले दाबी गरे ।
यसैगरि बैठकले ल्होछार पर्वलाई घरघरमा भब्यताका साथ मनाउने, तामाङ क्यालेण्डर प्रकाशन गर्ने, आजिवन सदस्यता शुल्क सम्बन्धि कार्यविधि बनाउने, अन्तर्राष्ट्रिय सम्बन्धलाई मजबुत बनाउन एक संयन्त्र निर्माण गर्ने र राष्ट्रिय कार्यकारिणी समितिको बैठक प्रत्येक बर्षको दुई पटक (जेठ महिनाको तेस्रो हप्ताको शनिबार र मंसीर महिनाको तेस्रो हप्ताको शनिबार) बस्ने निर्णय गरेको घेदुङले जनाएको छ ।
बैठकमा केन्द्रीय सदस्यहरु राजेन्द्र थोकर, रामभक्त बोम्जन, गोमनसिंह तामाङ, सञ्जिव योञ्जन, छेकिन लो, साबित्री गोम्जा, सरोजमोहन मोक्तान, सुनिता थोकर, डिलबहादुर ठोकर, धनसुब्बा तितुङ, धनप्रसाद मोक्तान, दिलकुमार पाख्रिन, हरिमान तामाङ, लक्ष्मी योञ्जन, जयमान वाइबा, सुर्य गोले, सुर्यमान तामाङ, प्रेमबहादुर लोप्चन, खड्गबहादुर मोक्तान, बाबुलाल मोक्तान, तेजेन्द्र लामा, मैतबहादुर गोले, सोनाम ग्याबाक, भिमबहादुर गोले, अर्जुन मोक्तान, हिरालाल तामाङ, रामप्यारी तामाङ र हस्तबहादुर तामाङले आआफ्ना धारणा राखेका थिए ।
पहिलोपटक स्काईपबाट कुरा राखे
घेदुङका तीनजना प्रवासमा रहेका केन्द्रीय सदस्यहरु समेतलाई स्काइपबाट कुरा राख्ने प्रवन्ध मिलाइएकोमा इजरायलमा कार्यरत केन्द्रीय सदस्य लक्ष्मी योञ्जनले प्रत्यक्ष कुरा राखेका थिए भने साउदी अरबमा रहेका अर्का केन्द्रीय सदस्य बिगेन्द्र सिंह वाईबा र कुवेतमा रहेका केन्द्रीय सदस्य रामबहादुर ग्लान तामाङले लिखित सुझाव प्रस्तुत गरेका थिए ।
घेदुङको इतिहासमा यो नयाँ प्रविधिको सुरुवात गरिएको महासचिव घिसिङले बताए । बैठकमा ६० जनाभन्दा बढी केन्द्रीय समिति सदस्यहरुको उपस्थिति रहेको थियो ।
घेदुङ उपाध्यक्षले दिए अक्षयकोषमा तीनलाख
नेपाल तामाङ घेदुङका केन्द्रीय उपाध्यक्ष अजितमान तामाङले तामाङ भाषा, लिपि तथा साहित्य विकासको लागि तीनलाख हस्तान्तरण गरेका छन् । मंसीर २५ गते नेपाल तामाङ घेदुङ राष्ट्रिय कार्यकारिणी समितिको बैठकमै तामाङले तीन लाख रुपैयाँको चेक घेदुङ अध्यक्ष मोहन गोलेलाई हस्तान्तरण गरेका हुन् ।
उनले तामाङ भाषा, लिपि तथा साहित्यको संरक्षण÷सम्बर्धन तथा प्रवद्र्धनका खातिर आफ्नो कमाईबाट प्राप्त रकम हस्तान्तरण गरेको बताए । उनले अरु रकम समेत जम्मा गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् । प्राप्त रकम अक्षय कोषमा जम्मा गरिएको छ ।
उक्त रकमको ब्याजबाट प्रत्येक बर्ष घेदुङ स्थापना दिवसको अवसरमा तामाङ भाषाका श्रष्टा तथा सर्जकहरुलाई पुरस्कृत गरिने र अन्य कार्यक्रमको आयोजना गरिने घेदुङले जनाएको छ । @तामाङघेदुङ डट ओआरजी |