नेपाली जनसम्पर्क समिति इजरायलको प्रथम अधिबेसनमा सामान्य प्रशासन मन्त्रि आउने

नेपालको सबै भन्दा पुरानो र ठुलो गरिमामय पार्टी नेपालि कांग्रेसको आस्था , बिचार र सिद्दान्त लाइ आत्मा साथ् गर्दै राष्ट्रियता , लोकतन्त्र समाजवाद हाम्रो आदर्श हो भन्ने मूल नारा लाई आत्मसाथ गर्दै यस प्रवाशी भूमि इजरायलमा केहि समय अगाडि स्थापना गरीएको नेपाली कांग्रेस पार्टीको भातृ संगठन नेपाली जनसम्पर्क समिति इजरायलको ऐतिहासिक प्रथम अधिबेसन आगामी डिसेम्बर ३० तारीख २०१६ शुक्रबारको दिन तेलअविवमा हुने भएको छ |
आधिवेशनमा हाल नेपाल सरकारका सामान्य प्रशासन मन्त्रि तथा नेपाली कांग्रेस पार्टीका केन्द्रिय सदस्य समाननीय केशब कुमार बुढाथोकीको आतिथ्यमा कार्यक्रमको समुद्घाटन र वहाँको साथमा युवा नेता तथा कीर्तिपुर नगर समितिका सभापति कृष्ण मान डंगोलबाट कार्यक्रम लाई सम्बोधन हुने कार्यक्रम रहेको नेपाली जनसम्पर्क समिति इजरायलले जानकारी दिएको छ |
उक्त गौरबमय समितिको प्रथम अधिबेसनमा इजरायल स्थित विभिन्न सामाजिक, धार्मिक, राजनैतिक र जातिय संघसंस्थामा आवद्द सबैलाई उपस्थितिको लागि हार्दिक अनुरोध गरेको छ |