हेडलाईन

प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !        

शेर्पा प्रदेश प्राप्तिको लागि शेर्पा समुदाय आन्दोलन गर्ने तयारीमा

sherpa_andolan

-लाक्पा जि शेर्पा

काठमाडौं, मंसिर १५ । वर्तमान राजनैतिक अवस्थाका विरुद्ध आन्दोलनको लागि तयारी गर्ने शेर्पा समुदायले निर्णय गरेको छ । शेर्पा प्रदेश संयुक्त संघर्ष समितिको मगलबार बसेको अकस्मीक वैठकले यस्तो निष्कर्ष निकालेको हो ।

नेपाल शेर्पा संघका अध्यक्ष समेत रहेका समितिका संयोजक आङ दोर्जी शेर्पा लामाको अध्यक्षतामा बसेको वैठकले ‘संविधान संशोधनमा शेर्पा प्रदेश र वर्तमान राजनैतिक अस्थीरता चिर्ने गरी आउन नसक्ने’ भन्दै आन्दोलनको लागि तयार रहने निर्णय गरेको जनाएको छ ।

संविधान संशोधन हुँदा जातीय कलष्टरलाई नमिलाई ल्याउन लागेको उल्लेख गर्दै शेर्पाहरुले प्रदेश अनुसार शेर्पाको जातीय वसोवासको अवस्थालाई छिन्नभिन्न बनाएकाले आन्दोलनको विकल्प नभएको निष्कर्ष निकालेको आन्दोलन परिचालन समितिका संयोजक ल्हाक्पा शेर्पाले जानकारी दिए ।

शेर्पा समुदायले पहिचान सहितको संघीयता र शेर्पा प्रदेश प्राप्तिको लागि गरेको आन्दोलनको समेत वैठकले समिक्षा गरे । वैठकमा सहभागि कतिपयले शेर्पा समुदाय आन्दोलनमा होमिदै गर्दा कतिपय अगुवाहरु ‘औपचारिकता पूरा गर्न मात्रै देखिने’ गरेको आरोप लगाए ।

नेपाल शेर्पा विद्यार्थी मञ्चका अध्यक्ष निमा दोर्जे शेर्पाले समुदायमा मुद्दा बुझाउन अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए । त्यस्तै, अधिकांशले आन्दोलन र मुद्दाका विषयमा विरूद्द गलत प्रचारबाजी गर्नेहरुको भण्डारफोर गर्नुपर्ने धारण राखे । आन्दोलनमा ओझपूर्ण भन्दापनि देखावटी सहभागिताले आन्दोलन शसक्त नहुने बताए ।

मुद्दालाई चरमचुलीमा उठाउनु पर्ने बेलामा समुदाय नै विभाजित देखिएको भन्दै अधिकांशले दुःख व्यक्त गरे । यस्तो अवस्था देखिनु नहुनेमा उनीहरुले जोड दिए ।

शेर्पा सञ्चार समूहका कोषाध्यक्ष कर्मा शेर्पाले आन्दोलन अनिवार्य भएपनि हाम्रो बुझाईले समस्या भएको बताए । संघीय शेर्पा संघका अध्यक्ष वाङछु शेर्पाले समुदायमा एकरूपता र नयाँ रणनीति जरुरी रहेको बताए ।

नेपाल शेर्पा संघका महासचिव ङावा सोनाम शेर्पाले ‘भ्रम चिर्ने प्रयास’ सहितको अभियान अघि बढाउनु पर्ने बताए । उनले संविधान संशोधनको प्रष्ट तस्वीर नआएको अवस्थामा आन्दोलनको विकल्प नभएको दाबी गरे । शेर्पा प्रदेश सम्बन्धमा सिमांकन गर्न सम्बन्धमा लविङ नभएको बताउँदै आन्दोलन परिचालन समितिका संयोजक लाक्पा शेर्पाले आन्दोलनका लागि सवै तयार रहनु पर्नेमा जोड दिए ।

वैठकमा पूर्वसभासद् आङ दावा शेर्पा, संघीय समाजवादी फोरमका केन्द्रीय सदस्यद्धय आङदेण्डी शेर्पा र आङकाजी शेर्पा किसान, नेपाल शेर्पा महिला संघका अध्यक्ष ङिमी शेर्पा, हिमालयन शेर्पा सांस्कृतीक केन्द्रका अध्यक्ष छिरिङ शेर्पा लगायतको उपस्थिति थियो ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution