हङकङबाट चासोक तङ्नामको लागि राजु आङ्देम्बे इजरायल आईपुगे

तेलअविव -किराँत याक्थुङ चुम्लुङ इजरायल द्वारा तेलअविवमा यहि आउँदो 16 डिसेम्बर 2016 (शुक्रबार) आयोजित उधौली पर्व / चासोक तङ्ताम ( न्वागी पुजा ) कार्यक्रमको लागि हङकङबाट आमन्त्रित अतिथि कलाकार लोक प्रिय गायक राजु आङ्देम्बे इजरायल आईपुग्नु भएको जानकारी संस्थाका संस्थापक अध्यक्ष प्रताप मादेनले जानकारी दिनु भएको छ |
याद हारुचिम स्ट्रिट – १५ मा रहेको इभ पार्टी हलमा बेलुका ७ बजे देखि रात्री भोज (Dinner) सहितको कार्यक्रम उपस्थित हुन इजरायलवासी सम्पूर्ण महानुभावहरुमा संस्था द्वारा हार्दिक निमन्त्रणा गरेको छ |