एसपी बसन्त लामा पुगेको केहीदिनमै ३३ लाखको सुन सहित भारतीय पक्राउ

मंसिर २२, हेटौँडा: मकवानपुरमा नयाँ एसपी बसन्त कुमार लामा पुगेको केही दिनमै अवैध धन्दामा संलग्न भारतीयलाई पक्राउ गरिएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–१७ चेकजाँचको क्रममा भारत कलकत्ता घाटल पश्चिम बेदनापुरका २६ वर्षीय अमित समान्तलाई साढे ३३ लाखको सुन सहित पक्राउ गरिएको हो ।
काठमाण्डौंबाट वीरगञ्जतर्फ जाँदै गरेको डब्लू बी ४३०८३२ नम्बरको भारतीय बस चेकजाँचको क्रममा सामन्तलाई पक्राउ गरिएको एसपी लामाले जानकारी दिए ।
सामन्तलाई विशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय पशुपतिनगरको टोलीले पक्राउ गरेको एसपी लामाले जानकारी दिए ।
उक्त सुनको बजार मूल्य बुधबार ३३ लाख ३५ हजार ७ सय ५९ रुपियाँ रहेको लामाले बताए । अवैध सुनसहितम पक्राउ परेका समान्तलाई आवश्यक कारबाहीको लागि अनुसन्धान अघि बढाएको लामाले बताए ।