हेडलाईन

तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न        

नयाँशक्ति सँगको एकताबारे:उपेन्द्र यादबले मुख खोले (भिडियो अन्तर्वार्ता )

%e0%a4%8a

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालमा जन्मेकाले मात्र उच्च पद पाउँने गरी संविधान संशोधन गर्नुपर्ने जनाएका छन् । अङ्गीकृत नागरिकलाई उच्च पद दिलाउने माग आफुहरुको हुँदै नभएको स्पष्ट गर्दै यादवले भने, ‘विदेशीलाई नागरिकता दिन गरीब देश नेपालले सक्दैन । अंङ्गीकृत भन्ने नै हटाइदिऊँ । वैवाहिक बंशीकृत भन्ने राखौँ, नेपालमा जन्मेकोलाई मात्र उच्च पद भन्ने व्यवस्था गरौँ । मान्छन् ठूला दल ?’

पत्रकार नारायण पौडेलसँग टेलिभिजन कार्यक्रम यक्ष प्रश्नमा कुरा गर्दै यादवले नेपालमा जन्मेका नागरिकलाई मात्र उच्च पद दिने व्यवस्था सबैभन्दा उपयुक्त हुने दावी गरे । यादवले भनेको जस्तै व्यवस्था भएको भए कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला लगायतका नेताहरु प्रधानमन्त्री बन्न पाउने थिएनन् । उनीहरुको जन्म भारतमा भएको थियो । अमेरिकामा उच्च पदमा पुग्न अमेरिकाको भुभागमा जन्मेको हुनुपर्छ ।

स्थानीय निकायमा गैरराजनीतिक निर्वाचन

स्थानीय निकाय विकासे संरचना भएकाले राजनीतिबाट मुक्त राख्ने गरी संविधान संशोधन गर्नुपर्ने यादवको माग छ । विज्ञ वा सामाजिक अगुवा व्यक्तिगत हैसियतमा चुनाव लड्ने र स्थानीय निकायलाई राजनीतिको प्रत्यक्ष प्रभावबाट मुक्त राख्नुपर्नेमा उनको जोड छ । ‘२०४८ सालको संविधानमा काँग्रेसले यो प्रस्ताव ल्याएको थियो । एमालेले मानेन । गाऊ विकास समिति भनेपनि विकासको गतिविधि भएन । सरकारको ढुकुटी बाँडीखाने ठाऊँ बन्यो । १७ बर्षसम्म निर्वाचनपनि हुन सकेन ।’ यादवले तर्कको पुष्टि गर्ने प्रयास गरे ।

उनले माथिल्लो सदन राष्ट्रियसभाको गठन गर्दा स्थानीय निकायको मत गर्न नहुनेमा जोड दिए । प्रादेशिक संसद र संघीय संसदको आधारमा माथिल्लो सदनको गठन गर्नुपर्ने उनको माग छ ।

अभिषेक सन्की हुन्, कारवाही हुन्छ

यादवले फोरम नेपालका सांसद अभिषेकप्रताप शाहलाई सन्कीको संज्ञा दिएका छन् । अलग मधेश राष्ट्रका लागि लडौँ भन्ने आह्वान गर्ने शाहलाई पार्टीले कारवाही गर्ने यादवले प्रष्ट गरेका छन् । ‘यस्ता सन्कीको के कुरा गर्ने ? अलग मधेश राष्ट्र हाम्रो माग र नीति होइन । मधेशलाई कसैले अलग गर्न सक्दैन । हामी उनीमाथि छानबिन र कारवाही गर्छौँ ।’ यादवले भने ।

मधेशीले भारतको दलाली कहिल्यै नगरेको यादवको दाबी छ । मधेशी, आदिवासी, जनजाति र कर्णालीका खसमाथि शासन गर्न अरुले नै भारतको दलाली गरिरहेको यादवको तर्क छ । ‘टनकपुर मधेशीले बेचेको छैन । दलाली गरेरै प्रधानमन्त्री मधेशी बनेको छैन । दक्षिणले दक्षिणको दलाली गरेको छैन, दलाली गर्नेहरुले नै राष्ट्रवादको नारा लगाइरहेका छन् ।’ यादवले एमालेलाई संकेत गर्दै कटाक्ष गरे ।

यादवले सरकारले ल्याएको संशोधन प्रस्ताव मूर्त नभएको जनाए । यथास्थितिमा यही प्रस्ताव मतदानमा गए आफुहरुले विपक्षमा मतदान गर्ने यादवको भनाइ छ । संशोधन प्रस्तावमाथि पूरक प्रस्ताव ल्याएर मूर्त बनाएमा आफुहरुले पक्षमा मतदान गर्ने यादवले स्पष्ट गरे । उनले तराईमा २ प्रदेश र बहुभाषिक नीतिमा जोड दिए ।

‘गिरिजाप्रसाद कोइरालाले हामीलाई मधेश एक प्रदेश दिएका हुन् । सबै दलले सहमति जनाएका हुन् । थारुहरुको चाहनालाई आत्मसाथ गर्दै अर्को प्रदेश बनाउन हामी तयार भयौँ । २ प्रदेशको प्रस्ताव काँग्रेस एमालेले ल्याएका हुन् । अहिले जनता भिडाउँने खेल भइरहेको छ ।’ यादवले तर्क गरे ।

अब अर्को आन्दोलन

फोरम नेपालका अध्यक्ष यादवले कार्यकर्ता सडकमा उत्रार्दैमा समस्याको हल नहुने बताए । बुटवलको जनसागरका बारेमा सोधिएको प्रश्नको जवाफमा उनले भने, ‘६ महिनासम्म आन्दोलन भएको नदेख्ने, पूर्वदेखि पश्चिमसम्मको मानवसाङ्लो नदेख्ने ? अहिलेको मात्र देख्ने । जनता भिडाउन खोज्नेहरुको षडयन्त्र हो यो ।’ उनले मंसिर अन्तिम साता देखि थारु, मधेशी, जनजाति र खसको सयुंक्त आन्दोलन हुने खुलाशा गरे ।

नयाँ शक्ति सँगको एकता बारे

उनले बाबुराम भट्टराईसँग पार्टी एकताका लागि प्रारम्भिक छलफलमात्र भएको जानकारी दिए । ‘छलफल ठोस रुपमा भइसकेको छैन, एकताको सम्भावना नकार्नपनि सकिदैँन ।’ यादवले भने । @ नेपालआज |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution