हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

फेसबुकमा बिर्सेर पनि सेयर गर्न नहुने यी फोटोहरू, जसले अप्ठ्यारोमा पार्नसक्छ

facebook-1

काठमाडौं, १२ मंसिर– कतै फोटो खिच्दा फेसबुकमा हालेर ट्याग गर्नुस् भन्ने त सबैको बानी नै भइसक्यो । आफ्नो कुरा अन्य व्यक्तिसम्म पु–याउन हामी सामाजिक सञ्जालमा फोटोहरु अपलोड गर्छौं ।

फेसबुकमा राखिएको फोटोका कारण कयौं नराम्रा घटनाहरु घटेका छन् । जुन कुराको हामीले हेक्कासम्म पनि राख्न सकेका छैनौं । ख्याल ख्यालमा राखिएको तस्वीरले आफै अप्ठ्यारोमा पर्ने समेतको खतरा हुनसक्छ । फेसबुकमा राखिएको तस्वीरहरु कसकसले हे–यो भन्ने समेत हामीले थाहा पाउँदैनौ ।

यसरी कुनै खराब व्यक्तिले तपाइँको बारेमा फेसबुकको तस्वीरलाई गलत ठाउँमा प्रयोग गरेर तपाइँलाई अप्ठ्यारो पार्ने काम समेत गर्न सक्छन् । त्यसैले यसकुरामा हामी बढी नै चनाखो हुनपर्दछ ।
त्यसैले बिर्सेर पनि यी तस्वीरहरु फेसबुक या अन्य सामाजिक सञ्जालमा पोष्ट गर्नु हुँदैन जसले तपाइँलाई अप्ठ्यारोमा पार्न सक्छ ।

फेसबुक या सामाजिक सञ्जालमा बिर्सेर पनि आफ्नो पे चेक,क्रेडिट कार्ड, अनलाइन खरिद बिल र बैंक एकाउन्टका तस्वीर पोष्ट गर्नुहुँदैन । यदि तपाइँले यसो गर्नुभयो भने निकै ठूलो गल्ती हुनसक्छ । तपाइँले पोष्ट गरेको तस्वीरका आधारमा कम्प्युटर ह्याकरले तपाइँको बैंक एकाउन्टमा रहेको पैसा समेत चोर्न सक्छन् ।

लोटरी परेका तस्वीर कहिले पनि फेसबुकमा सेयर गर्नुहुँदैन । तपाइँले खुशी मानेर सेयर गरेको तस्वीरलाई नक्कली बनाएर ह्याकरले तपाइँको पैसा उनीहरुले नै लिन सक्छन् ।

फेसबुकमा कहिले पनि आफ्नो नागरिकता, शैक्षिक प्रमाणपत्रका तस्वीर पोष्ट गर्नुहुँदैन । यसको माध्यमबाट ह्याकरले बैकमा प्रमाणका रुपमा पेश गरेर तपाइँको एकाउन्टको पैसा चोर्न सक्छन् ।

बच्चासँगको वा परिवारकोसँगको तस्वीर फेसबुकमा हाल्दा अप्ठ्यारोमा पर्न सक्छन् । यस्ता फोटोको माध्यमबाट तपाइँमाथि निगरानी राखिरहेका व्यक्तिहरुलाई थाहा हुन्छ तपाइँ कहिले परिवारसँग रहेको र नरहेको जसलेगर्दा उनीहरुलाई तपाइँमाथि निगरानी गर्न सजिलो हुन्छ ।

फेसबुकमा कहीँ घुम्न जाँदा लोकेशन सहितको तस्वीर पोष्ट गर्नुहुन्छ भने त्यसो नगर्नुस् । यसले तपाइँ कुनबेला कता छ भनि जानकारी उनीहरुलाई हुन्छ र तपाइँको नभएको अवस्थामा घरमा चोरी वा तपाइँलाई अप्ठ्यारोमा पार्ने योजना बुन्न अरुलाई मद्दत मिल्दछ । @ एजेन्सी






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution