तामाङ घेदुङको संयोजनमा २८५३ ज्याल्हो सोनाम ल्होछार मूल समारोह आयोजक समिति गठन

याम्बु-नेपाल तामाङ घेदुङको संयोजनमा २८५३ औं ज्याल्हो सोनाम ल्होछार मूल समारोह आयोजक समितिको गठन भएको छ। तामाङ समुदायले मनाउने सोनाम ल्होछार नजिकिँदै गर्दा यस वर्ष पनि भव्य रुपमा मनाउने तयारी स्वरुप मूल समारोह समिति गठन गरेको हो।
नेपाल तामाङ घेदुङको केन्द्रीय कार्यालय पुतलीसडकमा मंगलबार बसेको तामाङ संघ सस्थाहरुको संयुक्त बैठकले ल्होछारलाई ताम्सालिङ प्राप्तिको आन्दोलनका रुपमा काठमाडौंमा एक हप्तासम्म विभिन्न कार्यक्रम गरी मनाउने निर्णय गरिएको छ। साथै जिल्ला जिल्लामा विभिन्न कार्यक्रमहरु आयोजना गरी ल्होछार मनाउने भएको छ।
तामाङ घेदुङका अध्यक्ष मोहन गोलेको अध्यक्षतामा बसेको बैठकले माघ १४ र १५ गते काठमाडौंको टुँडिखेलमा बृहत कार्यक्रमको आयोजना गर्ने निर्णय भएको छ। ल्होछारको दिन झाँकीसहित र्याली र विभिन्न सांस्कतिक कार्यक्रमहरु गर्ने महोत्सव मूल आयोजक समितिले जनाएको छ।
ल्होछारको अवसरमा कविता प्रतियोगिता, ब्याडमिन्टन प्रतियोगिता, ताम्सालिङको विषयमा सांसदहरुसँग अन्तरक्रिया, ल्होछारबारे खेन्पोहरुसँग छलफललगायतका सामूहिक कार्यक्रमहरु गर्ने निर्णय भएको छ।
त्यस्तै ल्होछारलाई दिइने बिदा एक दिनबाट बढाएर ५ दिनको बनाउन राज्यसँग माग गर्ने लगायतका कायक्रम पनि बैठकले तय गरिएको छ।@ नेपालखबर |