तामाङ सोसाइटी अफ अमेरिकाले मञ्जुलाई १ लाख सहयोग

मंसिर १२, काठमाडौंः मन्जुमाया तामाङ बचाउ अभियानमा तामाङ सोसाइटी अफ अमेरिकाले हातेमालो गरेको छ । सोसाइटीका महासचिव अमर तामाङले आइतबार मञ्जुलाई भेटेर उपचारका लागि १ लाख ७ हजार २ सय ८७ रुपैया हस्ताणतरण गरेको छ ।
काभ्रेपलान्चोक जिल्ला मेटुवाल २ चापाखोरी निवासी २३ वर्षीय मन्जुमाया तामाङले बिगत १० बर्ष देखि श्रवन शक्ति गुमाएकी छिन् ।
कक्षा ८ मा अध्यान गर्दै गर्दा १२ बर्षको कलिलो उमेरमा टाइफाइडको कारण ज्वरो बढेकोले उनको श्रवन शक्ति गुमेको परिवारले जनाएको छ । अहिले उनको उपचारको लागि अन्तराष्ट्रिय रुपमा अभियानै चलेको छ ।