खेम मोक्तानको म्युजिक भिडियोमा बिन्दु मुस्कुराएपछि

काठमाडौं: पछिल्लो समय म्युजिक भिडियो निर्देशन तथा अभिनयमा व्यस्त मोडल तथा कलाकार खेम मोत्तानको नयाँ म्युजिक भिडियो छायाकंन सकिएको छ ।
लाक्पा योञ्जनको शब्द र स्वर भएको ‘घर मेरो लिसङ्खु पाखै मा, माँया बस्यो गाजालु आँखै मा’ मा टिका बम्जनको संगीत रहेको छ । यम बि गुरुङले निर्देशन गरेका छन् । भिडियोमा मोक्तानलाई विन्दु लामाले साथ दिएकी छिन् ।
काठमाडौंको सेता गुम्बामा छायांकन भएको हो ।