दोश्रो बिश्व युद्ध र हिटलर

-नरेश कुमार श्रेष्ठ ,इजरायल
तानाशाहहरुको नाम लिनु पर्दा जर्मन नश्लिय राष्ट्रबादी अडोल्फ हिटलर अग्रपक्तिमा पर्न आउंछ । हिटलरको नेतृत्वले बिश्व आफ्नो अधीनमात्र लिन चाहेनन् उ आफैले आफ्नै जातीत्वलाई विश्वकै सबै भन्दा उच्च जाती हुँ भने सोच्दथे ।
20 अप्रिल 1889 मा अडोल्फ हिटलरको जन्म अस्ट्रियामा भएको थियो भने उनको प्रारम्भिक शिक्षा लिज भने ठाउँमा भएको थियो । आफ्नो बुबाको मृत्यु पश्चात् हिटलर सत्र बर्षको उमेरमा भियना बसाई सरे । कला बिद्यालयमा प्रबेश गरेका उनी त्यहाँ सफल हुन नसकेपछि पोस्टकार्ड चित्र बनाएर आफ्नो जीविका चलाउन थाले ।
यहि समय देखि उनमा साम्यबादी र यहुदीहरुलाई प्रती घृणा पैदा भएको थिए भने उनी हामी सबै एकै जर्ननी हौ भने गर्थे । पहिलो बिश्व युद्धको सुरु सगै हिटलर आफ्नो काम छोडेर सेनामा भर्ती भए ।
पहिलो बिश्व युद्धमा जर्मनले हार बेहोरे भने युद्ध कै दौरान उनी 1918 मा घाइते भई हस्पिटलमा भर्ना भए । जर्मनको हार उसको लागि निकै दु:खदायी असह्य थियो।
जर्मनको पराजय संगै उनले सेनाको जागिर छोडि नेशनल सोसिलिस्ट आर्निटर पार्टी ( नाजी ) भने नयाँ पार्टी खोले । नाजी पार्टीको मुख्य उद्धेश्य साम्यबादी र यहुदीहरुको भण्डाफोर गरि अधिकारबाट बन्चित गर्नु थियो । यहुदी र साम्यबादीहरु कै कारण दोश्रो बिश्व युद्धमा जर्मनले हार बेहोर्नु परेको भने उनको ठम्याई थियो सगै उनमा बदलाको भावना आक्रमण रुपमा देखा परेको थियो ।
जर्मनको हार सगै हिटलर भित्रभित्रै उनी यहुदीहरु र साम्यवादीहरुसंग निकै क्रुद्ध बन्दै गए । हिटलरको यस यहुदी र साम्यबादी बिरोधी भावना संग हजारौं जर्मनी नश्लियहरुको भावना संग मेल खायो । नाजी पार्टीमा सलग्न उनिहरुको मुख्य एजेण्डा यहुदी र साम्यबादिहरुलाई गाली गर्नु देश द्रोही भन्नु र जर्मनी राष्ट्रियता वकालत गर्नु नै देश प्रेम सच्चा राष्ट्रवाद जस्तो बन्न गयो । यसैलाई उनीहरुले देश प्रेम र सच्चा राष्ट्रबादी भनी ब्याख्या गर्न थाले ।
पहिलो विश्वयुद्ध पश्चात् जर्मनीको अर्थतन्त्र निकै कमजोर भईसकेको थियो भने बेरोजगारीको निकै ठुलो चपेटामा परे । सबै जनताहरु निकै आक्रोश र निरास थिए ।
यसैलाई मध्यनजर गरि हिटलरले जर्मनको अर्थ व्यवस्थालाई सहि ठाउँमा ल्याउने भनी निकै राम्रो राम्रो बिकासको नारा भाषाणहरु गर्न थाले । बिकास रोजगारी र समृद्धको भने हिटलरको यहि भाषणले जसले गर्दा नाजी पार्टीले जनताहरुको सहानुभूतिको बटुल्न सफल हुँदै गए ।
हिन्दुहरुको शुभ चिन्ह स्वस्तिक चिन्हलाई हिटलरले नाजी पार्टीको चुनाव चिन्ह बनाए भने उनले सैनिक मोर्चा समेत खडा गरी निकै प्रचार प्रसार हल्ला नै मुख्य पार्टीको औजार बनाए । यसै समय नाजी पार्टीले सरकार विरुद्ध आन्दोलन पनि छेडे तर सफल भएन । त्यस बेला हिटलर समातिय र राजद्रोहको मुद्दा चलाएर हिटलरलाई पाँच बर्षको जेल सजाय सुनाए ।
हिटलर 13 महिना जेल बसे । जेल बसेको बेला उनले आन्दोलनको बेला सहिद भएका सहिदौको श्रद्धाञ्जली स्वरुप मेरा सघर्ष नामको आत्म कथा प्रकासित गरे । हिटलरको यस किताबमा जर्मनी आर्य जातीत्व बिश्वको सबै भन्दा उच्चजाती हुन्छ र बिस्वको नेतृत्व यहि जाती अन्तर्गत हिटलर आफुले गर्नुपर्ने उल्लेख थियो ।
