पर्दाको खलनायक र वास्तविक विकु

काठमाडौंः काभ्रे कटुन्जे गाविस ६ चिसापानीमा जन्मिएका विकु थोकर अहिले तामाङ चलचित्र जगतमा छुटै पहिचान बनाउन सफल भएका छन् ।
उनले ‘म्लाङ प्वाँहार’ तामाङ भाषाको चलचित्र निर्माण गरेसँगै थोकर दर्शक माझ झन लोक प्रिय भएका हुन् । विभिन्न तामाङ चलचित्रमा खलनायको भूमिका निर्वाह गर्दै दर्शक माझ फरक पहिचान बनाउन उनी सफल भएको हो ।
६० को दशकदेखि तामाङ चलत्रिमा प्रवेश गरेका थोकरले कला क्षेत्रबाट विभिन्न सामाजिक सेवा पनि गर्दै आएका छन् । उनले भने ‘ आफ्नो कलाको माध्यमबाट दर्शकको मन जित्न सफल भएको छु ।’ कला तथा अभिनयको माध्यमबाट प्राप्त रकमहरु धार्मिक तथा सामाजिक हितका निम्ति विकुले खर्च गर्ने गरेका छन् ।
विहानीको कफिगफसँगै विगत
म सामान्य परिवारको मान्छे हुँ । कला क्षेत्रको विषय सोचेकै थिएन । तर आज विकु थोकर यही कलाले गर्दा सबैमाझ प्रिय पात्र भएको छु । वास्तवमा मैले जे गरेँ ठिकै गरे जस्तो लागेको छ । मैले पहिलो पटक ‘नाङला खी’ चलचित्रमा खलनायको भूमिका निर्वाह गरेको हो । यो चलचित्र नै मेरो पहिलो आधार हो । यही आधारको कारण विकु थोकरले नयाँ पहिचान पाएको हो ।
खलनायक शब्द आफैमा अप्रिय छ । फिल्मको पर्दामा खलनायक रहे पनि व्यवहारमा धेरै टाढा रहेको थोकरले बताए । सदैव सकरात्मक सोच र सामाजिक उत्तरदायित्वको भावना भएको थोकर अन्तराष्ट्रिय रुपमा तामाङ चलत्रिको बजार प्रवद्र्धनमा जुटेका छन् ।
कफिसँगै उनको विगत र कलाप्रतिको मोह विस्तारै खुल्दै थियो । उनले भने ‘अमिर ज्यो ज्यो पहिलो, ह्युल्ला कानुन, ह्याङला रिमठिम, मायासे लासी एक, छेरेङगै, मायासी लासी दोस्रो , म्हेन्दो, काला दाग जस्ता चलचित्रमा खल नायकको भूमिका निर्वाह गरि सकेको छु ।’ यो क्रममा मैले अविस्मरणिय अनुवभहरु पनि संगालेको छु । कला क्षेत्रमा कतै दुःख, कतै खुसी, हाँसो, पिडा र स्मरणीय प्रतिविम्बहरु महशुस गर्ने मौका पाएको छु ।
यो क्रममा मैले ‘करिव २ दर्जन चलचित्रमा अभिनय गरेको छु ।’ यस्तै नेपाली चलचित्र चक्र र सिज घाटमा समेत अभिनय गरेको छु । उनले भने ‘ जीवनमा पैसा कमाउनु मात्र ठुलो कुरा होइन रहेछ कलाको क्षेत्रबाट फरक पहिचान बनाउनु पनि ‘जीवन’ हो । कला नै एक अभिनय हो । यो अभिनयलाई जीवन्त दिनु मेरो लक्ष्य हो । यही लक्ष्यका कारण तामाङ समुदायमा सामाजिक रुपान्तरको अभियानमा जुटेको छु । ’
उनी हरेक स्टेज कार्यक्रमहरुमा दर्शकलाई व्यङग्यात्मक कला प्रस्तुतीले मनोरञ्जन दिने जमर्कोमा हुन्छन् र सफल भएको अनुभव बाँड्न चाहान्छन् । यो उनको कलात्मक विशेषता हो । झन्ट हेर्दा सामान्य आखाँले उनको भावनालाई बुझन कठिन हुन्छ तर उनमा सरल स्वभाव, संवेदनशिल र शालिन उतिकै पाउन सकिन्छ ।
उनले अहिलेसम्म करिव तीन सय स्टेजमा आफ्नो अभिनय प्रस्तुत गरिसकेका छन् । यो क्रममा उनले पारिश्रमिक स्वरुप ५ हजार देखि १ लाखसम्म लिएको बताए । उनले भने ‘आफूले पाएका सहयोग रकम धार्मिक तथा समाजिक सेवामा प्रदान गर्दै आएको छु । यस्मा मेरो विश्वास छ मैले पुण्य कमाए। ’
फेरी चलचित्रकै विषय:
पछिल्लो समय चलचित्र नबुझिकनै हाम फाल्नेहरु धेरै छन् । यहाँ अभियन्ता धेरै भयो तर वास्तविक गुणात्मक पक्षलाई कसैले पूर्ण गर्न सकेको छैन । यस्ले सकरात्मक भन्दा पनि नकरात्म सन्देश दिइरहेको छ । हामीले संख्यात्मकभन्दा पनि गुणात्मक चलचित्रको निर्माण गर्न आवश्यक छ । मेरो काँधमा पनि यही जिम्मेवारी थपिएको छ ।
तामाङ चलचित्र च्यारेटि सोमा मात्र सिमित होइन विश्वव्यापि रुपमा विकसित गर्नका लागि चलचित्रकर्मीहरु एकै ठाउँमा उभिनु पर्छ । तव मात्र तामाङ चलचित्रले राष्ट्रिय, अन्तराष्ट्रिय अवार्डहरु जित्ने उनको वस्तुगत तर्क छ । मैले भन्ने पर्ने विषय भनेको ‘ तामाङ चलत्रिको विषयमा गहन लेख्न सक्ने तामाङ पत्रकार आवश्यक छ । जस्ले सहि विश्लेषण र समिक्षा गर्ने हैसित राखोस । अनि चलचित्रले सहि मार्ग निर्देश गर्ने छ । यो विषयले दोस्रो अर्थ नलागोस् । हमेसा हामी समाजकै लागि काम गरिरहेका छौं भने सकरात्मक गतिविधिबाट हातेमालो गरौं ।
अन्तमा :
अहिले म विशेष गरी ३५ लाखमा निर्माण गरेको ‘म्लाङ प्वाँहार’ चलत्रिको देश व्यापी प्रदर्शनको प्रचार प्रसारमा लागि रहेको छु । धेरै जिल्लाहरुमा प्रदर्शन गरिसकेको छु । ताम्लेजुङको तामाङ समुदाय देखि पश्चिम नेपाल हँुदै हिमाल पारिको जिल्ला मनाङ मुस्ताङका तामाङ समाजसम्म पु¥याउने हाम्रो योजना छ ।
साथ विभिन्न देशहरुमा पनि प्रदर्शनका लागि सहकार्य अघि बढाएका छौं ।
मैले पाएको माया सम्मानका लागि मेरो दर्शक र शुभेच्छुक प्रति सदैव आभारी हुने छु । धन्यवाद ।