आमा मार्ने छोरावुहारीलाई सर्वोश्व सहित जन्मकैद

जाजरकोटः जाजरकोटमा आफ्नै आमाको हत्या गर्ने एक दम्पतिलाई सर्वोश्व सहित जन्मकैदको फैसला सुनाईएको छ । सक्ला १ लैखमका बुद्धिबहादुर खत्री र उनकी पत्नी सर्मीला वली खत्रीलाई आफ्नै आमा देउमी खत्रीको हत्या गरेको अभियोगमा जिल्ला अदालत जाजरकोटले सर्वोश्व सहित जन्मकैदको सजाय गरेको हो ।
जिल्ला न्यायधिस लीलाराज अधिकारीको इजलासले मुलुकी ऐन अनुसार हत्यामा संलग्न दुवै जनालाई सर्वस्व सहित २० वर्ष ६ महिनाको जेल सजाय तोकेको हो ।
देउमीका श्रीमान लगवीर खत्री र जेठा छोरा वुहारीकोपनि मृत्यु भइसकेको छ । देउमति जेठाछोराका दुइजना छोराछोरीहरु पालेर बस्दै आएकोमा उनीहरु अध्ययनका लागी जिल्ला बाहिर गएपछि एक्लै वस्दै आएकी थिइन् । नलसिंहगाड जलविद्युत आयोजना निर्माणका लागि अधिग्रहणमा परेको देउमीका नाममा रहेको जग्गा आफनो नाँउमा नामसारी गराउनका लागि वुद्धिवहादुर र उनकी श्रीमतिले दवाव दिदै आएका थिए । जग्गाको नामसारी गराउन देउमीले जेठाछोराका छोराछोरीको सहमति विना गर्न नमानेपछि उनीहरु आमाको हत्या गर्ने योजनामा पुगेका थिए । जग्गा नामसारीका लागि श्रीमति सर्मिलाले कि आमालाइ मार कि म भीरवाट हामफालेर मर्छु भनेपछि आफुले आमाको हत्या गरेको वुद्धिवहादुरले अदालतको वयानमा स्वीकार गरेका थिए । आमाको हत्यापछि उनीहरुले घर नजिकैको बारीमा लासलाई गाडेका थिए ।
प्रहरीका अनुसार सुतिरहेकी आमालाई बुद्धिबहादुरले बन्चरोले टाउकोमा हिकाएका थिए । एउटा मात्र चोटले मरेकी छै्रनन् कि जस्तो छ, वुद्धिवहादुरले अर्काे पटक हान्न खोज्दै भने । फेरि घाटीमा जोडले हिर्काएर आमालाइ मारेपछि दुवै लोग्ने स्वास्नी मिलेर घसार्दै नजिकैको मकैवारीमा एक दिन अघि ठिक्क पारी खनेको खाल्डोमा गाडेर माटोले पुरेका थिए ।
अरुले थाहा पाउलान भनेर वुद्धिवहादुरका श्रीमान , श्रीमतिले लास गाडेको ठाँउ माथि पिपलको वेर्नाे पनि रोपे । गत साउन २२ गते आमालाइ मारेर मकैवारीमा गाडेका वुद्धिवहादुरले २३ गते विहान गाउँ भरि आमा घरवाट हराएको हल्ला चलाएका थिए । आमालाई खोजिदिन भन्दै उनले प्रहरी चौकीमा निवेदन दिएका थिए । देउमीका भतिजा हरीवहादुर खत्रीले भदौ ६ गते प्रहरीमा किटानी जाहेरी दिएका थिए ।
घटना भएको तीन हप्ता पछि प्रहरीले दुवै लोग्ने स्वास्नीलाई पक्राउ गरेको थियो । वुद्धिवहादुर जाजरकोट कारागारमा छन् भने सर्मिला साढे २ वर्षको छोराको साथमा वर्दियाको कारागारमा रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका निमित्त प्रमुख हिक्मतवहादुर वोहराले वताए ।