हिटलर निकै उतेजनात्मक रुपमा बिकासका भाषणहरु गर्थे भने जर्मनी देश र जातित्वको रक्षाको लागि साम्यबादी र यहुदीहरु बाधक भएको र उनीहरुबाट देश जोगाउन उनीहरुलाई तह लगाउन पर्छ भनी उतेजक भाषण गर्थे । यो भावना संग मेल खाने सबै हिटलर नाजी पार्टीमा गोलबन्द हुँदै गए । उनी जर्मनी नश्ल जर्मन जाती अरु सवै जात भन्दा माथिल्लो जर्मन राष्ट्रियताको ठुलो ठुलो कुरो गर्थ । हामी सबै जर्मनी हो कोहि साम्यबादी छैन कोहि यहुदी छैन हामी सबै जर्मनी भनी भाषण गर्थे । मान्छेहरु मक्ख पर्थे । सबैलाई सच्चा राजनेता राष्ट्रबादी हिटलर नै हो र नाजी नै हो भने भान भए । उनले धेरै चोटि असफल सता कु को तानाबाना पनि बुनेका थिए ।
सन 1932 मा भएको राष्ट्रपति चुनाबमा भाग लिए तर सफलता हासिल गर्न सकेन । 1933 मा उसलाई पुन: जर्मनको चान्सर बने मौका पाए ।हिटलर जर्मनको चान्सलर भए सगै उनले दमन गर्न सुरु गरे । उनले साम्यवादी पार्टीलाई अबैध घोषणा गरे भने यहुदीहरुको खोजी खोजि नर सहार गर्ने कार्य अगाडि बढाए । तत्कालीन राष्ट्रपतिको मृत्युपछि उ स्वघोषित राष्ट्रपति भए |
पुरै सत्ता हातमा आई सकेपछि हिटलरले भबिस्यमा हुन सक्ने युद्धलाई मध्येनजर गर्दै सैन्यशक्तिलाई मजबुत गर्दै सारा जर्मनीहरुलाई सैनिक तालिम दिने आदेश दिए । उनले बिशाल जर्मनको मनोगत कल्पना गरि विभिन्न देश र आन्तरिक पार्टीहरु संग गरेको सबै सहमती सम्झौता तोडि छिमेकी देशहरुमा आक्रमण सुरु गर्न थाले ।
फलस्वरुप १९३९ मा दोश्रो बिश्व युद्धको बिजारोपन हुन गयो । दोश्रो युद्धको सुरुवातमा हिटलरको सफलता मिल्दै गए पनि पछि निकै भारी हुँदै गए । जर्मनीको हार निस्चित भयो ।
हार भएको महसुस गरे अन्तमा 29 अप्रिल 1945 मा ईवा ब्राउन संग बिबाह भए । हार र कमजोरी संगै सत्रुहरुबाट समातिने डरले बिबाहको लगतै हिटलरले आत्म हत्या गरे ।
हिटलर कै तानाबानामासुरु भएको दोश्रो बिश्व युद्ध 1939 सुरु भै 1945 मा अन्त भएको थियो । दोश्रो बिश्व युद्धको दौरान छ करोड निर्दोष जनताहरुले ज्यान गुमाए भने 60 लाख यहुदीहरुको क्रूरता पुर्बक नरसहार गरे ।
हिटलर घोर जर्मन राष्ट्रवादको पक्षपाटी थिए त्यो बाहेक उनले अरु समुदायको अस्तित्व स्विकार गर्नै सकेन । हिटलर कै जर्मन राष्ट्रिय नश्लिय सोचको कारण दोश्रो बिश्वयुद्धको जन्म , पुर्बजर्मन र पश्चिमी जर्मन दुई टुक्रा भए । बर्लिन पर्खाल निर्माण भए हजारौ हजार परीवार आफन्तहरु बर्लिन पर्खालले बिछोड गराए ।
बिश्वमा जति पनि देश टुक्रिए युद्ध नरसहार भए यस्तै नश्लिए सोच भएका अतिबादी नेताहरुको कारण नै प्रमुख छ्न् । हालै अमेरिकामा उदय भएको ट्रम्पिय अमेरिकी राष्ट्रवाद , युरोपियन युनियनबाट अलग हुने बेलायतको अंग्रेज़ राष्ट्रवाद , हिटलरको नश्लिय जर्मनी राष्ट्रवाद त्यस्तै भारतमा पछिल्ल्लो समय पुन: बिरुवा पलाएको हिन्दुज्म र बहुजातीय भएको नेपालमा अब जातसात भाषा केही हैन हामी सबै नेपाली हौ भने एकल समुदायको महेन्द्रबादी राष्ट्रवादले केही केही रुपमा हिटलरी तानाशाहरुको संकेत गर्छ । तसर्थ यसतर्फ सबै सचेत हुनु अत्यावश्यक छ ।