हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

संशोधन प्रस्ताव दर्तापछि प्रचण्डका दुई चुनौतीः एकातिर आन्दोलन, अर्कातिर दुई तिहाइ !

butawal-banda-3

१५ मंसिर, काठमाडौं । सरकारले ४ नम्बर र ५ नम्बर प्रदेशलाई चलाउने गरी मंगलबार संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गराएपछि मध्यमपश्चिममा क्षेत्रीय आन्दोलनको संकेत देखिएको छ । पहाड र मधेस टुक्र्याउन नपाइने भन्दै आन्दोलन उठे पनि यसले मध्यपश्चिम क्षेत्रबाहेक अन्य प्रदेशलाई छोएको देखिँदैन, जसले गर्दा यसको स्वरुप एउटा क्षेत्रीय आन्दोलनको जस्तै देखिएको छ ।

बुटवल, प्युठान र अर्घाखाँची लगायतमा जिल्लाहरुमा स्वतस्फूर्त प्रदर्शन र बन्दको घोषणा गरिएपछि अब यो कुरा प्रष्ट भएको छ कि प्रचण्ड सरकारले आगामी दिनमा सदन र सडक दुबैको सामना गर्नुपर्नेछ ।

प्रधानमन्त्री प्रचण्डलाई एकातर्फ संविधान संशोधनमा दुई तिहाइ पुर्‍याउनुपर्ने चुनौती छ भने अर्कोतिर सडकमा उठेको जनताको आवाजलाई पनि सामना गर्नुपर्ने दोस्रो चुनौती छ ।

यो आन्दोलन कहाँसम्म जाला ?

विगतमा सुर्खेत लगायतका जनताले गरेको आन्दोलनबाट सरकार तुरुन्त झुकेर उनीहरुलाई छैठौं प्रदेश दिएको थियो । तर, मधेसका जनताले तीन महिनासम्म आन्दोलन गर्दा पनि तत्कालीन सुशील कोइराला सरकार र ओली सरकार झुकेन । अब अहिले लुम्बिनीलाई केन्द्र बनाएर उठ्न लागेको आन्दोलनले सरकारलाई संशोधन प्रस्तावबाट पछाडि फर्काउँछ कि फर्काउँदैन ? यो अहिल्यै भनिहाल्न सकिन्न ।

लुम्बिनीको सम्भावित आन्दोलनको चर्चा गर्दा हामीले लिम्बुवानमा विगतमा उठेको आन्दोलन र बन्द हडतालाई पनि सम्झना सक्छौं । लिम्वुवानका लागि जति नै आन्दोलन चर्किए पनि सरकारले त्यसलाई सम्वोधन गरेन र आन्दोलन विस्तारै मथ्थर भयो । किनभने लिम्वुवान आन्दोलन मधेस आन्दोलनभन्दा सानो पैमानाको क्षेत्रीय आन्दोलन थियो ।

केपी ओलीको सरकारका पालामा उपेन्द्र यादवको नेतृत्वमा बनेको संघीय गठबन्धनमा कुमार लिङदेन नेतृत्वको संघीय लिम्बुवानसमेत सहभागी भयो । तैपनि जनजाति र मधेसीले मिलेर गरेको आन्दोलनलाई पनि ओली सरकारले सहजै थेग्यो ।

अब अहिले संविधान संशोधनको प्रस्ताव दर्ता हुनासाथ अर्को क्षेत्रीय आन्दोलनको रिहर्सल हुन थालेको छ । भलै यो आन्दोलनमा मधेसी समुदाय र जनजातिहरु भन्दा पनि खस आर्यहरुको सहभागिता हुँदैछ । अब यो क्षेत्रीय आन्दोलनको गन्तव्य कहाँसम्म पुगेर टुंगिएला ? यो प्रश्न निकै रोचक तर दुःखद हुन सक्छ ।

दोस्रो चुनौती दुई तिहाइ

संविधान संशोधन प्रस्ताव दर्ता गरेको सरकारका सामु देखउिको अर्को महत्वपूर्ण चुनौती भनेको संसदमा दुई तिहाइ कसरी जुटाउने भन्ने हो । एमालेले असहयोग गर्दासम्म यो प्रस्तावमा दुई तिहाइ पुग्ला कि नपुग्ला ? यो प्रश्नमा यतिबेला सबैले चासो दिइरहेका छन् ।

व्यवस्थापिका संसदमा रहेका कुल ५९३ सांसद मध्येबाट दुई तिहाई अर्थात ३९२ मत प्राप्त गरेको अवस्थामा संशोधन प्रस्ताव पारित हुन्छ । अहिलेसम्मको गणित अनुसार प्रस्तावको विपक्षमा एमालेको १८३ र अन्य साना दलहरुको १२ (राजमो, नेमकिपा आदिको) मत जोड्दा १९५ मत पुग्छ ।

प्रस्तावको पक्षमा ३९८ मत देखिन्छ । तर, यो स्थिति भनेको दुई तिहाइभन्दा ६ मतमात्रै बढी हो । त्यसैले एमालेले नसघाएको अवस्थामा संविधान संशोधनमा दुई तिहाइ मत जुटाउनु निकै जोखिमपूर्ण छ ।

हालसम्मको स्थितिमा कांग्रेसको २०७, माओवादीको ८०, मधेसी दलको ४३, राप्रपाको ३७, गच्छदारको १४ र अन्य दलहरुको १७ मत जोड्दा दुई तिहाइभन्दा ८ मत बढी हुन्छ । तर, बुधबार मात्रै संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले संशोधन प्रस्तावलाई समर्थन गर्न नसकिने भन्दै वक्तव्य जारी गरेका छन् । यो स्थिति आयो भने संविधान संशोधनको पक्षमा दुई तिहाई बहुमत नपुग्न सक्छ ।

तर, नेकपा एमालेले आफ्नो निर्णयमा पुनिर्विचार गर्‍यो र निर्वाचनको वातावरण बनाउने मूल्यमा यसलाई अघि बढाउने निर्णय गर्‍यो भने चाँहि यो प्रस्ताव पारित हुन सक्छ र मुलुकको चुनावको बाटोमा अघि बढ्न सक्ने अवस्था आउन सक्छ ।

संविधान संशोधन प्रस्ताव असफल भएको अवस्थामा सरकारको समीकरणमा समेत फेरबदल आउन सक्ने कतिपयले अनुमान लगाउन थालेका छन् ।

अर्कोतर्फ सर्वोच्च अदालतले हस्तक्षेप गरिदियो भने अदालतको ‘सुप्रिम्यासी’ स्थापित हुने छ र त्यसले नेपाली राजनीतिलाई अझै जटिल बनाइदिन सक्छ ।

विगतमा संविधानसभाको म्याद थपिन लाग्दा खिलराज रेग्मीले त्यसलाई खारेज गरिदिएर मुलुकलाई दोस्रो संविधानसभाको चुनावतर्फ धकेलिदिएका थिए । अहिले पनि संविधान कार्यान्वयन हुन नदिएर अर्को खिलराज जन्माउने खेल भइरहेको चर्चा पनि नेताहरुले गर्दै आएका छन् । @ अनलाइनखबर |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution