हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

श्रीमती इजरायली ट्याक्सी ड्राइभरसंग लागेपछि,कुवेतमा कार्यरत श्रीमान तनावमा

ku1

मेरो नाम दीपक आचार्य हो । घर चितवन । हाल बैदेशिक रोजगारीको सिलसिलामा कुँवेतमा छु । २१ वर्ष पहिले नवलपरासी जिल्ला कावासोतीकी चुनुउषा देवकोटासँग मेरो बिवाह भयो । हाम्रा दुई सन्तान पनि छन् ।

हाम्रो घरको आर्थिक अवस्था कमजोर भएकोले चुनुउषा र मैले सल्लाह गरेर परदेशियौं । चुनुउषा इजरायलमा केयरगिभर (सुसारे) छन भने म हाल कुँवेतमा गाडी चलाउने काम गर्छु । ८ वर्ष कतारमा बसे । कतारमा राम्रो कमाइँ नभएपछि ड्राइभर भिसामा कुँवेत आए । कतार र कुँवेतमा रातदिन काम गरेर कमाएको पैसा र चितवनको माडीमा रहेको मेरो पुख्र्यौली खेत बेचेर चितवनको भरतपुर नगरपालिकामा घडेरी किनेर घर लगाएँ । छोराहरुलाई पोखरामा बोडर्समा राखेर पढाउँदै थिएँ । घरब्यवहार पनि राम्रै चलेको थियो ।

जन्मदिने आमाबुबा भन्दा श्रीमती (चुनुउषा) को बढी विश्वास गरे । आफूले विदेशीभूमिमा कमाएको जेजति पैंसा छ चुनुउषाकै नाममा पठाउने गर्थे । विश्वास नगरौं पनि कसरी ? हामीले दुईटै मुटुको एउटै धड्कन बनाएर सँगै जिउनेमर्ने भनेर बाचाकसम खाइँबरी बैवाहिक जीवनमा बाँधिएका थियौं । बिवाहपछि हाम्रो घरपरिवार राम्रै सँग चलेको थियो ।

ku

दीपक आचार्य

एकदिन चुनुउषाले मसँग आफू पनि वैदेशिक रोजगारीमा जाने कुरा बताइँन । मैले हुन्छ भने र सल्लाह गरेरै उनी इजरायलमा केयरगिभरमा गइँन् । इजरायल कामदारका लागि उचित र श्रमशोषण नहुने देश हो भनेर सुनेको थिएँ र ऋणदान गरेर घरपरिवारले उनलाई इजरायल पठायौं ।
छोराहरु पनि हुर्केबढी सकेकाले केही वर्ष उनले इजरायलमा बसेर कमाउने र मैले कुँवेतमा बसेर कमाउने सोचविचार गरी भविश्यमा छोराहरुलाई राम्रै कलेजमा पढाएर ठूलो मान्छे बनाउने हाम्रो उद्देश्य थियो । साथै सानोतिनो घरघडेरी जोड्ने र बुढेसकालमा हामी बुढाबुढीलाई आर्थिक समस्या पर्दा अरुलाई हात थाप्न नपरोस भन्ने थियो ।

तर, मेरो त्यो सपना सपनामै सिमित रह्यो । खोइँ कुन बैरी आइलाग्यो या मेरो दशा ? घरमा घरब्यवहार सम्हाल्ने मेरो बृद्ध बुबा हुनुहुन्छ । उहाँकै जिम्मा सम्पूर्ण घरब्यवहार सुम्पेर चुनुउषा र म विदेशिएका थियौं । तर, चुनुउषा इजरायल गइसकेपछि उनले नेपाल (घर) मा मेरो बुबालाई पैसा पठाउन छोड्नु भयो । दिन प्रतिदिन बिनाकारण म र मेरो परिवारबाट टाढिँदै जान थालिन् ।

राम्रै सम्बन्ध हुँदाहुँदै पनि किन चुनुउषाजी म र मेरो परिवारबाट टाढिँन लागिन् भनेर सोधखोजतिर लागे । बुझ्दै जाँदा उनी त एकजना इजरायलीको प्रेमजालमा परेकी रहेछन् ।

म कुँवेतमै थिएँ । चुनुउषाजीले इजरायलस्थित नेपाली राजदूताबासबाट मसँग सम्बन्धबिच्छेद मागिन् । यसरी सम्बन्धबिच्छेद माग्नुको कारण चुनुको इजरायली नागरिक मिखायल पेरेस भन्ने ट्याक्सी ड्राइभरसँग सम्बन्ध भएको कारण रहेछ । म भने मैले कुँवेतमा चलाउने तेलको टयांकर बोक्ने गाडी दुर्घटना परेको कारणले कुँवेत छोड्न नपाउने अवस्थामा थिएँ । अझै पनि छु । मेरो अनुपस्थिती र मेरो कुरा राख्ने अवस्था नै नदिई चितवन अदालते मेरो र चुनुउषाको सम्बन्धबिच्छेद गराइदियो ।

मेरो पिरमर्का नबुझेरै अदालतले हाम्रो सम्बन्धबिच्छेद गराइदियो । मैले विदेशमा नखाइ नलगाइ र पुख्र्यौली सम्पत्ती बेचेर जोडेको घरघडेरी पनि चुनुउषाजीकै भयो । मेरो भने बेहाल । यतिबेला चुनुउषाजी आफ्नो इजरायली प्रेमीलाई पनि नेपालमै लिएर बसेकी छन् । मैले जोडेको सम्पत्ती बेचेर केही दिनमा इजरायल फर्कदै छन रे । मैले सुनेअनुसार चुनुजीको चार महिनाको गर्भ पनि रहेको छ रे ।
वाह, चुनुजी इजरायलीसँग मायाजालमा परे भन्दै भएको घरबार तहसनहस बनाउने । घरमा रहेका बृद्ध सासुससुराको सडक बास बनाउने यही हो मायाजालको नाममा, पैसाको नाममा मानवियता ? अलिकति भएपनि हाम्रो बिगतलाई हेर्नुस् । त्यो इजरायलीको क्षणीक मायारुपी भ्रममा नपर्नुस । एकपटक सोच्नुस त ती बृद्ध सासुससुराले के नै बिराएका थिए र आज उहाँहरुलाई घरबाट निकालेर रोडमा पठाउँदै हुनुहुन्छ ? यही हो सामाजिक न्याय र मानवियता ? यसको जवाफ म कहाँ र कसरी लिउँ ?

चुनुजी आफैं बिनाकारण मबाट अलग हुने फेरी मेरा बृद्ध बुबाआमालाई जे पनि गरिदिन्छु भनेर धम्क्याउने । छोरालाई पनि विभिन्न प्रभोलनमा पारी मेरै बिरुद्ध लगाउने । यो कहाँको कस्तो न्यायसंगत हो ? म गाडी दुर्घटनाका कारण कुँवेतमा साह्रै पीडामा छु त्यसैमा हजुरले नूनचुक छर्ने ? मैले त्यस्तो के नै बिराएको थिएँ र पीडामाथि पीडा थप्ने गरी ? एकपटक चिसो दिमागले सोच्नुस् । मेरो आग्रह छ त्यो इजरायलीको क्षणीक भ्रममा नपर्नुस्  ।

छोराको नाममा

वाह, छोरा तिमीलाई मैले अर्काको देशमा रातदिन काम गरेर हुर्काएबढाए । पढाए । तिम्रो खुशीका लागि ऋणदान गरेर मोटरसाइकल किने । त्यतिमात्र होइन भोकै बसेर, झुत्रै लुगा लगाएर सकेसम्म तिम्रा हरेक चाहना पूरा गरे । आज सबै भुल्यौं हैं ?

आज तिमी पनि भएभरको दोष मलाई थोपर्दै छौं रे । अब त तिमी सानो पनि छैनौं । २०/२१ वर्षको लक्का जवान भइसक्यौं । एकपटक सोचन है के तिम्रो मामुले गरेको काम ठीक हो र ? मैले र मेरा बृद्ध बुबाआमाले के नै नराम्रो गरेका थियौं तिमी र तिम्रो मामुलाई ?

म जस्तो सामान्य मान्छेलाई आज तिमी र तिम्रो मामु भएर मलाई किन जिउँदै बारबार मार्दै छौं ? हुन त मसँग तिम्रो मामुको जस्तो इजरायली पैसा छैन होला तर इमान जमान छ । एकोहोरोरुपमा मामुको बहावकापमा नपरी आफ्नो घरपरिवार सम्झौं । पैंसा नै सबथोक होइन । सत्यतथ्य बुझ ।

मामाघरमा बसेर बारम्बार हजुरबा र हजुरआमालाई धम्क्याउँदै छौं रे । मेरो मामुको बिहे मैले गरिदिएको हुँ तिमीहरुलाई के को खसखस ? धेरै कुरा नगर्नु जतिबेला जे पनि गरिदिन्छु भन्छौं रे । आज त्यो इजरायली नागरिक तिम्रो नजिकको भयो, पालनपोषण गर्ने हजुरबुबा हजुरआमा र जन्मदिने बुबा म टाढाको हैं ? हुन त तिमी मावली घरमा बस्छौं त्यहाँ संस्कारै त्यस्तै छ की क्या हो ? त्यस्तै संस्कार सिक्नु धन्यवाद बाबु ।

अन्तमा, म बाध्यताबश घर आउन नसकेपनि घटनाको वास्तविकता बुझेर मलाई सहयोग गर्ने चितवन समाज इजरायल, माडीको टोल सुधार समिति लगायत सम्पूर्ण इष्टमित्रहरुलाई हार्दिक धन्यवाद तथा आभार । आउँदा दिनहरुमा पनि तपाइँहरुले सत्यतथ्य बुझी अझै सहयोग गर्नुहुने छ भन्ने आशा राखेको छु ।

(साभार:दीपक आचार्यको फेसबुकबाट)






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution