तामाङ चलचित्र:ताङ्जिम बोर्जी नायिका – सिल्पा तामाङ

डेढ वर्षदेखि मोडलिङमा रमाउँदै आउनुभएकी शिल्पा तामाङले तामाङ चलचित्र ताङ्जिम बोर्जी मा शीर्ष भूमिका निर्वाह गर्नुभएको छ । शिल्पाले खाले रुम्बा…, आधा तोला…, सेम्झी म्हेन्दो… लगायत एक दर्जन तामाङ गीत र मेलिना राईको आँसु पुछ्ने रुमाल होइन… लगायत केही गीतमा मोडलिङ गर्नुभएको छ । नुवाकोट जिल्ला काउले–४ की शिल्पाको सानैदेखिको रुचि हो, नाच्नु । ऐंसेलु माविबाट एसएलसी उत्तीर्णपछि अध्ययनका लागि राजधानी आउनुभएकी शिल्पाले मानविकी विषयमा स्नातक गर्नुभएको छ । मिस तामाङ २०१६ मा तृतीय उपविजेता बनेपछि मोडलिङमा बढी सक्रीय हुनुहुन्छ ।
उहाँ मोर्डन र ब्याले नृत्यमा विशेष रुचि राख्नुहुन्छ । भ्रमण, अध्ययन र सायरी लेखनमा रुचि राख्नुहुने शिल्पा समाजिक सञ्जाल फेसबुकको सक्रियताबारे भन्नुहुन्छ–“सेल्फी र स्टाटस पोस्ट गर्न मन लाग्छ । देखे, भोगेका विषयलाई पोस्ट गरिहाल्छु । ” मोडलिङलाई सौखको रूपमा लिनुभएकी शिल्पाको रुचि चलचित्रमा पनि छ, राम्रो प्रोजेक्ट पाएमा । भन्नुहुन्छ– “रुचि त छ तर राम्रो कथा र निर्माता भेटेमा । ”