इजरायलमा माघे संक्रान्ति पर्ब – २०७३ विविध कार्यक्रमको साथमा मनाउने तयारी

तेलअविव – नेपाल मगर संघ इजरायल द्वारा प्रवासी भुमिमा बिगतका बर्षहरुमा जस्तै यस बर्ष पनि “ माघे संक्रान्ति पर्ब २०७३ “ विविध कार्यक्रमको साथमा तेलअविव इजरायलमा भव्यताको साथ मनाउने जानकारी संस्थाका वरिष्ठ उपाध्यक्ष बिष्णु पुन मगरले जानकारी दिनु भएको छ |
कार्यक्रमको आकर्षकहरु— मगरहरुको संस्कृति झल्किने भेषभुषा प्रर्दशन, मगरहरुको मौलिक नृत्यहरु, लोक दोहोरी, फिल्मि,आधुनिक गित,नृत्य तथा कमेडी नृत्यहरु साथै घैटो फोर, महिला,पुरुष भलिबल प्रतियोगिता हुने भएको छ |
स्वदेश तथा बिदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजु-भाइ तथा दिदि-बहिनीहरुमा आउदै गरेको मगरहरुको राष्ट्रिय प्रमुख सांस्कृतिक चाड माघे संक्रान्ति पर्ब २०७३ को हार्दिक मंगलमय शुभकामना सहित कार्यक्रममा गरिमामय उपस्थितिको लागि इजरायलवासी सम्पूर्ण मगर तथा गैर मगर दाजु-भाइ तथा दिदीबहिनिहरुलाई चुलो निम्तो सहित हार्दिक निमन्त्रणा गरेका छन् |
कार्यक्रमको आकर्षकहरु
मिति:- 13 जनवरी 2017
समय:- बेलुकी ७ बजे देखि
स्थान :- याद्खारुचिम १५ तेलअविव
(रात्रिभोज / Dinner सहित)
खेलकुद कार्यक्रम
स्थान:- लेबिन्सकी पार्क तेलअविव, 14 जनवरी2017 (शनिबार)