हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

नेपालको इतिहाँसमा आदिवासी जनजाती: मगर जाति

-प्रवीण अधिकारी

नेपालमा मगर समुदाय १७००००० जति भएको अनुमान छ | उनीहरुको बसोबास ज्यादातर पाल्पा, स्याङ्जा, तनहुँ, गुल्मी, प्युठान, रोल्पा, सल्यानतिर छ भने अर्घाखाँची, रुपन्देही, काठमाडौं, रामेछाप, म्याग्दी, बाग्लुङ्ग, पर्वत, डोल्पा, हुम्ला, सुर्खेत, धनकुटा, सिन्धुली, उदयपुरतिर पनि छरिएर बसेको देखिन्छ | सोझो गरी भन्नु पर्दा नेपालको ७५ जिल्ला भरिनै मगरहरुको धेर थोर स्थायी बसोबास रहेको छ | उनीहरुको पुर्ख्यौली भूमि बाह्र मगराँत र अठार मगराँत भनिएपनि गण्डकी र कर्णाली क्षेत्र मगरहरुको मूल थलो हो | बाह्र मगर भाषा , खाम भाषा र काइके भाषा गरि मुख्यतः तीन प्रकारका भाषा उनीहरुको बोलचालमा छ | “१२ थरी मगरको १२ भान्सा ” भन्ने भनाई यसैकारण चलेको हो | मगर जाति भित्र ६३३ थर रहे पनि सात थरहरु – थापा ,राना , आले ,पुन , बुढा ,रोका र घर्तीनै मुख्य मानिन्छन |

ma

जैविक परिचय

चेप्टो छाती, पिठ्यूँ, कमर शिर नयन केही साना भएका |
बाटिएका पिडौला, शरिरभरी नशा ढाकी भित्रै गएका ||
धेरै अग्ला, न पुडका गहुँसरि रङ्गका, जिउ निरोगी छ भारी |
नेप्टो नाक हुन्छ ज्यादा, असल मगरका नास्ती जुँगा न दाह्री ||
– अज्ञात कवि

प्राचिन इतिहाँसका ख्यातिप्राप्त मगरहरु

शिन्तू सति शेंग , कंगवाचन , सिक्किम र नेपाल , ळिच्छबि साशन पहिले |
अरमुडी , नेपालदेस्यस्य राजा , काली गण्डकी क्षेत्र , ८ औं शताब्दी |
जीतु मगर – छ -बिस कोट , रोल्पा |
बलीहांग राना मगर , बल्देंग गढी १२ औं शताव्दी |
मुकुन्द सेन , तानसेन -पाल्पा र बुटवल , ११ औं शताब्दी |
गज लक्ष्मन सिंह – मकवानपुर गढी |
मिचा खान – नुवाकोट -स्यांग्जा |
दल्सुर घले मगर , लिग लिग कोट (गोर्खा ) बि.स. १६०५ -१६१६ |
मानसिंह खड्का मगर , गोर्खा , १६१६ सम्म |
टुलु पिजा मगर , पाखापानी |

विश्वमा मगरहरुले पाएको पदक

ब्रिटिश शैनिकले दिएको १३ ओटा VC मध्ये ५ ओटा VC मगर जातिले पाएको इतिहाँस साक्षी छ | राइफल म्यान कुलबीर थापा मगरले पहिलो VC ,फ्रान्समा सन् १९१५ मा,राइफल म्यान करणबहादुर रानाले VC इजिप्टमा ,सुबेदार लालबहादुर थापाले VC .ट्युनिसियामा , राइफलम्यान तुल बहादुर पुनले बर्मामा, सुबेदार नेत्रबहादुर थापाले बर्मामा ,सर्जेन्ट दिप प्रसाद पुनले (CGC),ब्रिटेनमा पाएका थिए |

नेपालको एकीकरण इतिहाँसमा मगरहरुको देन :

इतिहाँस केलाउदा पन्ध्रौँ शताब्दीमा पाल्पामा सेन राजाको बढोत्तरी गर्नमा मगरहरूको ठूलो हात थियो | मगर वीर लडाकू भएको कारणले नै खस र मगर सैन्यवलले मुकुन्द सेनले आफ्नो पाल्पा राज्य बढाएर सुखिमसम्म पुर्याएका थिए | सेन दरबारमा मगर सरदारको प्रभुत्व थियो | सेन राजाहरू मगर राजाका रूपमा चिनिन्थे भने जनतामा पनि घुलमिल भएर बस्ने यिनको सरल स्वभाव थियो | यसैलाई लक्ष्य गरेर “सुख पाए सहर पस्नु, दुःख पाए मगरात पस्नु” भन्ने उखान नेपालका चलेको थियो |

magarrr

पृथ्विनारायण शाहको एकीकरणपछि पनि सेनका पालादेखि चलिआएको रीतिथिति यथावत् चलाइयो | मगरहरू सैन्य नेतृत्वमा मात्र होइन, देवीथानका पुजारीका रूपमा पनि स्थापित गराइए | बाग्लुङमा खड्का पुजारी भएजस्तै मनकामनामा मगर छन् | विजयपुरका बूढा सुब्बाका पुजारीपनि मगर छन् | गोरखा राज्य स्थापनामा ६ थरी जनताको सहयोगबाट सम्भव भएको थियो | ६ थरीमा बाहुन, क्षेत्रीदेखि राना मगरसम्मका जात थिए | धार्मिक कार्य र न्याय सम्पादनमा बाहुनको हात थियो भने अन्य राजकाज र युद्धकार्यमा खस मगर, गुरूङ आदिकै पहुँच थियो |

ma1

मधु राना, जसु राना, नरबिर आले, संजित थापा , गंगाराम रानामगर, गङ्गा राना मगर ,जयन्त राना मगर ,विराज बखती थापा मगर , प्रतिमन राना मगर, सुरजसिंह रानामगर, मानसिंह रोका मगर, सरदार भक्ति थापामगर सुरथ सिंह राना मगर , कालिदास खड्का मगर, भीमसिंह थापा मगर , सुरसिंह राना मगर, जसिवंत राना , मणिकण्ठ राना ,देवु राना , सोया वनुवा थापा मगर , जयन्त राना , बन्धु राना मगर, कालु खड्का मगर, विस्न्या नाउ, हतियार बनाउन लखनौ देखि ल्याएका भेषा सिंह , शेख जरवार र मुहम्मद ताकि मुसलमानहरुले मगर संगै मिलेर नेपाल जोगाएका थिए |

लखन थापा र उनका दरसन्तानलाई जग्गा बिर्ता दिई लालमोहर गरिदिए पछि मनकामना मन्दिरका मूल पुजारी रैथाने थापा मगरनै राखिए | विराज थापा मगर , मान सिंह खडका मगर ,राजा द्रब्य शाहको पालामा गंगाराम राना मगरलाई प्रधानन्यायाधिस ,न्याय विभाग प्रमुखनै दिइएको थियो | लखन थापा , जयन्त राना , शंखमणि राना , सर्वजीत राना मगर , लखन थापा मगर ,जयन्त राना ,सर्बजीत राना मगर र वि. सं १९०२ देखि १९०३ सम्म अभिमानसिहं राना मगर नेपालको प्रधान सेनापति पदमा कार्यरत थिए | विराज थापा मगरल , गगन सिंह राना उच्च पदस्थ थिए | अभिमान सिंह राना ,विराज वखेती (मगर) जस्ता योद्धा र बूढा काजी अभिमानसिंह राना कोत पर्वमा परेपछि भने राणाकालमा सैनिक पेशामा वाहेक राजकाजमा मगर जातीय सहभागितको क्रम टुट्न पुग्यो |

नेपालको इतिहाँसमा ख्यातिप्राप्त मगरहरु 

गंगाराम राना मगर

लमजुङको राजकुमार द्रव्य शाह विस १६१६ मा लिगलिगकोटको राजा भएपछी गंगाराम राना मगर प्रधानन्यायाधिस न्याय विभाग प्रमुख नियुक्त गरेका थिए |

लखन थापा (प्रथम)

यी गोर्खाका राजा रामशाहको पालाको जल्दोबल्दो काजी थिए | उनी राजा रानीका अंरक्षक थिए | उनी धर्मभीरु महात्मा भएका र उनकै सपना अनुसार हाल गोरखा मनकामना देवी उत्पत्ति भएको थलो फेला परेको थियो |

जयन्त राना

यी राजा नरभुपाल शाहको प्रधानसेनापति काजी थिए | नरभुपाल शाहको पालामा कान्तिपुर राज्यको नुवाकोटमाथि गरिएको हमलाको नाइके पनि यिनै थिए | उक्तयुद्ध असफल भयो | त्यसपछि यीनी काजीबाट हटाइए र त्यसपछि कान्तिपुरका राजा जयप्रकाश मल्लको फौजमा काम गर्न थाले |

शंखमणि राना

यीनी जयन्त रानाका छोरा थिए | जयन्त राना काम विशेषले कान्तिपुर गएका बेला शंखमणि नुवाकोट किल्लाको प्रमुख भईबसेका बेलामा पृथ्वीनारायण शाहले नुवाकोटामाथि हमला गरी विजय प्राप्त गरे भने शंखमणि यसैयुद्धमा विस १८०१ मा मारिए |

काजी विराज थापा मगर (विस १८००-१८०१)

राजा रामशाहको पालादेखिनै मनकामनाका थापा मगरहरुले गोर्खा दरवारको मन जितेका थिए | पृथ्वीनारायण शाहको पालासम्म यिनीहरु थिए | काजी विराज थापा मगर गोर्खाका राज परिवारका ददा हुन | विराज थापा मगर पृथ्वीनारायण शाहले पहिलो पटक नुवाकोटमाथि हमला गर्दाका सेनापति पनि हुन | यी लाह्यु वा लाहे मगर हुन |

जोहरसिँ थापा मगर

सहेराम थापा मगर र माता मनमायाको कोखबाट विस १८४४ मा जन्मेका जोहरसिँ थापा मगरले नेपाल एकिकरण र नेपाल अँग्रेज युद्धमा देहरादुनको नालापानी छेउको खलंगाको युद्धमा बलभद्र कुँवरको मातहतमा रहंदा , उनी तोपखाना हतियार चलाउने कमाण्डरहुद्दा भएपनि उनले हानेको तोपको गोलाले नालापानी युद्धमा अंग्रेज जनरल जिलेस्पीको मृत्यु भएको थियो ।

सिँहवीर घर्ति मगर

सन् १८१४ को नोभेम्बर २७ तारेखको विहान नालापानी किल्लामा अँग्रेज फौज विरुद्धको युद्धमा जमदार सिँहवीर घर्ति मगरले पुरानो गोरख पल्टनबाट कर्णेल माबीले नेतृत्व गरेका सैनिकहरु मध्ये एक दर्जन भन्दा बढीलाई मार्न सफल भएका थिए |

अभिमानसिँह राना मगर (वि.स. १९०२ -१९०३)

वि.स. १६१६ मा राजा द्रव्य शाह लिगलिगकोटको राजा हुँदा देखिनै राना मगरहरु काजी दर्जामा काम गर्न थालेका थिए | पछि राजा नरभुपाल शाहको राज्यकालमा जयन्त राना मगरले सेनापतिको भूमिका निभाए | पछि कान्तिपुर विजय पश्चात अभिमानसिँह राना मगर नेपालको प्रधान सेनापति भए | भीमसेन थापाको देहान्त पछि बनेका विभिन्न मन्त्री मण्डलमा उनी पनि सदस्य थिए | उनले सैनिक विभागको जिम्मेवारी पनि निभाए | त्यस बेलाको लालमोहर रुक्काहरु मध्ये विस १८९९ भाद्र वदी ७ रोज १ मा उनले सही गरेको भेटिएको छ |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution