हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

बाबुरामलाई जुत्ता हानेको होइन, भाग्दा जुत्ता फुत्किएको हो

press-meet-pokharaपोखरा : नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले भाषण सुरु गरेको २ मिनेट पनि भएको थिएन । भाषण सुनिरहेको भीडबाट एक युवा उठे र कालोझण्डा देखाए । भट्टराईले उनलाई देखे । अनि भने, ‘विरोध गर्न पाइन्छ ।’ भट्टराईले भाषणलाई निरन्तरता दिए । तर कालो झण्डा देखाउने ती युवालाई ४ जनाले घेरीहाले । उनले तिनीहरुलाई सोधे, ‘मैले विरोध गर्न नपाउने ? ’

खल्लबल्ल भइहाल्यो । अरु सहभागीले उनलाई समात्न खोजेपछि आफ्नो ठाउँबाट भागे । त्यत्तिकैमा उनको जुत्ता फुत्कियो । अनि भीडबाटै कसैले भन्यो, ‘जुत्ता हान्न लागेको रहेछ ।’ कार्यक्रममै सहभागी कांग्रेस, एमाले र माओवादी केन्द्र समर्थित विद्यार्थीले पत्रकारहरुलाई सूचना दिए, ‘बाबुराम भट्टराईलाई जुत्ता प्रहार भयो ।’ पृथ्वीनारायण क्याम्पसमा बिहीबार बाबुरामलाई त्यसरी कालो झण्डा देखाउने सञ्जीव भट्टराईलाई प्रहरीले भीडबाट निकालेर चौकी पु¥याउन नपाउँदै जुत्ता प्रहार भन्ने हल्ला अनलाइनहरुमा समाचार भइसकेको थियो ।

मञ्चदेखि १ सय मिटर पर सञ्जीवले ज्याकेटभित्र लुकाएर ल्याएको झण्डा देखाएका थिए । सँगै उनले बाबुरामविद्धरु लेखिएको हस्तलिखित पम्प्लेट पनि देखाउन भ्याएका थिए । पम्प्लेटमा उनले बाबुराम भट्टराईको नैतिक पतनमा विद्यावारिधि लेखेका थिए । सञ्जीव पृथ्वीनारायण क्याम्पसकै विद्यार्थी हुन् । कैलाली घर भएका उनले नेताहरुप्रति वितृष्णा स्वरुप विरोधमा कालो झण्डा देखाएको बताएका छन् । ‘हामी सबै नेपाली द्वन्द्वपीडित हौं’, उनले भने, ‘जनयुद्धले देशलाई पछाडि धकेल्यो ।’

मञ्चकै अगाडिपट्टि उठेर बाबुराम विरुद्धको पम्प्लेट र कालोझण्डा देखाएपछि सञ्जीवलाई नयाँ शक्तिका विद्यार्थीले समात्न खोजेका थिए । ‘तर उनी भागिहाले र जुत्ता फुत्कियो,’ कार्यक्रमका एक सहभागी सौगात पोखरेलले भने, ‘कालो झण्डा देखाएका हुन्, जुत्ता हानेका होइनन् ।’

स्वयं सञ्जीवले समेत आफूले बाबुरामलाई जुत्ता नहानेको बताएका छन् । बाबुरामलाई मात्रै नभई ठूला नेताहरुलाई आफूले विरोध गर्ने अभियान चलाउन लागेको सुनाए । ‘आज त्यसको सुरुआत गरेको मात्रै हुँ’, उनले संवाददाताहरुसँग भने, ‘बाबुरामलाई जुत्ता हानेको होइन, हान्ने योजना पनि थिएन ।’

नेता बाबुराम भट्टराईले पनि आफूलाई कसैले जुत्ता नहानेको बताएका छन् । काठमाडौं फर्कनुअघि पोखरा विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले कालो झण्डा देखाइएको भने पुष्टि गरे । ‘उहाँले कालो झण्डा देखाउनुभयो’, उनले भने, ‘मैले उहाँलाई कालो झण्डा देखाउन दिनोस्, म आफैंले पनि कालो कोट लगाएको छु, कालो झण्डा देखाउँदैमा केही हुँदैन भनेको थिएँ ।’






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution