चर्चामा मोडेल एवं नायिका निशा तामाङ

काठमाण्डौ । पछिल्लो समय निकै चर्चामा छिन् मोडल निशा तामाङ । आफ्नो पुर्खौली जन्म थलो काभ्रेपलाञ्चोक जिल्ला दोलालघाट – ७ भएकी उनि डान्सर, मोडेल, र नायिका पनि हुन् । २०६८ साल देखि निरन्तर कलाकारिता क्षेत्रमा लागिरहनु भएकी निशाको यात्रा आजको दिन सम्म आइपुग्दा धेरै संघर्ष गरेकी सुनाईन् ।
मोडलिङ हुँदै अभिनय करियर सुरु गरेकी एकदमै एक्स्ट्रा सपनाकी खानि भएकी निशाले छोटो समयमा नै सबै सामु चिर-परिचित हुदैँ लामो फड्को मार्न सफल भएकी छिन् ।
नेपाली कलाकारीतामा एउटा छुट्टै पहिचान दिएर अगी बढ्दै गरेकी निशाले आफ्नो करिअरको सुरुवातिका दिनमा तामाङ भाषाको म्युजिक भिडियो, सेलोबाट शुरु गरेकी थिईन ।
उनले अभिनय गरेका सेलो लगाएत तामाङ भाषाको म्युजिक भिडियो देश बिदेशमा धेरैले मन पराएपछी उनलाई लोकदोहोरी, नेपाली म्युजिक भिडियोमा पनि अभिनय गर्ने अबसर मिल्यो र निशाले ति अवसरलाई सहर्स स्वीकार गरिन् । र निशाले धेरै ओटा म्युजिक भिडियो लोकदोहोरीमा अभिनय दिई सकेकी छिन् ।
परिवारबाट अझ उनलाई थप हौसला मिल्यो र निरन्तर अभिनयमा लागि परेर दर्सक स्रोताको मनमा बस्न सफल भईन् । यस्तै, कलाकारिताको दौरानमै निशालाई नेपाली चलचित्र नेटवर्कमा काम गर्ने अवसर मिल्यो । नरेन्द्र धामीको निर्देशनमा बनेको चलचित्र नेटवर्कमा निशालाई नायिकाको मुख्य भूमिकामा देख्न सकिने छ भने उक्त चलचित्र रिलिजको तयारीमा रहेको बताईन् ।
निशाले स्वदेश तथा विदेशमा कतार, दुबई लगाएतका देशमा नेपालीहरुको चाडपर्बको अबसरमा अर्गानाईज गरिएको कार्यक्रममा पनि स्टेज पफर्म समेत दिई सकेकी छिन् ।
निशा भन्छिन् देश तथा बिदेशमा रहेका दर्शक स्रोतको हौसलाले नै आफु निरन्तर आफ्नो अभिनय कलालाई तिखार्दै अघि बढी रहेकी र अझ सुधार गर्दै अगी बढ्ने बताईंन् ।
भाबि योजनाको बारेमा निशालाई जिज्ञासा गर्दा उनि भन्छिन् “म निरन्तर अभिनय क्षेत्रमा नै लागेर अझ धेरै जनमानसमा पुग्न चाहन्छु र समाजको लागि केहि गरेर देखाउने छु”।
हो यसैले गर्दा होला पछिल्लो समय सामाजिक संजाल फेसबुकमा निशाको फलोअरको संख्या दिनदिनै बढ्दै छ। निशाले आफुले गरेको कामको बारेमा, आफुले अभिनय गरेको भिडियो फेसबुक मार्फत दर्शक स्रोता माझ शेर गर्ने गर्छिन् । र दर्शक, स्रोता, शुभ चिन्तकहरुबाट नै सकारात्मक र नकारात्मक दुवै पाटोबाट बुझेर प्रतिक्रिया लिने गरेको बताईन् ।
हाम्रो अर्को प्रश्नमा निशा भन्छिन् बिदेशमा जहाँ जुन देशमा पुगे पनि आफ्नो देश नेपालको माया भई हाल्छ नि ? त्यसैले त म फर्केर आउछु र आफ्नो अभिनय, मोडेलीङ करिअरलाइ निरन्तरता दिई रहेको छु ।
“रङ्गीन दुनियामा रम्न रमाउँन कसलाई मन लाग्दैन होला र यो संसारमा ? सोहि रङ्गीन दुनियामा रम्दै पछिल्लो समय आफ्नो गीतको म्यूजिक भिडियो मार्फत नै धेरै दर्शकहरुको मन जित्न पनि सफल भएकी छु निशाले सुनाईन् ।”
निशाको मिजासिली, फरासिलो व्यबहारले पक्कै नेपाली कला क्षेत्रको खडेरीलाई पुर्ती गर्नेछिन र आफुलाई स्थापित मोडल तथा नायिकाको रुपमा चिनाउने छिन भन्ने कुरामा कुनै दुईमत छैन ।
साभार -न्यूज अभियान, उद्धव तमाङ