तामाङ घेदुङ लमजुङको छैठौ अधिवेशन सम्पन्न,अध्यक्षतामा अजय दोङ तामाङ

लमजुङ÷नेपाल तामाङ घेदुङको केन्द्रीय अध्यक्ष मोहन गोले तामाङले ३२ इन्ची छाती हुने तामाङहरुलाई आन्दोलनको लागि अगाडि आउन आग्रह गरेका छन् । गत मंसीर १७ गते नेपाल तामाङ घेदुङ लमजुङ जिल्ला समितिको छैठौ जिल्ला अधिवेशनलाई बेशीसहरमा एक भब्य समारोहका बीच समुद्घाटन गर्दै गोलेले यस्तो आग्रह गरेका हुन् ।
‘२, ४ जना कुख्रे छाती हुनेहरु भाग्दैमा बिद्रोह रोकिदैन’ उनले तामाङ आन्दोलन बिरोधीहरुलाई सङ्केत गर्दै भने– ‘भाले नबास्दैमा उज्यालो हुँदैन भन्ने छैन, समय आएपछि उज्यालो भएरै छाड्छ’ । उनले दुश्मनलाई बन्दूकले नभई छातीले ठीक गर्नुपर्ने धारणा राखे ।
संविधान संशोधनमा समेत सरकारले ताम्सालिङ प्रदेश निर्माणको प्रस्तावलाई अघि नबढाएपछि राज्य बिरुद्ध बिद्रोह गर्ने मनस्थितिमा पुगेको गोलेको भनाई थियो । राज्यले तामाङलाई मासिने जातमा राखेर विभेद गरेको कारण तामाङ जीवन डमाडोल भएको दाबी गर्दै उनले यो राज्यसत्ताका ठेकेदारहरुसँग बार्ता र सम्बादको समय सकिएको बताए । ‘हामीले ताम्सालिङ पहिचान दिन्छ कि भनेर धेरै हे¥यौ, पख्र्यौ तर धोका मात्रै भयो’ उनले भने ।
बिद्रोहको लागि गोलेले सबैसँग तामाङ एकताको शक्ति मागे । उनले भने– ‘तामाङ एकताको शक्ति दिनुहोस्, बल दिनुहोस्, हामीलाई राजनीतिक, साँस्कृतिक रुपमा घाइते बनाउने जाली फटाहाहरुलाई म कहिल्यै उठ्न नसक्ने गरि बज्रमुक्का प्रहार गर्न चाहन्छु’ ।
कार्यक्रमका विशेष अतिथि नेपाल तामाङ घेदुङका पूर्व केन्द्रीय अध्यक्ष धनप्रसाद तामाङले अबको घेदुङ नेतृत्व राजनीतिक क्रान्तिलाई निष्कर्षमा पु¥याउने हिम्मतका साथ आएको हुँदा सबैले सहयोग गर्नुपर्ने बताए । उनले नेतृत्वलाई पद र पैसामा सम्झौता नगर्न सुझाव दिए ।
त्यसैगरि कार्यक्रममा नेपाल तामाङ घेदुङका बरिष्ठ उपाध्यक्ष बेली लामा तामाङले आफ्नै समुदायभित्र पनि तामाङ महिलाको अवस्था अत्यन्तै नाजुक रहेको बताए । उनले हरेक प्रक्रियामा तामाङ महिलाहरुलाई अघि बढ्न आग्रह गरे ।
कार्यक्रममा घेदुङका केन्द्रीय सदस्य हरिमान तामाङ, सावित्रा गोम्जा, विद्यार्थी घेदुङका केन्द्रीय कोषाध्यक्ष जुन तामाङ, प्रदेश नं. ४ का उपाध्यक्ष हरिजंग तामाङ, संस्कृति घेदुङ प्रदेश नं. ४ प्रमूख प्रितिमान तामाङ, पूर्व पश्चिमाञ्चल प्रमूख इमानसिंह तामाङ, जिल्ला सल्लाहकार धनसिंह तामाङ, ढेलेक ढोडिन छ्योलिङ गुम्बाका अध्यक्ष बुद्धिमान पाख्रिन, पूर्व जिल्ला अध्यक्ष बीरबहादुर तामाङ र प्रदेश नं. ४ का कोषाध्यक्ष आशा तामाङ लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
घेदुङका जिल्ला अध्यक्ष नारायण तामाङको सभापतित्वमा सञ्चालित उद्घाटन सत्रको सञ्चालन अजय तामाङले गरेका थिए भने स्वागत मन्तब्य कृष्ण बहादुर वाईबा तामाङले गरेको आयोजकले जनाएको छ । कार्यक्रमको बीच बीचमा नेपाल तामाङ संस्कृति घेदुङको कलाकारहरुले गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।
दोङको अध्यक्षतामा १३ सदस्यीय समिति गठन
यसैबीच लमजुङ जिल्लाको छैठौ अधिवेशनले अजय दोङ तामाङको अध्यक्षतामा १३ सदस्यीय जिल्ला समिति गठन गरेको छ । उद्घाटन सत्र सकिएपछि सोही हलमा सञ्चालन गरिएको बन्द सत्रले सर्बसम्मत रुपबाट दोङको नेतृत्वमा समिति गठन गरेको निर्बाचन मण्डलका प्रमूख हरिमान तामाङले बताए ।
समितिका अन्य पदाधिकारी तथा सदस्यहरुमा क्रमशः उपाध्यक्ष कृष्णबहादुर तामाङ, महिला उपाध्यक्ष आशकुमारी तामाङ, सचिव होमलाल तामाङ, कोषाध्यक्ष लालजंग तामाङ, सहसचिव होमरास तामाङ, सदस्यहरु यमबहादुर तामाङ, बेलबहादुर तामाङ, अमृत तामाङ, सुनिता तामाङ, पसबहादुर तामाङ, सुस्मिता तामाङ, मिनबहादुर तामाङ र फूलबहादुर तामाङ रहेका छन् ।
नव निर्बाचित समितिका अध्यक्ष अजय तामाङले आफ्नो शरीरमा एकमुठि रगत रहेसम्म तामाङ मुक्तिको लागि लडिरहने प्रतिवद्धता ब्यक्त गरे । उनले घेदुङको बिधानलाई शिरोधार्य गर्दै केन्द्रको निर्देशन अनुसार चल्ने बताए ।
नव निर्बाचित समितिका सदस्यहरुलाई निर्बाचन मण्डल प्रमूख हरिमान तामाङले सपथ ग्रहण गराएका थिए भने घेदुङका केन्द्रीय अध्यक्ष मोहन गोले तामाङले बधाई तथा शुभकामना ब्यक्त गरेका थिए ।
आशिषको नेतृत्वमा संस्कृति घेदुङ
यसैगरि सोही अवसरमा आशिष तामाङको अध्यक्षतामा नेपाल तामाङ संस्कृति घेदुङको समेत गठन गरिएको छ । समितिका अन्य पदाधिकारीहरुमा उपाध्यक्ष बिकास तामाङ, सचिव सम्झना तामाङ, सहसचिव बिराज तामाङ, कोषाध्यक्ष रीना तामाङ रहेका छन् ।
समितिका सदस्यहरुमा जीना तामाङ, किसन तामाङ, बिराज तामाङ, पवित्र तामाङ, मालती तामाङ, दिपक तामाङ, सपनाश्री तामाङ, शान्ति तामाङ, रहेका छन् । @ तामाङ घेदुङ डट ओआरजी