तामाङ डाजाङको ग्योइकाइ गेताङ–१५९ सम्पन्न

याम्बु – तामाङ डाजाङको १५९ औं (ग्योइकाइ गेताङ) साहित्यिक श्रृंखला आज सम्पन्न भएको छ । प्रर्दसनीमार्ग काठमाडौं स्थित मानबिकी क्याम्पस्मा आज १५९ औं श्रृंखला सम्पन्न भएको हो । कार्यक्रममा नेत्र तामाङ, फूलकुमार बम्जन, मनिकलाल घिसिङ, निकिता वाइबा, प्रयत्न वाइबा, तेज योन्जन, रचना मोक्तान, अस्मिता घिसिङ, हिरामाया घिसिङ (ललितपुर), ङेमा थाङ्पाल, इश्वर थोकर, कविराज काल्तान, मिथिला स्याङतान, धनकुमारी घिसिङ, राम बि. लामा, मनिषा लो तामाङ, टंकलाल दोङ, अमर लो तामाङ, सन्तोष थापा, रन्जना मोक्तान, लगायतका स्रष्टाहरुले तामाङ भाषामा कविता, मौलिक गीत, गजल, मुक्तक र हाइकु प्रस्तुत् गरेका थिए ।
आजको कार्यक्रममा तामाङ डाजाङका सल्लाहकार एवं तामाङ डाजाङ मासिकका सम्पादक इन्द्र तामाङले तामाङ साहित्यकारहरुले कविता, गीत, गजल मात्र लेखेर नपुग्ने बताउनु भयो । साथै उहाँले साहित्यकारहरुले अबको दिनमा हामीसंगै भएको मौलिक पहिचानका अथाह विषयवस्तुहरुको अध्ययन गरी कथामा उर्तानु पर्नेमा जोड दिनुभएको छ ।
‘तामाङ ग्योइ थेन ग्योइकाइदा छार्नालाइ, तामाङ ब्रिखेन गि तासि ब्राइ’ भन्ने नाराका साथ स्थापना कालदेखि नै भाषा र साहित्यको संरक्षनार्थ तामाङ डाजाङले हरेक महिनाको अन्तिम शनिवार ग्योइकाइ गेताङ गर्दै आएको छ ।
आजको कार्यक्रम डाजाङका अध्यक्ष सन्चु ब्लोनको अध्यक्षता तथा धाम्जेदोर्जे (रोज) मोक्तानको संयोजकत्वमा सम्पन्न भएको थियो ।@डाजाङ डेक्स्