दक्षिण कोरियामा ह्योल्मो सोनाम ल्होसार भव्यताको साथ मनाउने तयारी

ह्योल्मो सम्पर्क समिति-दक्षिण कोरिया द्वारा वार्षिक रूपमा आयोजना गरिने ह्योल्मो सोनाम ल्होसार कार्यक्रम यसपाली पनि भव्यताको साथ मनाउने भएको छ | आफ्नो मौलिक परम्परा र रितिरिवाज लाई निरन्तरता दिदै यस वर्षको २१४४औं (च्याह ल्हो) चरा वर्षको ह्योल्मो सोनाम ल्होसारको आगमनलाई भव्य रूपले स्वागत गर्ने संस्थाका अध्यक्ष श्री पेम्बा दोड०बा ह्योल्मोले जानकारी दिनु भएको छ |
दक्षिण कोरियामा रहनु भएका सम्पुर्ण ह्योल्मोवन्धुहरू एकजुट भई एक आपसमा मेलमिलाप र सोनाम ल्होसारको शुभ-कामना आदान प्रदान गरिने जनाएको छ।
ह्योल्मो सोनाम ल्होसार सॉंझ 2017 कार्यक्रम BEARSI BANQUET HALL WANGSIMNI मा आगामी 2017 January 28 शनिवारको हुने भएको छ | उक्त ल्होसार सॉझ कार्यक्रममा विभिन्न संघ संस्थाको प्रतिनिधि र अतिथिहरुलाई संस्थाबाट पत्रचार गरि निमन्त्रणा गरिने र आफ्नो धार्मिक परम्परा र सांस्कृतिक अनुरूप नै कार्यक्रमलाई संचालन गर्ने भएको छ |