हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

एमालेले भोलिदेखि संसद् बैठक अवरुद्ध गर्ने

g]skf Pdfn]sf] s]Gb|Lo a}7s g]skf Pdfn]sf cWoIf s]kL zdf{ cf]nL a'waf/b]lv ;'? ePsf] kf6L{sf] s]Gb|Lo sld6Lsf] a}7sdf ;Daf]wg ub{} . ;fydf zLif{ g]tfx? . tl:a/ M k|sfz l;njfn, /f;;

काठमाडौं, १५ मंसिर — प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संविधान संशोधन विधेयकको विरोधमा बिहीवारदेखि संसदको बैठक अवरुद्ध गर्ने भएको छ । संविधान संशोधन विधेयक दर्तापछिको अवस्थाको समीक्षा गर्न बुधवार बसेको एमाले संसदीय दलको बैठकले संशोधन विधेयकको विरुद्धमा सदन अवरुद्ध गर्ने निर्णय गरेको सांसद चुडामणि जंगली विश्वकर्माले जानकारी दिए ।

संसद् भवन परिसर नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकले सरकारले मंगलवार संसदमा दर्ता गरेको संविधान संशोधन विधेयकको पक्षमा सडक र सदन आन्दोलन सशक्त बनाउने बताएको छ । संशोधनविरुद्ध सडकमा उत्रिएको जनताको आन्दोलनको नेतृत्व गर्ने एमाले नेताहरूले बताए ।

संविधान संशोधनपछिको परिस्थितिको समीक्षा र पार्टीको भावी रणनीति तय गर्न बुधवार बसेको संसदीय दलको बैठकमा पार्टीका शीर्ष नेताहरूले सरकारले विदेशी शक्तिको इसारामा संविधान संशोधन विधेयक दर्ता गरेको आरोप लगाएका हुन् । जनभावना विपरीत आएको संशोधन असफल बनाउन एमालेले सडक र सदनमा आन्दोलन गर्ने बताएका सांसद विश्वकर्माले जानकारी दिए ।

बैठकको शुरूमै बोलेका एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले संशोधन नेपाली जनताको हितको पक्षमा नभएको बताएका थिए । उनले संशोधनविरुद्ध एमालेले सदनमा सशक्त भूमिका खेल्ने बताए ।

उपाध्यक्ष वामदेव गौतमले राष्ट्रियतालाई कमजोर पार्ने, विभाजन गर्ने र दलहरूको बीचको एकता कमजोर बनाउन संशोधन विधेयक आएको दाबी गरे । ‘दलहरूबीचको ध्रुवीकरण फराकिलो बनाउन, विकास र समृद्धि अवरुद्ध गर्न देशी विदेशी शक्तिको मनसायबाट यो संशोधन आएको छ,’ संसदीय दलको बठकमा नेता गौतमले भने, ‘देशविरुद्धको षड्यन्त्रविरुद्ध एमालेले सदन र सडकबाट सशक्त विरोध गर्छ । जनताको आन्दोलनको नेतृत्व एमालेले गर्नेछ ।’

गौतमले प्रचण्ड नेतृत्वको सरकार गठनमा भूमिका खेलेको शक्तिलाई खुशी बनाउन संविधान संशोधन प्रस्ताव ल्याइएको समेत दाबी गरे । अस्वस्थताका कारण संसदीय दलको बैठकमा अध्यक्ष केपी ओली भने उपस्थित हुन सकेनन् । @ लोकान्तर |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution