हेडलाईन

तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न        

ओलीले प्रधानमन्त्रीलाई भने- अनुहार पनि हेर्न मन लागेको छैन

capture

काठमाडौँ : संसदको आजको बैठक एमाले सांसदहरुको विरोधका कारण भोलिसम्मका लागि स्थगित भएको घोषणा सभामुख ओनसरी घर्ती मगरले गरिसकेपछि सांसदहरु बाहिरिन थाले।

टेलिभिजन क्यामेरा सांसदहरु बस्ने अघिल्लो लहरतिर केन्द्रित भयो जहाँ प्रमुख प्रतिपक्षी दलका नेता केपी ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगै देखिन्थे। उनीहरुबीच केही कुराकानी भएको देखिन्थ्यो।

उनीहरुसँगै थिए एमाले सांसद रवीन्द्र अधिकारी। अधिकारीले संसद बाहिर सञ्चारकर्मीहरुलाई दुई नेताबीच के कुराकानी भयो भन्ने बारे जानकारी दिए।

उनका अनुसार प्रधानमन्त्री प्रचण्डले ओलीलाई ‘छलफल गरौँ, वार्तामा बसौँ’ भनेका थिए। जवाफमा ओलीले ‘छलफलको त के कुरा, बोल्न त के, अनुहार पनि हेर्न मन लागेको छैन’ भने। यो सं‌शोधनले मुलुकलाई गम्भीर दुर्घटनामा पुर्‍याउने ओलीले बताएको सांसद अधिकारीले जानकारी दिए।

यसअघि दिउँसो सवा १ बजेपछि संसदको बैठक सुरु हुने बित्तिकै समय लिएर एमाले उपाध्यक्ष वामदेव गौतमले सरकारले मंगलबार राति दर्ता गरेको संविधान संशोधन विधेयकको विरोधमा बोल्न समय मागेका थिए।

गौतमले सरकारले संसदमा पेश गरेको संविधान संशोधन विधेयकले नेपालको संविधानको ठाडो उल्लङ्घन गरेको आरोप लगाए। कसैलाई रिझाउनको लागि संशोधन विधेयक पेश भएको र प्रधानमन्त्रीले संविधान बुझेर पनि संविधानको उल्लङ्घन गरेको आरोप उनले लगाए।

उनले संविधान संशोधन विधेयकको विरोध गर्दै आजको संसद चल्न नदिने बताएपछि सभामुख ओनसरी घर्ती मगरले सदनको आजको कार्यसूचीमा सं‌विधान स‌ंशोधनको विधेयक नरहेको भन्दै उठिरहेका सांसदहरुलाई बस्न आग्रह गरिन्।

तर विरोध जारी रहेपछि सभामुखले भोलिसम्मका लागि बैठक स्थगित गरिन्। @ पहिलोपोस्ट |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution