प्रचण्ड भन्छ:नाई मलाई त्यही केटी चाहिन्छ –सरोज मोहन लामा तामाङ

–सरोज मोहन लामा तामाङ
एउटा गाउँमा किसानी तीन भाईको साझा खेत थियो । उनीहरु त्यही खेतमा खेतीपाती गरी गुजार चलाउदै आईरहेका थिए । एक समय यस्तो बर्ष आयोे कि असार महिनाको पहिलो हप्तामानै त्यो खेतमा धान रोप्नु पर्ने थियो । उनीहरुले त्यसैगरी रोपी पनि राखेको थियो तर त्यो बर्ष काम गर्दा गर्दै समय बितेछ । तीनै भाई मिलेर खेतमा धान रोप्नुभन्दा अगाडीको तयार जसोतसो हत्तार हत्तार पुरा गर्छन् । तयारी गर्दागर्दै धानको विउ राख्ने समय कटेको हुन्छ अर्थात समय घर्किसकेको हुन्छ । खेत रोप्न तयारी भईसक्यो धानको विउ नपाउने सम्भावना बढ्दै जान्छ । तीनभाईलाई साह्रै फसाद पर्दैजान्छ । बल्लबल्ल एक छिमेकीको व्याडमा रोपेर बाँकी रहेको स्थानीय लोकल धानको विउ उनीहरुलाई रोप्न दिन्छ त्यो छिमेकीले । अनि तीन दाजुभाईले हत्तार हत्तार त्यो धानको विउ असार महिनामै खेतमा रापिन्छ । जसोतसो खेत रोप्छन् तिनभाईले ।
तर रोपे लगतै अर्को एक छिमेकीले तीन भाई मध्ये एक भाईलाई उक्साएर हुझ्याएर भनिदिन्छ कि “कस्तो धान रापेको ? यार तिमीहरुले यसपाला ? तिमीहरुको त खेत जोतेको नै भएनछ, धानको विउ त झन् हुदै भएन, बास्नमती चामलको धानको विउ पो रोप्नुपर्छ त” भनी उकासिदिन्छ । त्यसपछि एक भाईले दुई जना दाजुभाईलाई त्यही कुरा भन्छ “त्यो धानको विउ नै भएनछ, दाजुहरु । खेतको तयारी पनि राम्रोसँग भएनछ । अब फेरि राम्रो तयारी गरी बास्नमती चामलको विउ रोपु” भनी दुई दाजुभाईसामु साउन महिनाको अन्तितिर भदौको पहिलो हप्तातिर प्रस्ताब राख्छन् । त्यसपछि दुई भाईलाई फसाद पर्छ । दुई दाजुभाईले एक भाईलाई धेरै सम्झाउछन् । उनीहरुले भाईलाई “ढिलो भो भाई यही धानको विउलाई फल्न दिऊ । अब, फेरि अर्को सिजनमा धान रोप्नेबेला, त्यो तिमीले भनेको बास्नमती चामलकै धानको विउ रोपुला । अहिलेलाई यसैलाई फल्न दिउ । बरु गोडमेल गर्ने बेला भो यो धानबालीलाई । त्यतातिर हामीले काम गरौं” भन्छ तर एक भाईले मान्दैमान्दैन ।
दुई दाजुभाईले त्यो एकभाईलाई धेरै सम्झाउने कोसिस गर्छ । उनीहरुले पटक पटक भन्छ कि “भाई बरु यो धानलाई पाक्न दिउ । त्यसपछि आलु रोप्ने बेला हुन्छ । आलु पनि रोपु । अनि गौंहु रोप्ने बेला हुन्छ, गौंहु पनि रापुला । त्यसपछि फेरि असार महिना आईपुग्छ । त्यतिबेला धान रोप्ने बेलामा चाहिं तिमीले भनेकै धानको विउ रोपुला नी हुन्न ?” भनी पटक पटक सम्झाउछ तर के मान्थ्यो भाईले । उसको एउटै जिद्दी हुन्छ कि अहिले नै त्यही बास्नमति चामलको विउ नै रोपु । फेले फल्छ नफले फल्दैन भनी उसको एकप्रकारको लिडे ढिप्पी गरेको गरै गर्छ । किनकी उसलाई त्यो भडुवा छिमेकीले उक्साएको उक्सै गरेको हुन्छ । अझ उसलाई त्यो भडुवा छिमेकीले आश्वासन समेत दिएको हुन्छ । “तिमीलाई एक वर्षसम्म पुग्ने खानाको व्यवस्था म गरिदिउला । बरु जसरीनी जतिबेला भएपनि तिमीहरुको खेतमा बास्नमति चामलकै बीउ रोप । चाहे तिम्रो खेतमा धान फलोस या नफालोस । तिमीलाई हामीले खानेकुरा दिईहाल्छ तिम्रा दाजुभाई र तिनीहरुका छोराछारीले जेसुकै खोओस । तिमीलाई के मतलब । खुरुक्क बास्नमति चामलकै बीउ रोप” भनी हुज्याएको हुज्यै उक्साईदिन्छ झुटो आश्वासन सहित ।
तैपनि दाजुभाईले एक भाईलाई मनाउने कोसिस फेरि गर्छ । पटक पटक गर्छ । कि “ भाई अब धान रोप्ने बेला मौसम यो वर्षलाई गैसकेको छ । यो धानबालीलाई भित्र्याउने बेला आईसक्यो । अब हामीले यो खेतीलाई गोडमेल गर्नुपर्ने बेला भएको छ बरु गोडमेल गरु । यसपालाई यही धान पाक्न दिउ अनि भित्र्याउ । अब फेरि तिमीले भनेका धान नै अहिले रोप्यो भने न यो धानबाली खाननै पाउदैन हामीले । न आलु रोप्न पाउछ न गौंहु नै रोप्न पाईन्छ हाम्रो खेतमा । त्यसैले भाई हाम्रो खेत बाँजो जस्तै हुन्छ । केही नहुने भन्दा नराम्रै भएपनि यही धानलाई पाक्न दिउ” भनी सम्झाउछन् । तर अन्तिममा त्यो एक भाईले त्यो बडुवा छिमेकीको लहई लहईमा लागेर बेलाना कुबेला त्यो छदाखदाको धानको बोटलाई गोडमेलनै नगरी गोडमेल गर्नुको साट्टो खेतमा भएको धानको बोट उखेलेर फालिदिन्छ । अनि कुलोबाट जबरजस्ती पानी ल्याएर खेत खनजोत गरि बास्नमती चामलको वीउ रोप्ने योजना बनाउछ । अनि उ भन्छ कि एउटा गीतमा जस्तै नाई मलाई त्यही केटी चाहिन्छ, भने जस्तो मलाई बास्नमति चामलको बीउ नै रोप्नुपर्छ भनी ।
त्यस्तैगरी हाम्रो मुलुकमा अहिले तीन दाजुभाईले धानको वीउ रोपेको जस्तो हाल नेपालमा पनि संविधान जसोतसो राम्रो या नराम्रो जारी गरेको÷भएको थियो छ । अब कार्यान्वयन गर्ने बेलामा फेरि संशोधनको नाममा फेरि संशोधनको प्रस्ताब ल्याएर त्यो भडुवा छिमेकीको कुरा सुनेर एक भाईले मलाई बास्नमति चामलको बीउ नै रोप्नुपर्छ भनी जिद्दी गरेको जस्तो, परिवारको मिलन भाँडिएको जस्तो देखिन्छ ।
के.पी.ओली एकभाईलाई दुईभाईले सम्झाको जस्तै गरी “अहिले संविधान कार्यान्वयनको एउटा विषय स्थानीय तह वा निकाय, संघिय प्रदेशहरुको तीन वटा चुनाव पलैपालो गरी एकपछि अर्को गर्दै गरौं । पछि हामी मिलेर संविधानमा अप्ठेरो पर्ने सबै प्रावधानहरुलाई संशोधन गरौंला” भन्छ । तर त्यो भडुवा छिमेकीले भाँडेको एक भाई जस्तै पुष्पकमल दाहाल छविलाल उर्फ प्रचण्ड सहित केहि राजनीतिक दलहरु चाहि एउटा गीतमा नाई मलाई त्यही केटी चाहिन्छ, भने जस्तो मलाई बास्नमति चामलको बीउ नै रोप्नुपर्छ भनेको जस्तो संविधान कार्यान्वयन होइन संशोधन नै पहिला गर्नुपर्छ भन्छ । तर देशमा हाल संविधानको संशोधनको पक्षमा भन्दा कार्यान्वयनको पक्ष थप पेचिलो र च्यालेन्जिङ भन्दै गएको स्थितिमा कार्यान्वयन हुने प्रक्रियाहरु ल्याउनु पर्नेमा संशोधनको प्रक्रिया ल्याएको छ । समस्य गम्भिर बन्दै गएको देखिन्छ । कतिसम्म भने हुँदाहुँदा पहिचान र संघियताको नै विरोध हुँदैछ । पहिचानको त गरेकै थियो अबत संघियता पनि हुन्न भन्नलागिसके ।
त्यसैले धान त असार महिनामा रोप्नुपर्दछ हाम्रो नेपालको मौसम अनुसार । मंसिर महिनामा धान रोप्न खेत खानजोत ग¥यो भने के त्यो खेतमा धान फल्ला त ? हो हामीले धान मध्येको नेपालमा राम्रो र उत्कृष्ट मान्ने बास्नमती चामलको बीउ हाम्रो खेतमा रोपेको छैन तर रोपेको छैन भन्दैमा मंसिर महिना आईपुग्दासम्म पनि खेत रोप्ने तयारी मात्रै गरिराख्ने ? मौसम अनुसारको बाली त्यो खेतमा नरोप्ने ? स्थानीय तह वा स्थानीय स्तरको चुनाव नगर्ने ? संघिय प्रदेशको चुनाव नगर्ने ? के हामीसँग संविधानमा तोकिएको समय अबधी धेरै बाँकी छ त अब ? के संविधान संशोधन कहिल्यै गर्न नपाउने असंशोधनीय संविधान हो र हाम्रो संविधान ? अनि अहिलेनै संविधान संशोधन गर्नैपर्ने पछि गर्दानी हुन्थेन ?
घ्याङसुकाठोकर–५, दोलखा
हाल ःकाठमाण्डौ, बौद्घ