हेडलाईन

इजरायलमा मणिपूजा प्रवचन कार्यक्रम हुदै         इजरायलमा मंगोलियन हार्ट लाईभ कन्सर्ट सम्पन्न,राजु लामालाई दोसाल्ला ओढाएर सम्मान         लोकप्रिय गायक राजु लामा सहित मंगोलियनहार्टका कलाकारहरु इजरायल आईपुगे         इजरायलमा महाकबि सिद्धीदास महाजूको १५५ औ जन्म जयन्तीको अबसरमा साहित्यिक कार्यक्रम हुदै         नेपाल तामाङ घेदुङ बहराईनको ५ औं अधिवेशनबाट अध्यक्षमा श्रवण बम्जन तामाङ चयन         भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग        

संविधान संशोधन प्रस्तावको समर्थनमा मगर समुदायको पोखरामा भव्य जनप्रदर्शन

m5

-रूद्र श्रीसमगर

पोखरा -सरकारले व्यवस्थापिका–संसद्मा दर्ता गरेको संविधान संशोधनको विरोधमा बुटवल, पाल्पा, अर्घाखाँची, गुल्मीलगायतका जिल्लाहरूमा बन्द भइरहँदा पोखरामा भने संविधान संशोधन प्रस्ताव पारित गर्नुपर्ने माग गर्दै मगर समुदायले भव्य जनप्रदर्शन गरेका छन् ।

संविधान संशोधन प्रस्ताव अनुसार प्रस्तावित पाँच नम्बर प्रदेशका पहाडी जिल्लाहरूलाई चार नम्बर प्रदेशमा गाभेर मगरात क्लस्टरलाई केही हदसम्म भएपनि एकै ठाउँमा राखिएकोमा मगर समुदायले संशोधनको स्वागत गरेका हुन् । नेपाल मगर संघ केन्द्रीय समितिको आÞवानमा प्रस्तावित चार नम्बर प्रदेश अन्तर्गतका गण्डकी, धौलागिरी, लुम्बिनी र राप्ती अञ्चल अन्तर्गतका जिल्लाका मगरहरूले पोखराको लखनचोकमा मगरात प्रदेश घोषणा गर्न माग गर्दै जनप्रदर्शन गरे ।

जनप्रदर्शन पछि आयोजित मगरात जनसभालाई सम्बोधन गर्दै नेपाल मगर संघका केन्द्रीय अध्यक्ष एवं मगरात संघर्ष समितिका संयोजक नवीन रोकामगरले मगरात प्रदेश नबनाइए सशक्त आन्दोलन गर्ने उद्घोष गर्नुभयो । ‘अहिले आएको संविधान संशोधन प्रस्तावले हाम्रो मागलाई केही हदसम्म सम्बोधन गरेको छ’, रोकाले भन्नुभयो, ‘यो संशोधनको हामी स्वागत गर्छौं, साथै, मगरात र तमुवानलाई अलग अलग प्रदेशका रूपमा घोषणा गर्नुपर्दछ भन्ने हाम्रो माग पनि दोहो¥याउन चाहन्छौं ।’

नेपाल मगर संघका संस्थापक महासचिव सदस्य सुरेश आलेमगरले संविधान संशोधन प्रस्ताव कुनै पनि हालतमा पारित गर्नैपर्ने बताउनुभयो । संविधान संशोधन प्रस्तावविरुद्ध आन्दोलन गरेर एमालेले संघीयताविरोधीका रूपमा आफूलाई प्रमाणित गरेको जनाउँदै आलेमगरले संघीयताविरोधीको भण्डाफोर गरिनुपर्ने उल्लेख गर्नुभयो । ‘मगरात स्वायत्त प्रदेश हाम्रो अन्तिम बटमलाइन हो’, आलेमगरले भन्नुभयो, ‘संविधान संशोधन गरी मगरात स्वायत्त प्रदेश नबनाइए सशक्त आन्दोलन गर्नुको विकल्प छैन ।’

नेपाल मगर संघका निवर्तमान अध्यक्ष एवं सल्लाहकार संयोजक महेन्द्र थापामगरले मगरात स्वायत्त प्रदेशलाई फेरि पनि विभाजन गर्ने दुस्साहस गरिए मगर समुदायले त्यसको प्रतिरोध गर्ने चेतावनी दिनुभयो । प्रदेश विभाजनका क्रममा तीन टुक्रा पारिएको मगरात भूमिलाई अहिलेको संविधान संशोधन प्रस्तावले केही हदसम्म जोड्ने काम गरेको भन्दै थापामगरले संशोधन प्रस्ताव कुनै पनि मूल्यमा पारित गर्न राजनैतिक दलहरूलाई आग्रह गर्नुभयो ।

संघका पूर्व महासचिव लोकबहादुर थापामगरले मगरात स्वायत्त प्रदेश प्राप्त नभएसम्म मगर समुदायले लडाइँ जारी राख्नुपर्ने बताउँदै अधिकार प्राप्तिको आन्दोलन सशक्त पार्नुपर्नेमा जोड दिनुभयो । सो अवसरमा संघका पूर्व महासचिव एवं अधिवक्ता सुरेन्द्र थापामगर, केन्द्रीय सल्लाहकार हर्कबहादुर पुनमगर, केन्द्रीय उपाध्यक्ष दलबहादुर वीरकट्टामगर, आदिवासी जनजाति युवा महासंघ नेपालका केन्द्रीय उपाध्यक्ष रामबहादुर थापामगर, लिम्बुवानका नेता राम जर्घामगर, तमुवान संयुक्त संघर्ष समितिका संयोजक हुमबहादुर गुरुङ, नेपाल मगर संघका केन्द्रीय महासचिव ज्ञानेन्द्र पुनमगर, मगर राष्ट्रिय मुक्ति मोर्चा नेपालका केन्द्रीय उपाध्यक्ष बालकृष्ण काउछामगर, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् कास्कीका अध्यक्ष पानबहादुर घर्ती, खेम पुनमगरलगायतले बोल्नुभएको थियो ।

नेपाल मगर संघकी केन्द्रीय उपाध्यक्ष मन्धरी आलेमगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नेपाल मगर संघ कास्कीका सचिव यामबहादुर थापामगर र अध्यक्ष पूर्णबहादुर रानामगरले स्वागत गर्नुभएको थियो ।

m1

m2

m3

m4

m6

@ मगरमिडिया |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution