हेडलाईन

इजरायलमा मंगोलियन हार्ट लाईभ कन्सर्ट सम्पन्न,राजु लामालाई दोसाल्ला ओढाएर सम्मान         लोकप्रिय गायक राजु लामा सहित मंगोलियनहार्टका कलाकारहरु इजरायल आईपुगे         इजरायलमा महाकबि सिद्धीदास महाजूको १५५ औ जन्म जयन्तीको अबसरमा साहित्यिक कार्यक्रम हुदै         नेपाल तामाङ घेदुङ बहराईनको ५ औं अधिवेशनबाट अध्यक्षमा श्रवण बम्जन तामाङ चयन         भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन        

थाङका कलामा अभयको रंग

14906882_1245868718767257_5166356430280169791_n

भक्तपुर : गाउँमा चैत्र पूर्णिमाको जात्रा थियो । गाउँका तन्नेरीहरु जात्रामा दोहोरी गीत गाउँदै थिए । यही भिडमा उभिएर स्वर मिसाए अभय मोक्तानले । उनको दौतारीहरु आङीकी छोरीहरु थिए । उमेरले १३ वर्ष त्यतिकै चन्चले उमेर थियो अभयको ।
घरमा भाइले आङीको छोरीसँग गीत गाएको खबर सुनाएपछि उनलाई ठूलो चिन्ता बढ्यो । यसपछि उनले घर छोडे र आफन्तकोमा बस्न थाले । यो उनको कच्चा घमण्ड थियो । यही घमण्डले उनको जीवनमा सकरात्मक परिवर्तन ल्यायो ।

_dsc0388
घरबाट टाढा भएपछि उनले थाङका लेख्न सिके । उनले थाङका कलामा ब्रस चलाएको २३ वर्ष नाघि सकेको छ । यही पेशाबाट उनले थाङका क्षेत्रमा व्यावसायिक कलाकारको पहिचान बनाइ सकेका छन् । उनी स्थापित र उत्कृष्ट थाङका कलाकारको सूचिमा पर्छन ।

यो पेशामा लाग्नुको एउटा अवस्मिरणीय कथा जस्तै भएको मोक्तान बताउँछन् । उनले भने ‘थाङका गाउँमा नै सिकेको हु । त्यतिबेलाको थाङका र अहिलेको थाङका लेखनमा धेरै अन्तर छ । हामीले गुम्बाबाट थाङका लेखेका थियौं । अहिले काठमाडौंको घर घरमा थाङका लेखिन्छ । त्यो पनि फरक फरक डिजाइन र विदेशी पर्यटकको रोजाइमा ।

_dsc0324
वास्तवमा थाङकाको ऐतिहासिक महत्व अर्थको विषयमा धेरैलाई थाहा भएकै विषय हो । उनका अनुसार बौद्ध धर्ममा धार्मिक महत्वका हिसावले थाङका लेखिन्थ्यो । अहिले व्यावसायिक रुपमा अन्तराष्ट्रिय बजारीकरण हुदै गएको छ । विशेष गरी गुम्बा र टिबेटमा प्रयोग हुने थाङका अहिले विश्वबजारमा माग बढेको मोक्तानको भनाई छ ।
अहिले थाङका व्यावसाय धेरैल सुरु गरेपनि कतिलाई यस्को ऐतिहासिक महत्वको ज्ञान थाहा नभएको उनको अनुभव छ । थाङकाको ज्ञान भएकालाई लेख्न आउँदैन र लेख्ने मान्छेलाई ज्ञान हुदैन यो वास्तविक हो । तर अभयलाई भने सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक ज्ञानमा पनि उत्तिकै पोख्त रहेको पाइन्छ ।

14705637_1233407903346672_3981935775172713633_n
यही कारणले गर्दा उनको फ्याक्ट्रिमा अहिले ६० जना थाङका कलाकार छन् । मासिक रुपमा १० देखि ६० हजार पारिश्रमिक लिने थाङका कलाकार उनको फ्याक्ट्रिमा रहेका छन् ।

उनी थाङका डिजाइन मात्रै होइन थाङका लेख्छन् पनि यही कलालाई सफलताको सुत्रको मान्छन् । उनले तयार गरेको थाङका अत्यन्तै महंगो पर्छ । जहाँ लास्साको छिङगाङको डिजाइन हो । यो कला उनले टिबेटका साथिबाटै सिकेका हुन् ।
उनको व्यापार लास्सामा नै हो । उनी दुई पटक लास्सा पुगेर फर्किसकेका छन् । पछिल्लो समय भने उनको थाङका चोरी हुँदा निकै घाटा भएको गुनासो गरे ।

उनी विशेषगरी बेइजिङका लागि थाङका बजारलाई ध्यानकेन्द्रित गर्न चाहान्छन् । अभयले थाङका कलालाई अन्तराष्ट्रियकरण गर्ने योजना अनुसार २०७१ बाट आफ्नै कम्पनी दर्ता गरेका छन् । उनी अब, थाङका कलाकै प्रवद्र्धन र विकासका लागि मंसिर ३० गते युरोप यात्राको तयारीमा छन् ।

रामेछाप हिलेदेवि ३ डोक्मा घर भएको मोत्तानले यही थाङका कलाबाट आफ्नो करियरमा ट्रनिङ प्वोइन्ट लिएका छन् ।

12552667_1044272028926928_8001499748923331297_n
उनको अर्को लुकेको पाटो भनेको खेल क्षेत्र हो । उनी कराँते खेलाडी हुन् । समय सन्दर्भले गर्दा उनी खेलाडी भएको बताउँछन् । नेपाल न्यूहोन कराते संघ सोतोकानको उनी संस्थापक मध्ये एक हुन् । उनी यस संस्थाको कोषाध्यक्षको रुपमा क्रियाशिल रहेको छ । उनले उक्त कराँतेबाट थ्रि डान गरेका छन् ।

प्रस्तुती: अर्जुन पाख्रिन 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution