मिस तामाङ – २०१७ को लागि आवेदन खुल्यो , माघमा ग्रान्ड फाइनल

मंसिर १४, याम्बु : मिस तामाङको दशौ संस्करणको लागि आवेदन खुल्ला गरिएको छ । एभेरेष्ट फेशन होमको आयोजनामा हुन लागेको उक्त सौन्दर्य प्रतियोगितामा १६ देखि २५ वर्ष उमेरका एसएलसी उत्तीर्ण तथा कम्तीमा पाँच फिट उचाइ भएकी तामाङ युवतीले आवेदन दिन सक्ने छन् |
आयोजक संस्थाका रन्जिता ब्लोन लामा तामाङका अनुसार पौष २ गते अडिशन सकेर पौष २४ गते देखि छनोट भएका युवतीहरुलाई तालिम दिईने छ | नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा माघ २४ गते ग्रान्ड फाइनल हुनेछ |