हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

बिद्याको सेतो सारीमा रातो रंग छर्केर काँग्रेसलाई दोष

keshav-isthapit-bidhya-devi-bhandari

हामी पुर्ख्यौली राज चित्रकार हौँ । स्थापित भनेको हाम्रो पूर्खाले पाएको पदवी हो । मेरो बाजेलाई राजपरिवारले दुःख दियो जबकी हामी उनैहरुकै सेवामा पुस्तौँ विताएका थियौँ । मलाई सानैदेखि यो बारेमा सुनाइन्थ्यो । मेरो काकाले किस्सा सुनाउने, बाजेलाई दुईहात बाँधेर पछाडि चाकु धलेर लडाएको बारेमा । झिँगाले कति टोक्यो होला ?

त्यस्तो कुरा सुनेपछि ममा राजतन्त्रप्रति बितृष्णा जाग्यो । म कम्युनिष्ट भएँ ।

मदन भण्डारीका जुँगा लामा हुन्थे । नमिलेको । लुगापनि नमिलाइ लगाउने । काठमाडौँबाट चुनाव लड्नुपर्छ भनेर लबिङ गर्ने मध्यमा म पनि एक थिएँ । काठमाडौँमा चुनाव लड्ने भनेपछि अलि गेटअप परिवर्तन गर्नुपर्छ भनेर मैले उहाँलाई सुझाएँ । जुँगा चिटिक्क पारियो । कोट सिलाइदिए ।

मदनको व्यक्तित्वमदन र म प्रिय थियौँ । मदनको अप्रत्याशित निधन भयो । मध्यावधि निर्वाचन हुने भयो । मदनको ठाऊँमा बिद्या पाण्डेलाई उठाउन पर्छ भनेर लबिङ थालेँ । पार्टीले पनि त्यही निर्णय गर्‍यो ।

बिद्यालाई भाषण गर्नमै समस्या थियो । एक दमै सोझो लाग्थ्यो । भाषण कसरी गर्ने भन्ने बारेमा शंकर पोखरेल, कृष्णगोपाल महर्जन, राजेन्द्र श्रेष्ठलगायतकाले सुझाव दिइरहेका थिए । शंकर राजनीतिक सिद्धान्तका बारेमा के भन्ने भनेर सुझाउँथे । राजेन्द्र काठमाडौँबासीलाई के भन्ने भनेर सिकाउँथे । कृष्णगोपाल कृषिमा के गरिनेछ भन्ने बारेमा योजना सुनाउँथे । चुनाव दौडधुपमा व्यस्त भएकाले मैले मोजा धुन पाएको थिएन । मोजा गनाउने डरले म ढोका बाहिरै थिएँ । सबैका कुरा सुनेपछि मलाई झ्वाँक चल्यो । ‘माफ पाऊँ, मोजा गनाउन सक्छ भन्दै म भित्र गएँ । सिद्धान्त, क्रान्ति र कृषिका कुरा गरेर चुनाव जितिदैनँ । कृष्णप्रसादले फुच्ची केटी भनेर उडाएका छन् । त्यसैमा केन्द्रीत हुनुपर्छ ।’ मैले सबैलाई रोक्दै भनेँ ।
‘मेरो श्रीमान मार्यौ । अहिले केटी भनेर हेप्दैछौँ । यो हेपाइ हामी सबै दिदी बहिनीको हो । मेरो यो पछ्यौरा तिमीहरुको कात्रो हो । काँग्रेसलाई चुनौति भयो ।’ मैले भाषणको शैली सुझाएँ । बिद्या हच्किइन् । त्यस्तो भन्ने र भन्न लागिन् । मैले भनेँ, ‘व्यक्तित्वका दृष्टिले कृष्णप्रसादलाई जित्न सकिदैन । राजनीतिक कुरा गर्दापनि उनै हावी हुन्छन् । उनलाई जित्ने एउटै माध्यम हो इमोस्नल कुरा ।’
आर्कषक देखियो । कृष्णप्रसाद भट्टराईसँगको प्रतिष्प्रर्धामा मदन खरो दरिए ।
चावहिलमा माइक तयार पारियो । मैले सबै व्यवस्था मिलाएँ । क्यामरादेखि रेकर्डरसम्म ठीक थियो । म्युजिकपनि तयार थियो । लाइटपनि त्यसैगरी मिलाइएको थियो । विद्या बोल्न आइन् । उनले पूरानै शैलीमा के के भन्न थालिन् । मान्छेलाई तान्न सकिरहेकी थिइनन् । मैले लाइटम्यानलाई इशारा गरेर उनको मुखमा लाइट पारिदिएँ । लाइट छल्न उनले म भएतिर हेरिन् । मैले टाउको हल्लाएँ । त्यसपछि उनले धमकेदार भाषण गरिन् । मेरो साडी तिमीहरुलाई कात्रो भयो भनेर बोलिन् । उनले आक्रामक बोली बोल्दा बित्तिकै मैले माइक बन्द गरेँ, म्युजिक ठूलो पारेँ । केहीलाई तोडफोड गरेजस्तो गर्नु भनेर पहिल्यै सिकाइसकेको थिएँ । त्यसपछि आफुले काँग्रेसले बिद्यामाथि आक्रमण गरेर कायरता प्रस्तुत गरेको भनेर कार्यक्रम टुंग्याइदिएँ । त्यसको एक घण्टा नबित्दै बिद्याको बोली र काँग्रेसले गरेको तोडफोडको रिल तयार भयो । नाङ्लेभारमा एकैछिनमा रिल पुगिसकेको थियो ।

त्यो घटनापछि बिद्याको पक्षमा माहोल पल्टिन थाल्यो । चुनाव विद्याको पक्षमा पर्ने देखिन थाल्यो । अर्को दिन पशुपतिमा कार्यक्रमको आयोजना गरियो । सेतो सारी लगाएर बिद्या कार्यक्रमस्थलमा जाँदै थिइन् । उनीमाथि रातो रंग छरियो । मञ्चमा पुगेपछि हामीले भन्यौँ, ‘बिधवालाई रातो रंग छर्केर अत्याचार गर्ने काँग्रेसी हो, जनताले यसलाई विजयको टिकाको रुपमा बुझेका छन् ।’ विधवालाई रंग छर्केको भनेपछि काँग्रेसप्रति काठमाडौँबासीको मन कुडियो । ठट्यौली पाराका कृष्णप्रसाद त्यस्तै अभिव्यक्ति दिइरहन्थे । विद्याको पक्षमा विशेषतः महिला देखिए । उनीहरुले आफुलाई विद्याको ठाऊँमा राखेर हेरे । खासमा त्यो रातो रंग छर्ने योजना भित्रीरुपमा मैले नै बनाएको थिएँ ।

राजनीतिमा अनेक खेल हुन्छन् । त्यस्तै नखुलेका खेल खेलिएरै विद्याले चुनाव जितेकी हुन् । एमालेलाई एमाले बनाउन मेरोपनि योगदान छ । मेरो घर धितोमा राखेर चुनाव खर्च जुटाएका थियौँ । मैले पार्टी बाहेक अरु केही सोचिनँ । नत्र बिद्यालाई जिताउनकै लागि अनेक योजना किन बनाउँथेँ र ? आज विद्या राष्ट्रपति छिन् । म एमालेको मूल प्रवाहमा छैन । शितल निवासमा पुगेपछि बिद्याले सम्झेकी पनि छैनन् । कृष्णप्रसादलाई हराउन गरिएका अनेक कर्मको पाप ममाथि लागेजस्तो पनि लाग्छ ।

(@ नेपालआज / काठमाडौँ महानगरपालिकाका पूर्वमेयर केशव स्थापितसँग गरिएको कुराकानीमा आधारित ।)






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution