युरोपमा नयाँ शक्तिको संगठन बिस्तार तिब्र,नर्वेमा नयाँ शक्ति गठन

नयाँ शक्ति पार्टी नेपालका प्रवास प्रादेशिक परिषदका संयोजक नवराज सुबेदी र सहसंयोजक शंकर भण्डारीको उपस्थीति र सकृयतामा युरोपका विभिन्न देशमा नयाँ शक्ति पार्टीका प्रवास समितिहरु विस्तार र कार्यक्रमहरु तिब्र रुपमा अघि बढाईरहेका छन् |
यसै क्रममा मंगलबार ओस्लोमा आयोजित एक भेलाले जित यात्री गुरुङको संयोजकमा नयाँ शक्ति पार्टीको प्रवास संगठन अन्तर्राष्ट्रिय नेपाली समाज नर्वेको गठन भएको छ ।
समाजको सह-संयोजकमा हरि पाठक रहेका छन् भने प्रवक्ताको जिम्मेवारी बिनोद कार्कीले पाएका छन् । समाजको सदस्यहरुमा विद्या लम्साल, हितमान बुढाथोकी मगर, पूर्ण बिके, रामचन्द्र खनाल, डिबी थापा, प्रदीप रिजाल, हरिकृष्ण देवकोटा लगायत रहेको ओस्लोबाट नयाँ शक्तिका प्रवास प्रादेशिक परिषद सहसंयोजक शंकर भण्डारीले जानकारी दिए ।
भेलामा प्रवासी नेपालीहरुले नेपालको विकास र समृद्धिमा खेल्न सक्ने भूमिका, नयाँ शक्तिको राष्ट्रिय अन्तर्राष्ट्रिय गतिविधि लगायतका बारेमा छलफल भएको भण्डारीले जानकारी दिए । भेलाको उद्घाटन गर्दै नयाँ शक्ति प्रवास प्रादेशिक परिषदका संयोजक नवराज सुवेदीले भारत र चीनको विकासमा त्यहाँका गैरआवासीय नागरिकले पुर्याएको भूमिकाको चर्चा गर्नुहुँदै समृद्ध नेपालको निर्माण गर्न प्रवासी नेपालीले उल्लेख्य भूमिका निर्वाह गर्न सक्ने बताए ।
नोभेम्बर १६ मा पोर्चुगल, नोभेम्बर १८ मा इटली, नोभेम्बर १९ मा स्वीट्जरल्याण्ड, नोभेम्बर २२ मा बेल्जियम, नोभेम्बर २४ मा नेदरल्याण्ड र नोभेम्बर २६ मा डेनमार्कमा कार्यक्रमहरु सम्पन्न भइसकेका छन् । यी सबै कार्यक्रमहरुमा सुवेदी र भण्डारीको सकृय सहभागिता रहेको थियो ।
सुवेदी र भण्डारीको सहभागितामा अब डिसेम्बर ३ मा फिनल्याण्डमा कार्यक्रममा हुनेछ ।