नेपाल तामाङ घेदुङ इजरायल द्वारा मिर्गौला रोगीलाई आर्थिक सहयोग प्रदान

नेपाल तामाङ घेदुङ इजरायल द्वारा काभ्रे जिल्ला नाग्रे गर्गर्चे वडा नं. – ५ निवासी मिर्गौला पिडित ४५ बर्षीय अक्कल सिंह स्याङबो तामाङलाई मिर्गौला ट्रान्सप्लान्टको लागि नेपाली रुपियाँ ३६,००० (अक्षेरुपी- छातिस् हजार) आर्थिक सहयोग प्रदान गरेको छ |
नेपाल तामाङ घेदुङको केन्द्रिय कार्यलय पुतलीसडकमा मिर्गौला पिडित बिरामीको श्रीमती फुलमाया तामाङलाई केहि समयको लागि छुट्टिमा नेपाल जानु भएका नेपाल तामाङ घेदुङ इजरायलकी तृतीय उपाध्यक्ष श्रीमती छिरिङ डोल्मा रुम्बा तामाङले आर्थिक सहयोग हस्तान्तरण गरेका हुन् |
सहयोग हस्तान्तरण कार्यक्रममा केन्द्रिय घेदुङका वरिष्ठ उपाध्यक्ष बेली तामाङ,उपाध्यक्ष कुमार घिसिङ तामाङ, महासचिब बाबु घिसिङ तामाङ लगायतका उपस्थित रहेको छिरिङ रुम्बा तामाङले तामाङअनलाइनलाई जानकारी दिनु भएको छ |