इजरायलमा गीतकार कुमार पौडेलको “मायाको फूल”एल्बम बिमोचन हुने

प्रवासी भूमिमा रहेर नेपाली गीतसंगीत र साहित्यलाई धेरथोर योगदान दिने हेतुले स्थायी घर रत्नचोक-पोखरा भई हाल इजरायलमा कार्यरत गीतकार कुमार पौडेलले सृजना गरिएको गीतिसंग्रह “मायाको फूल ” तेलअविव स्थित लेवेन्सकी स्ट्रीट – ९९ (नयाँ भवन) मा रहेको हलमा आगामी २३ डिसेम्बर २०१६ (शुक्रबार) बेलुका ७ बजे देखि ९ बजे सम्म एक कार्यक्रम गरी बिमोचन गरिने भएको छ |
“परदेशको बसाइँमा घरदेशको सम्झना अनि प्रेमिला मनहरुको वियोगान्त कथाका शब्दहरुको चयन” संगै उदियमान गायक सिडी विजय अधिकारीको एकल स्वर संगीत, साथमा गायिका मनिषा राईकोआबाजले समेटिएको रोमान्टिक एल्बम “मायाको फूल ” बजारमा आइसकेको छ |
कार्यक्रम नितान्त साहित्यिक र सांगीतिक रमझमले भरिपूर्ण हुने भएको छ |बिमोचन कार्यक्रममा गायकले नेपालबाट प्रत्यक्ष भिडियो मार्फत आफ्ना भनाईहरुसंगै शुभकामना राख्नुको साथै कार्यक्रममा सर्जकहरुले आफ्ना सृजनाहरु (गित गजल मुक्तक) समेत प्रस्तुत गर्न पाउने गीतकार कुमार पौडेलले तामाङअनलाइनलाई जानकारी दिनु भएको छ |
“नेपाली गीतसंगीत लाइ माया गरौं , सर्जक र सृजनात्मक कामको सम्बर्धन र संरक्षण गर्नमा सबै नेपाली लागि परौ … ” भन्नु हुँदै गीतकार पौडेलले इजरायलमा बसोवास गर्नु हुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा गरिमामय उपस्थितिको लागि हार्दिक निमन्त्रणा गरेका छन् |