हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

ओलाङ्चुङगोलामा शेर्पा जातीको फुटुक पर्व

phutuk-photo-olanchung

मंसिर १३, ताप्लेजुङ: ताप्लेजुङको ओलाङ्चुङगोलामा हिमाली क्षेत्रमा बस्ने शेर्पा जातीहरुले फुटुक पर्व धुमधामका साथ मनाइरहेका छन् ।

हरेक वर्षको मंसिर महिनामा बाला चतुर्दशीको अघिल्लो दिन सुरु भएर औंसी तिथीमा समापन हुने फुटुक पर्व ओलाङ्चुङगोलाको डिकिछ्योलिङ गुम्बामा धुमधामका साथ मनाउने गरिन्छ । फुटुक पर्वमा रमाउन तिव्वतियनहरु समेत ठुलो संख्यामा ओलाङचुङगोलामा आउने गर्छन् । फुटुकलाई तिव्वतियन र नेपाली युवायुवतीका लागि माया साटासाट गर्ने पर्वको रुपमा पनि लिने गरिन्छ । यहि पर्वमा भेला भएर माया साटासाट गरि तिव्वतियन र नेपाली युवायुवतीहरुले विवाह समेत गर्ने परम्परागत चलन रहेको ओलाङ्चुङगोलाका टासी शेर्पा वताउछन् ।

फुटुक पर्वको अवसरमा अहिले ओलाङ्चुङगोलामा रहेको ऐतिहासिक डिकिछ्योलिङ गुम्वालाई वेहुली झै सिंगारिएको छ । यहि गुम्वामा भेला भएर लामाहरुले वाजागाजाका साथ मन्त्र पढ्ने र घिउ र चामलद्धारा निर्मित विभिन्न देवी देवताका मुर्ती वनाएर पुजा गर्ने गर्छन् । भएभरका प्रसाद, फलफुल र रोटी वनाएर देवी देवतालाई चढाई तीन दिन सम्म यो पर्व मनाइने गरेको पनि टासीले वताए ।

ओलाङ्चुङगोलामा मनाइने फुटुक पर्वको मख्य आकर्षण भनेको लामाहरुको झाँकी हो । यस पर्वमा भुतप्रेत भगाउन चराचुरुङ्गी र जीवजन्तुका आकृतीहरु वनाएर लामाहरुले मखुन्डो लगाई डरलाग्दा झाँकीहरु प्रस्तुत गर्ने गछन् । भुत प्रेत भगाउने मन्त्र मुख्य लामाले पढेपछि अन्य लामाहरुवाट मन्त्रले भनेअनुसारको खुँडा,खुकुरी र भाला लिएर भुतप्रेतलाई मारेको,काटेको र लखेटेको अभिनय गर्दै रोमाञ्चक नृत्य प्रस्तुत गर्ने गरिन्छ । त्यसो गर्नाले वर्षभरी भुतप्रेत भाग्ने,र सुख शान्ती र प्रगती हुने शेर्पा जातीहरुको विश्वास छ । हिमाली शेर्पा जातीहरुले हिन्दुहरुले दशैं जस्तै ठुलो चाडका रुपमा मनाइने फुटुक पर्वमा नयाँ लुगा लगाउने र मिठो मसिनो खाने चलन रहेको छ ।

फुटुकमा स्थानिय शेर्पा जातीहरुले पितृहरु र दिवंगत आफन्तहरुको सम्झना गर्दै मृतकको आत्माले शान्ती पाओस् भनेर दान दक्षिणा समेत गर्ने गर्छन् । दान,दक्षिणाको रुपमा लुगाफाटा,सुनचाँदी र रुपैंयापैसा चढाउने चलन रहेको ओलाङचुङगोलाका छेतेनटासी शेर्पाले वताए । उनका अनुसार हाल ओलाङ्चुङगोला देखी वाहिर रहेकाहरुले पनि मृतक आफन्तको सम्झनामा दान दक्षिणाको रुपमा सुनचाँदी र रुपैंयापैसा पठाउने चलन छ । जम्मा भएका सवै सामग्रीहरु नगद र जिन्सी छुट्याएर स्थानिय डिकिछ्योलिङ गुम्वामा चढाउने गरिएको उनको भनाई छ ।

वर्षमा एक पटक मनाइने फुटुकमा रमाउन ताप्लेजुङ्को लेलेप,तापेथोक,लुङथुङ,घुन्सा,फले सहित काठमाडौं र दार्जेजिङवाट समेत मानिसहरुको ओलाङ्चुङगोलामा वर्षेनी घुइचो लाग्ने गर्छ । ताप्लेजुङवाट तीन दिनको पैदलयात्रा तय गर्दा मात्र पुगिने ओलाङचुङगोला नेपालकै विकट र दुर्गम गाविस मानिन्छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution