तामाङ समाज यूएईद्धारा शैक्षिक सहयोग हस्तान्तरण गर्ने

तामाङ समाज यूएईद्धारा संचालित सपोर्ट माई स्कूल (एस.एम.एस) कार्यक्रम अन्तर्गत २०१५ र २०१६ का लागि क्रमश छनौट भएका श्री सात कन्या प्राथमिक बिधालय, थाङपालकोट – ८, सिन्धुपाल्चोक र श्री दुप्चेश्वरी निम्न माध्यमिक बिधायल, सरमथली – ६, रसुवालाई शैक्षिक सहयोग हस्तान्तरण कार्यक्रमको आयोजना गरिने भएको छ ।
तामाङ समाज यूएईले सपोर्ट माई स्कूल (एस.एम.एस) कार्यक्रम २०१२ मा स्थापना गरेको हो । तामाङहरूको बाहुलियता रहेको जिल्लाहरूको दुर्गम गाबिसमा स्थापित बिधालयहरूको भौतिक बिकास तथा बिधालयस्तरका साना-साना तामाङ भाई बहिनीहरूको शैक्षिक बिकासका लागि हरेक बर्ष आर्थिक सहयोग प्रदान गर्दै आईरहेको छ ।
नेपाल तामाङ घेदुङको केन्द्रिय कार्यलयमा यहि पौष ९ गते दिनको १ बजे आयोजना हुने शैक्षिक सहयोग हस्तान्तरण कार्यक्रममा तामाङ समाज यूएईका पदाधिकारीहरू, तामाङ समुदायका बिशिष्ट ब्यक्तित्वहरू, समाजसेबी, कलाकार, ब्यबसायी, पेशाकर्मी, पत्रकार तथा स्थानीय समुदायको उपस्थितिमा बिधालयका प्रतिनिधिहरूलाई शैक्षिक सहयोग कार्यक्रम अन्तर्गत जनहि रू. १,११,१११/- (एक लाख एघार हजार एक सय एघार रूपैया) हस्तान्तरण गरिने भएको छ ।
समाजद्धारा हस्तान्तरण गरिने सहयोग रकमलाई श्री सात कन्या प्राथमिक बिधालय र श्री दुप्चेश्वरी निम्न माध्यमिक बिधायलले आ-आफ्ना बिधालयका भौतिक संरचनाको मर्मत, खानेपानी ब्यबस्थापन र शैक्षिक बिकासका लागि प्रयोग गर्नेछन् ।