हेडलाईन

इजरायलमा मणिपूजा प्रवचन कार्यक्रम हुदै         इजरायलमा मंगोलियन हार्ट लाईभ कन्सर्ट सम्पन्न,राजु लामालाई दोसाल्ला ओढाएर सम्मान         लोकप्रिय गायक राजु लामा सहित मंगोलियनहार्टका कलाकारहरु इजरायल आईपुगे         इजरायलमा महाकबि सिद्धीदास महाजूको १५५ औ जन्म जयन्तीको अबसरमा साहित्यिक कार्यक्रम हुदै         नेपाल तामाङ घेदुङ बहराईनको ५ औं अधिवेशनबाट अध्यक्षमा श्रवण बम्जन तामाङ चयन         भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग        

तामाङ पहिचानका शिखर व्यक्तित्वहरु

%e0%a4%86%e0%a4%ae

– अमृत योन्जन तामाङ

राष्ट्रिय समुदाय भन्दा फरक जाति नाम, भाषा, संस्कृति, बसोबास, इतिहास, मौखिक परम्परा, परम्परागत संस्था र जातीय संरचना हुनुलाई आदिवासी पहिचानका मुख्य अाधार मानिएका छन्। यी आधारहरुलाई टेको दिने, उठाउने र व्याख्या गर्ने अभियन्ताहरु अनि समाजलाई नयाँ गति दिनेहरु नै समाजका शिखर व्यक्तित्व हुन्।

तपाईको विचारमा तामाङ समाजलाई नयाँ गति दिएका, अाफ्नो जातीय पहिचानका लागि सक्रिय रहेका र तामाङ पहिचानलाई उच्च राखेका (ऐतिहासिक कालदेखि हालसम्म) तामाङ व्यक्तित्वहरु को को हुन् कारण सहित नाम सिफारिस गर्न अनुरोध गर्दछु। यसले हालसम्मका तामाङ शिखर व्यक्तित्वहरु चिन्न र सूची तयार गर्न सहयोग पुग्ने छ।

म निम्न २१ जनाको नाम प्रस्तुत गर्न चाहन्छु (थप नाम सहित)

१. म्हेमे पेङदोर्जे- जसले डम्फुको आविष्कार गरे ।
२. जंगवीर तामाङ- जसले राजदरवारलाई “तामाङ” लेख्नका लागि इस्तिहार जारी गराए ।
३. बुद्धिमान मोक्तान- जसले तामाङ पुस्तक प्रकाशनको प्रारम्भ गरेर तामाङ ज्ञानको विस्तारमा अतुलनीय योगदान गरे।
४. सन्तवीर लामा पाख्रिन- उनको “ताम्बा काइतेन व्हाइ रिमठिम” कृतिले अमू्र्त तामाङ सम्पदा जोगाउन र चिनाउन अदि्वतीय सहयोग गरेको छ।
५. पारिजात (विष्णुकुमारी वाइवा)- जसले विश्वमा साहित्यिक वौद्धिकताको परिचय दिए।
६. अरुणा लामा- जो गायनको क्षेत्रमा स्वर साम्राज्ञी कहलिइन्।
७. हिरादेवी वाइबा- जसले तामाङ लोकगीतलाई उचाइ प्रदान गरिन् ।
८. शम्भु तामाङ- जो सवैभन्दा सानो उमेरमा सगरमाथा चढेर विश्वमा तामाङ जातिको नाम उँचो पारे।
९. गोपाल योन्जन- जसले नेपाली सङ्गीतलाई मात्र उचाइ प्रदान गरेन तामाङ जाति नामलाई उँचो पारे।
१०. भीमबहादुर तामाङ- जसले निष्ठाको राजनीति गरेर देखाए।
११. दामान पाख्रिन- जसले तामाङ मुक्तिको लागि सारा जीवन अर्पण गरे।
१२. निर्मल लामा- जसले सात सालको क्रान्तिमा एउटा मोर्चा सम्हाले र राजनीतिका सफलतम् नायक बने।
१३. देवान दोर्जे थिङ- जसले सात सालको क्रान्तिमा अग्रणी भूमिका खेले र जीवनपर्यन्त निष्ठाको राजनीति गरिरहे।
१४. पहिलो तामाङ सहिद गोले काइँला- जसले सात सालको क्रान्तिमा विराटनगर मोर्चामा बहादुरीका साथ लडेर सहादत प्राप्त गरे ।
१५. सहिद पोक्ची तामाङ- जसले राजा महेन्द्रको “कु” विरुद्ध उर्लेर सहादत प्राप्त गरिन् ।
१६. सहिद टोकलसिङ तामाङ – जसले राजा महेन्द्रको “कु” विरुद्ध रामेछापको बडाहाकिमको क्वाटरमा बम पडकाएर सहादत प्राप्त गरे।
१७. जिउँदो सहिद मसली माया तामाङ- जसले २०३६ सालको जनआन्दोलनमा गोली लागेर पनि अदि्वतीय साहस देखाइन् र जीवनभरि सामाज सेवाको राजनीतिमा लागिरहिन्।
१८. मोक्तान भाइ- जसले तामाङ पत्रकारिता प्रारम्भ गरे र तामाङ संस्कृतिको निरन्तर व्याख्या गरिरहे।
१९. जयनन्द लामा- जसलाई तामाङ फिल्मका सूत्रधार मानिन्छ।
२०. चन्द्रकुमार मोक्तान- जसले तामाङ भाषामा एल्बम निकाल्न सुरुवात् गरे।
२१. जगत दोङ- जसले नमोवुद्ध फम एम स्टेशन लगायतको एफएम स्टेसनहरु आफ्नै बलबुतामा स्थापित गरेर तामाङ सञ्चार जगतलाई नयाँ स्वरुप र गति प्रदान गरे।

फेसाले निम्न नामहरु सुझाएका छन् (२१ जना)

१. गायिका धनमाया तामाङ २. समाजसेवी दुर्गासिह तामाङ ३. सगरमाथा आरोही पेम्बा तामाङ ४. शिक्षासेवी राम प्रताप तामाङ ५. सहिद सेक्के तामाङ ६. सहिद टाफी तामाङ ७. सहिद छेज्यु तामाङ ८. शहीद तुलबहादुर तामाङ ९. बहादुरसिङ तामाङ १०. डिबि लामा ११. बुद्धिमान तामाङ १२. बालमान तामाङ १३. महेन्द्र पि लामा १४. परशुराम तामाङ १५. दिलमान पाख्रिन १६. विजय लामा १७. विधान लामा १८. रबिन्द्र ग्याबक तामाङ १९. डा. मुक्तसिं तामाङ २०. कुलमान घिसिङ र २१. प्रशान्त तामाङ।

(नाम सिफारिस गर्दा कतिपय फेसाहरुले “तामाङ शिखर व्यक्तित्व”को परिभाषा राम्रोसँग मनन गरे जस्तो लागेन।)






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution