मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय उपाध्यक्ष दान बहादुर चौधरी नयाँ शक्तिमा प्रवेश

कपिलवस्तु– नयाँ शक्ति पार्टीमा विजयकुमार गच्छदार नेतृत्वको मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय उपाध्यक्ष दान बहादुर चौधरी बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिमा प्रवेश गरेका छन् ।
सोमबार कपिलवस्तुको तौलिहवामा भएको राजनीतिक प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा उनी सहित फोरम लोकतान्त्रिककै केन्द्रीय सदस्यहरु शलाहुद्दीन मुसलमान, जी आउर रहमान, केन्द्रीय सदस्य एवं कपिलवस्तु जिल्ला संयोजक मोहम्मद टफिक मुसलमान, राष्ट्रिय समाज कल्याण परिषदका कोषाध्यक्ष कुञ्ज बिहारी चौधरी, राष्ट्रिय महिला आयोग सदस्य धनेश्वरी चौधरी, फोरम लोकतान्त्रिकका कपिलवस्तु जिल्ला उपाध्यक्ष गौरी शंकर चौधरी, जिल्ला सचिव काशीराम यादवलगायत नयाँ शक्ति पार्टीमा प्रवेश गरेका हुन् ।
किन गए नयाँ शक्तिमा ?
– अहिले मुलुकमा देखिएको राजनीतिक अस्तव्यस्ततालाई पार लगाउँदै जनताका जल्दाबल्दा समस्याहरुको सम्बोधन गरी मुलुकको आर्थिक विकास र समृद्धिमा पहल गर्न नयाँ शक्ति पार्टीले बोकेको विचार, दृष्टिकोण र कार्यक्रम ठीक छन् ।
–‘इतिहासले सुम्पेको यो युगीन कार्यभारलाई पूरा गर्नका निम्ति नयाँ सकारात्मक सोंच, नैतिकवान नेता तथा कार्यकर्ता, अल्पकालीन, मध्यकालीन एवं दीर्घकालीन आर्थिक समृद्धिको विस्तृत योजनासहितको वैकल्पिक राजनीतिक शक्तिको निर्माण र विकास गर्दै सचेत प्रकारले अगाडि बढ्न डा. बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति पार्टी नेपालमा प्रवेश भई आगामी दिनमा अझ सक्रिय भूमिका, राष्ट्रिय संकल्प र परिवर्तनप्रतिको आशावादबिना नयाँ नेपाल निर्माणको नेपाली जनताको सपना पूरा नहुने भएको ठहर गरेका छौं ।
– आजैका मितिदेखि लागू हुने गरी नयाँ शक्ति पार्टी नेपालमा हामी प्रवेश गरेको घोषणा गर्दछौं ।
को हुन् चौधरी ?
उपाध्यक्ष दान बहादुर चौधरी पूर्व महिला, बालबालिका तथा समाजकल्याण मन्त्री हुन् ।
– केन्द्रीय सदस्य मुहम्मद वकिल मुसलमान पूर्व वन मन्त्री हुन् ।
–त्यसैगरी अन्य व्यक्तित्वहरु केन्द्रीय सदस्य तथा नवलपरासी, कपिलवस्तु तथा रुपन्देही जिल्लाका विभिन्न तहमा क्रियाशील स्थानीय नेताहरु हुन् ।
बाबुरामले भने–
– अबको चुनावमा नयाँ शक्ति पार्टी पहिलो पार्टी बनेर मुलुकको आर्थिक समृद्धि र विकासतर्फ केन्द्रित हुन्छ ।
चौधरीले भने–
–मुलुकको राष्ट्रिय एकता बलियो पार्दै देशलाई विकास र समृद्धिको दिशामा लैजान डा. भट्टराई मात्र दूरगामी भिजन भएको सर्वस्वीकार्य व्यक्तित्व भएकोले हामी नयाँ शक्ति पार्टीमा समाहित भएका हौं ।
–अब नयाँ शक्ति प्रवेशमा देशव्यापी लहर चल्छ ।
@ रातोपाटी |