प्रवासी नेपाली मञ्च इजरायलले चियापान तथा भेटघाट कार्यक्रम गर्ने

तेलअविव – अन्तर्राष्ट्रिय प्रवासी श्रमिक दिवश २०१६ को अवसरमा ने.क.पा. (एमाले)प्रवासी नेपाली मञ्च ईजरायलले एक चियापान तथा भेटघाट कार्यक्रम गर्ने भएको छ |
तेलअविव स्थित लेभेन्सकी स्ट्रीट – ६७ को भवनको चौथो तल्लामा भोलि १६ डिसेम्बर २०१६ (शुक्रबार) साँझ ५ बजे कार्यक्रम हुने मञ्चले जानकारी दिएको छ | प्रवासी भुमी ईजरायलमा रहनु हुने सम्पूर्ण नेपाली दाजूभाई तथा दिदी बहिनीहरूलाई उपस्थित भई कार्यक्रम सफल बनाई दिनु हुन हार्दिक अामन्त्रण गरेको छ |