सोनाम ल्होछारको लागि चर्चित कलाकार बिशाल काल्तन तामाङ इजरायल आउने

तेलअविव – नेपाल तामाङ घेदुङ,इजरायल द्वारा तामाङ जातीको महान साँस्कृतिक एवं धार्मिक पर्व सोनाम ल्होछार – २८५३ नामे / झ्या (चरा) ल्होको अबसरमा आयोजित ल्होछार साँझ – 2017 कार्यक्रमको लागि नेपालबाट लोकप्रिय चर्चित राष्ट्रिय कलाकार बिशाल कल्तान तामाङलाई आमन्त्रित गरेको संस्थाका महासचिव गोमा ख्युङबा तामाङले जानकारी दिनु भएको छ |
सोंनम ल्होछार साँझ कार्यक्रम आउने बर्षको ३ फेब्रुअरी २०१७ (शुक्रबार) बेलुका ६:३० बजे देखि तेलअविव स्थित यादखरुचिम -१५ मा रहेको पार्टी हलमा हुने भएको छ |
कार्यक्रममा बिशाल काल्तन तामाङ चर्चित तामाङ भाषाको गीतहरु , नेपाली भाषाको तामाङ सेलो/लोकगीत र आधुनिक नेपाली गीतहरु को बेजोड प्रस्तुतिका साथसाथै इजरायलमा रहेका स्थानीय नेपाली कलाकारहरु द्वारा थप मनोरञ्जनमय साङ्गितीक प्रस्तुतिहरु राख्ने भएका छन् | रात्रिभोजको ब्यबस्था सहित मनाउन गईरहेको ल्होछार कार्यक्रममा इजरायलबासी सम्पूर्ण तामाङ ज्यो ज्यो ,आले थेन नाना आङहरु लगायत समस्त नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा गरिमामय उपस्थितिको साथ कार्यक्रम सफल पारिदिनु हुन आयोजक संस्था नेपाल तामाङ घेदुङ इजरायलले सबैमा हार्दिक निमन्त्रणा गरेका छन् |
गत बर्ष इजरायलमा मनाएको ल्होछार कार्यक्रमको भिडियोहरु