घाँसे जीवनको अर्को आयाम: रंगिन रंगमञ्चमा रञ्जिता

भावुकताले भरिएको मनको चौतारिमा धेरै विषयले कोठा होइन घर बसाएको हुन्छ । यो घरभित्रको दुखाई, भोगाई रुवाई बदलिएको दृष्टिकोणले एउटा आकार लिन्छ । ती भावनाहरुलाई सगाल्ने हो भने एउटा सिनेमाको पटकथा नै बन्छ । यस्तै भावनाले भिजेको संयौ शब्दहरु फेसबुकको म्यासेज बक्समा थुप्रिरहेको थियो । त्यो म्यासेज कुनै काल्पनिक कथा थिएन । महत्वहिन गन्थन थिएन । नेपाली समाजको उदाहरणनिय पात्रको तिव्र भावनाको वेग थियो । जहाँ सत्य र अमुर्त सपनाको घर थियो । यही सपनाको वायुपंखिका यात्रु हुन्– रञ्जिता तामाङ ।
सन्दर्भको मेसो अनि पात्रले गर्नु पर्ने अभिनय, यसपछिका दृश्य कति शालिन, कति भन्द्र अनि कति भावुक । यही दृश्यभन्दा टाढा नरहेर सामाजिक सञ्जालमा भेटिएकी रञ्जितासँग घाँस काढ्दै गरेको बालापन, लुकेर विद्यालय दौडिएको प्रसंग अनि कुवेत भूमिमा पाएको दुःख र कला क्षेत्रमा संगालेका विषयलाई ‘संवाद प्रोफायल’मा शब्दले अघि सारेका छौं :
दुःखले भरिएको धेरै कथाहरु छन् । दुःखसँगै खुसिले पछ्याएको कथाहरु पनि धेरैले पढेका छन् । यस्तै भयो रञ्जिताको जीवन यात्रामा । उनले भने ‘ मलाई इन्टरनेट फेसबुक भन्ने शब्द नै थाहा थिएन । कुवेतमा आएपछि थाहा भयो । साथिहरु सबै मोबाइलमा झुडिएको देख्थे । त्यो फेसबुक चलाएका रहेछन् । साथिहरुले मलाई पनि चलाउन सिकाउथ्यो तर नआएपछि मात्र मुगदर्शक थिए ।’ उनको यो संवादले गाम्भिर्यता प्रकट गर्दै थियो । फेसबुकमा फोटोहरु देख्दा अच्चम लाग्थ्यो । आफ्नो फोटाहरु पोष्ट गर्न उत्सुक थिए । त्यस्तै म्यासेज आउँदा कसरी फर्काउने थाहा थिएन । किनकी मैले पढेकै थिएन । यो पनि साथिले नै सिकाएको थियो ।’ संसार रहेछ नेटमा ।’
उनि त एक प्रतिनिध पात्र मात्रै हुन् । उनीजस्तै हजार पात्रहरु अहिले प्रवासमा छन् । उनले यसरी सत्यको पर्दा उघारि रहँदा धेरैलाई हाँसोको विषयले पछ्याउन सक्छ । तर उनी एक कर्मठ चेली हुन, जस्ले ठोस सपना देखेको छ । यही सपनाको अभियानमा अहोरात्र खटेकीछिन्– रञ्जिता ।
उनी शालिन छिन र उत्तिकै नम्र पनि, तर जिज्ञाशु स्वभावकी । उनी विगत फर्कदै म्यासेज लेख्छिन् ‘धेरै पढ्ने रहर थियो, दुर्भाग्य पढ्न नपाउँदा धेरै दुःख लाग्छ । विद्यालय जाँदा आमालाई सघाउने कोही थिएन । गाई गोठ, पानी पधँेरो अनि घाँस, दाउँरा मेरो बाल्यकाल यस्तो थियो ।’ उनले सम्बोधनका क्रममा सर, लेख्न छुटाउँदिन थिइन् । उनी विगत सुनाउँदै परिवारप्रति असन्तुष्टिको पोका खुलाउँछिन् । उनी यसो पनि भन्छिन ‘आफू पढ्न नपाएकोमा भगवानलाई दोष दिन्छु ।’
उनी घरायसी काममा छिटो छरितो गर्ने थिइन । यही कामको कारण आमा निकै खुसि थिइन । आमाले भनेको सम्झिन्छिन् ‘घाँस, दाउरा भारी, मेला पातमा सधै यसरी नै अगाडि हुनु भोली विहे गरेर गएपछि सासु ससुराले माया गरुन ।’ आमाको यो भनाईबाट उनी निकै पीडित भएको रञ्जिताले लेखेकी थिइन ।
सम्बोधनमा सर,
लेख्दै झन्डै डेढ दशक अघिको स्मृतिहरु लेख्ने प्रयासमा थिइन । कतै मिलेको, कतै मिल्न खोजेझै शब्दहरुले उनी आफूलाई हलुका महशुस गरेझै गर्थिन ।
सिन्धुपाल्चोक माहाकाल गाविस २ मा २०५४ मा फुल्सानी तामाङ र सुभइ सिंको छोरी हुन्– रञ्जिता ।
गाउँको डाँडा पहाड जंगल, वेसीमा उकाली ओराली गर्ने रञ्जितालाई अरुले जस्तै काठमाडौं घुम्ने रहर थियो । त्यही रहर आमालाई नसुनाएको होइन । उनले पटक पटक सुनाइन तर उनको रहर रहरमै सिमित थियो ।
उनलाई धरहरा चढ्ने रहर थियो । बौद्ध र स्वयम्भुमा कोर्रा गर्ने मन त अथाहा थियो । अनि साँझमा चम्किएको याम्बु । यो उनको सपनाको शहर थियो । उनी काठमाडौ पुगेर जागीर खाने सोच थियो तर पढेको छैन कसरी पाउँछ जागीर सोझो ढंगले सोच्थीइन । तर उनलाई त्यो सपनाको शहर घुम्ने कुरा गाउँलेले शब्दमा मात्रै सुनाएका थिए । उनी दुर दराजमा थियो । उनी शहरै आएपनि कस्ले घुमाउँछ विशाल बजार ।
गाउँमा महिलाहरु पनि विदेश जाने हल्ला चल्यो । पल्लो गाउँका दिदीहरु पनि विदेश गएको हल्ला सुन्यो । तर, त्यो काठमाडौ शहर अनि विदेश । विल्कुलै फरक विषय हुन् । उनले फेरी म्यासेज गरी ‘ ममा आँट चै थियो सर, म जे पनि गर्न सक्छु । ममा यस्तो किसिमको आत्मा विश्वास थियो कि म शरिरले गर्न सक्ने काम गर्छु । ’ उनको म्यासेज पढ्दै गए । ‘मन मनै विदेश मोहको हावाहुन्डरी चल्यो । प्लेन चढ्न, विदेश जाने र पैसा कमाउने अनि गाउँमा खुटा तान्नेको अघि केही गरेर देखाउने ।’ पहिला त सर मेरो आफ्नै परिवारको लागि देखाउँनु छ । ’
संयोग गाउँकै एक जनाले मलाई अहिले कुवेतसम्मको यात्रा तय गरि दिएको हो । उहाँकै कारणले अहिले सफल हुने क्रममा छु रञ्जिताको भनाई थियो ।
उनी अहिले फेसबुक चलाउँन सिपालु भएकी छिन् लेख्न सक्छिन बोल्न सक्छिन र सम्बोधन पनि उत्तिकै भाँति पु¥याएर गर्छिन । यो उनको लागि ठूलै सफलता हो । किनकी उनी गाउँमा नै बसेकी भए उनी एक सामान्य महिला हुन्थिन र यो संसार उनको लागि भलै देखिन्थ्यो वा …..।
उनी कलाको पारखि थिइन । कलालाई सम्मान गर्थिन र आफू पनि कला क्षेत्रमा भिज्न चाहान्थिन् । उनले नेट चलाउने क्रममा तामाङ फिल्महरु खोज्ने र हेर्ने गरेका रहेछन् । रञ्जिता बोल्दै गर्दा उनले भने ‘ मेरो आदारणीय दाई अर्थात नायक अमिर दोङसँग पहिलो पटक फेसबुकमा कुराकानी हुदा खुसिले सिमा नाघेको थियो । मैले सोच हामी जस्तो सामान्य मान्छेसँग पनि बोल्नु हुदो रहेछ । म निकै प्रफुल्ल भए ।’
नेपाल पुगेपछि उहाँसँग भेट भयो र कला क्षेत्रमा पनि सहकार्य गरियो । उहाँकै कारणले गर्दा तामाङ जातीको चलचित्र क्षेत्रमा योग्दान गर्ने अवसर पाएको रञ्जिताले सुनाइन । यही भेटका कारण उनले अमिर ज्यो ज्यो २ को निर्मातामध्ये उनी पनि एक हुन् ।
उनी कला क्षेत्रमा आउन चाहान्छिन् । उनी नायिका तथा मोडलको रुपमा चिनिन चाहान्छिन् । यो उनको सपना हो । यही सपना नजिक नजिक दौडिरहेकी छिन् रञ्जिता । उनी लेख्छिन् ‘हो म प्रवासमा छु तर अबको विश्व भनेको एउटै कम्प्युटरमा अडिएको छ ।’
उनले अहिले देन्बा माया चलचित्रमा पनि निर्माण पक्षमा सहयोग गरेको बताईन । ङाला माया म्युजिक भिडियोमा अभिनय गरेकी छिन् ।
एक सामान्य परिवारमा जन्मिएकी रञ्जिताको अठोट साँच्चिकै यथार्थ परक छ । रन्जिता अन्तरयात्रा कथाले जीवनप्रतिको साधना र प्रयासलाई सार्थकता दिएको छ ।
प्रस्तुतीःअर्जुन पाख्रिन