तामाङ सोसाइटी अफ ग्रेटर वासिङ्टनको अध्यक्षमा उत्तर दोङ तामाङ

५ डिसेम्बर, वासिङ्टन डि सी । तामाङ सोसाइटी अफ ग्रेटर वासिङ्टनको साधारणसभा तथा बैठकले उत्तर लामा दोङको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।
आइतवार हिमालयन हिरिटेज रेष्टुरेष्ट वासिङ्टन डिसीमा सम्पन्न भएको भेलाले उपाध्यक्षमा फाउदसिंह लामा, सचिवमा सन्दीपमान लामा, सहसचिवमा आमोद घिसिङ र कोषाध्यक्षमा नानीदेवी लामा सर्वसम्मतिले निर्वाचित भएका छन् ।
यस्तै, टेक्निकल अधिकृत पेमा लामा दोङ, सदस्यहरुमा क्रमशः भीम तामाङ, प्रवीन मोक्तान, दावा तामाङ, किरण लामा, गीता तामाङ र रितु तामाङ निर्वाचित भएका छन् । हाललाई रिक्त पदहरु नयाँ कार्यकारी समितिले पदपूर्ति गरिने अध्यक्ष उत्तर दोङले बताए ।
कार्यक्रममा यस अघिको कार्यकारी समितिका कोषाध्यक्ष बिरबहादुर तामाङले मौजुदा बैंक खाताबाट बैंकमा भाएको मौजदात रकम ८ हजार ५ सय तेईस र नौ सेन्ट आमेरिकन डलरको बैंक विवरण नयाँ समितिलाई हस्तान्तरण गरे । @ नेपाली बुलेटिन |