हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

मानिसको सुत्ने तरिकाले बताउँछ उसको बानी व्यवहार

girl-sheeping

काठमाडौँ । मानिसको सुत्ने तरिका अलग–अलग हुन्छ । धेरै यस्ता मानिस हुन्छन्, जसलाई निश्चित तरिकाले सुत्दामात्रै राम्रो निद्आउँछ । सुत्ने यही तरिकालाई ध्यान दिएर हेर्ने हो भने व्यक्तिको स्वभाव पनि जान्न सकिन्छ । मानिसको बानी र व्यवहारको प्रभाव स्वभावमा पनि मेल खान्छ । जस्तो स्वभाव हुन्छ, त्यस्तै व्यवहार र आदत हुन्छ ।

ज्योतिषशास्त्रमा व्यक्तिको बानी र शारिरीक लक्षणलाई हेरेर स्वभाव थाहा पाउने विद्यालई सामुद्रिक शास्त्र भनिन्छ । हामीले यहाँ मानिसको सुत्ने तरिकाअनुसार स्वभाव कस्तो हुन्छ भन्ने बारे जानकारी दिँदैछौं ।

१. दुबैहात र खुट्टा फैलाएर उत्तानो परेर सुत्ने मानिसहरु आफ्नो काम स्वतन्त्रताका साथ गर्न मन पराउँछन् । उनीहरुलाई कसैको हस्तक्षेप मान्य हुँदैन । यस्ता व्यक्तिमा सबै सुख-सुविधा प्राप्त गर्ने मोह हुन्छ । खासगरी यिनीहरुको जीवनमा कैयन उपलब्धि हासिल हुन्छ । यस्ता मानिसहरु सुन्दरतामा छिट्टै आकर्षित हुन्छन् । यिनीहरुलाई ठट्टा रमाईलो गर्न पनि खुबै मन पर्छ ।

२. घोप्टे परेर सुत्ने मानिसहरु कहिले कहीँ निकै संकुचित बन्छन् । यिनीहरु थोरै स्वार्थी पनि हुन्छन् । यिनीहरुले तबमात्रै साथीलाई सम्झिन्छन्, जब यिनीहरुलाई सहयोगको खाँचो हुन्छ । यदि यिनीहरुले यो सुत्ने तरिका बदल्न सके भने निकै शुभफल प्राप्त हुन्छ ।

३. आफूलाई ओड्नेले पूरै ढाकेर सुत्नेहरु भीड तथा भेलाहरुमा निकै शक्तिशाली र फ्रेण्ड्ली देखिन्छन् । तर, वास्तविकतामा भने यिनीहरु लज्जालु र कमजोर पनि हुनसक्छन् । यिनीहरु कैयन राज आफ्नो मनमा दवाएर राख्न सक्छन् । जीवनमा आईपर्ने समस्या र बाधाहरु आफैँ सुल्झाउने प्रयास गर्छन् । आफ्नो समस्यामा अरुलाई दुख दिन र अरुको सहयोग लिन मन पराउँदैनन् । यसहिसाबले निकै स्वाभलम्बी हुन्छन् । यिनीहरुले निद्रामा तरह-तरहको अनुहार बनाउँछन् ।

४. जो मानिस कोल्टे परेर खुट्टा हल्का घुमाएर सुत्छ, ऊ आत्म विश्वासले भरिपूर्ण हुन्छ । यिनीहरुले कुनै पनि कामलाई पूरा विश्वासका साथ गर्छन् र सफलता पनि हात पार्छन् । यिनीहरु आफ्नो उत्साह र प्रयासमा कहिल्यै कमि आउन दिँदैनन् । यसैकारण जुन काममा हात हाल्छन्, त्यसमा सफलता हात लाग्छ । यिनीहरु आफ्नो कामको बलमा नै सबै सुख-सुविधा प्राप्त गर्छन् ।

५. जो मानिस उत्तानु परेर दुई खुट्टालाई एकआपसमा क्रस गरेर सुत्छन्, यस्ता व्यक्तिहरु कुनै पनि कामलाई पागलपनको हदसम्म गर्न रुचाउँछन् । कुनै काम सुरु गर्यो भने त्यसलाई पूरा नगर्दासम्म यिनीहरु चैनले बस्न सक्दैनन् । समस्यालाई आफ्नो एकाग्रता र कडा मिहेनतले सुल्झाउने यिनीहरुको स्वभाव हुन्छ । यिनीहरु थोरै एकान्त प्रेमी पनि हुन्छन् । प्रतिकुल परिस्थितिको सामना गर्ने शक्ति पनि यिनीहरुमा मजवुद् हुन्छ ।

६. जो मानिस कोल्टे परेर खुट्टालाई पूरै खुम्च्याएर सुत्छ, ऊ स्वार्थी स्वभावको हुन सक्छ । यिनीहरु आफ्नो स्वार्थका लागि नै मित्रता गाँस्छन् । रासलिला र रामरौसमा बढी सामेल हुन्छन् । यिनीहरुलाई शुद्ध र सात्विक जीवन खासै मन पर्दैन । यिनीहरु मसलेदार खाना बढी रुचाउँछन् । यिनीहरु कहिले कहीँ साना कुरामा पनि क्रोधित हुन्छन् ।

७. जो मानिस उत्तानु परेर दुबै खुट्टालाई सिधा र दुई हातलाई सिरान हालेर सुत्छन्, यिनीहरु निकै बुद्धिमान हुन्छन् । यिनीहरु कुनै पनि नयाँ कुरा सिक्नका लागि हमेशा तयार रहन्छन् । कहिले(कहिले यिनीहरुले यस्तो कामसमेत गरिदिन्छन्, जुन अरुलाई निकै कठिन लाग्छ । यिनीहरु आफ्नो परिवारप्रति निकै नै जिम्मेवार हुन्छन् । परिवारको सुखका लागि सदैव प्रयत्न गर्छन् । सबैसँग प्रेमपूर्वक व्यवहार गर्छन्, यस्तो व्यवहारले कहिले कहीँ यिनीहरुलाई धोखा पनि मिल्न सक्छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution