दक्षिण कोरियामा नेपालीहरुको हातेमालोमा पहिलो नेपाली गुम्बा स्थापना

निर्मल महर्जन ।
गत 2016 नोभेम्वर 27 का दिन सिउल घङनाम् ईलवनदोङ, स्थित केरियामा रहेका सम्पूर्ण नेपाली बौध्द धर्मलम्विहरूका साथै ईच्छुक कोरियान बौध्द मार्गीहरूले समेत धर्म कर्म गर्न सुविधाको लागी गुम्वाका प्रमुख लामा तथा संस्थापक कुन्साङ दोर्जे लामाको नेतृत्वबाट सिउल शहरमा एक मात्र पहिलो नेपाली गुम्वा “सिउल नेपाल गुम्वा” Seoul Nepal Monastery स्थापना भएको छ ।
नव स्थापित गुम्वाको समुदघाटन कार्यक्रम 08 जनवरी 2017 मा भव्यताका साथ हुने भएको छ । उदघाटन् कार्यक्रमका साथै गुम्वा संचालन गर्न संचालक समितिको आवश्यक परेकोले कोरियामा रहेका बौध्द धर्म संग आवाद्ध नेपाली संघ संस्थाबाटै प्रतिनिधित्व गर्नेगरी यस गुम्वाको कार्य समिति गठन गरियो ।
जसअनुसार अध्यक्ष: ङावाङ दोङपा, ह्योल्मो सम्पर्क समिति दक्षिण कोरिया ,उपाध्यक्ष: रमेश श्रेष्ठ, नेपाल बौध्द परिवार दक्षिण कोरिया,सचिव: प्रकाश लामा, मनाङ परिवार दक्षिण कोरिया, कोषाध्यक्ष: ज्ञान गुरूङ, मुस्ताङ परिवार दक्षिण कोरिया, संचार तथा प्राविधिक विभागीय प्रमुख सुरज गुरूङ , दक्षिण कोरिया , सदस्य उईना सिंह तामाङ, नेपाल तामाङ संघ दक्षिण कोरिया, प्रदीव गुरूङ, तमु:धि, दक्षिण कोरिया,दावा रिन्जीङ शेर्पा, शेर्पा संघ दक्षिण कोरिया, निर्मल महर्जन, नेवा: पुच, दक्षिण कोरिया, निमा धोन्डुप लामा, नुप्री समाज दक्षिण कोरिया,रविन तामाङ, बुध्दीजिवी तामाङ संघ दक्षिण कोरिया रहनु भएको छ |
साथै यस कोरियामा रहेका पुरानो बौध्द धार्मिकसंस्था नेपाल बौध्द परिवार आगामी दिन देखि यस सिउल नेपाल गुम्वासंग हातेमालो गरी जाने र उक्त सांस्थाको सम्पर्क स्थान पनि यसै गुम्वाका साथ रहने निर्णय गरियो ।