हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

भाषा आयोग अझै अपूर्ण,सदस्यहरूको नियुक्ति हुन सकेन

%e0%a4%ad%e0%a4%be%e0%a4%b7%e0%a4%be

मंसिर १३, २०७३- संविधानअनुसार केन्द्र र प्रदेशहरूको सरकारी कामकाजको भाषा निर्धारण, भाषा र लिपिको संरक्षणलगायत काम गर्ने भाषा आयोगमा तीन महिना बितिसक्दा पनि सदस्यहरूको नियुक्ति हुन सकेको छैन ।

सरकारले डा. लवदेव अवस्थीलाई गत भदौ २३ गते आयोगको अध्यक्ष नियुक्त गरेको थियो । सात प्रदेशको प्रतिनिधित्व हुने गरी सदस्य नियुक्ति नहुँदा आयोगले कार्ययोजना बनाउन पाएको छैन ।

स्वतन्त्र निकायका रूपमा रहने भनिएको आयोगको अहिलेसम्म कार्यालयको टुंगो लागेको छैन । अर्थ मन्त्रालयले आयोगलाई अहिलेसम्म बजेटसमेत उपलब्ध गराएको छैन । जसका कारण आयोगमा कुनै पनि आर्थिक कारोबार हुन सकेको छैन । आयोगको छाप बने पनि कार्यालयको टुंगो नभएकाले लेटरप्याडमा पत्राचार हुन सकेको छैन ।

त्यस्तै, साइनबोर्ड, ल्यान्डलाइन टेलिफोन, कम्प्युटर, टेबल, कुर्सीजस्ता भौतिक तथा विद्युतीय सामग्रीसमेत व्यवस्था भएको छैन । अध्यक्ष अवस्थीले व्यक्तिगत रूपमा विज्ञ, भाषासँग सरोकार राख्ने व्यक्तिहरूसित सम्पर्क तथा परामर्श लिने काम सुरु गरेका छन् । उनले सदस्य नियुक्ति नहुँदै गत साता बुद्धनगरस्थित एक पार्टी प्यालेसमा अन्तक्र्रिया आयोजना गरेका थिए ।

‘आयोगको कार्यालयका निम्ति घरभाडामा लिन सूचनाका आधारमा प्रक्रिया अघि बढाइसकेका छौं तर टुंगो लागिसकेको छैन,’ अध्यक्ष अवस्थीले भने, ‘सरकारले चाँडै सदस्यको नियुक्ति गरेमा कार्यालय व्यवस्थापनसँगै कार्ययोजना बनाएर अघि बढ्ने आशामा छु ।’

आयोगमा संस्कृति, शिक्षालगायत मन्त्रालयबाट केही कर्मचारीलाई काजमा ल्याइएको छ । तर कार्यालयको टुंगो नभएकाले त्यसबारे अध्यक्षले बताउन चाहेनन् । आयोगले संवैधानिक व्यवस्थाअनुसार केन्द्र र प्रदेशको सरकारी कामकाजको भाषा निर्धारण, भाषा र लिपिको संरक्षणलगायत काम गर्नेछ । @ इकान्तिपुर |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution