हेडलाईन

तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न        

थाई जनता बुद्धधर्म मान्छन् तर ८० प्रतिशतभन्दा बढीलाई बुद्धको जन्म नेपालमा भएको थाह छैन

buddha-kmsraj51

पत्ताया सिटी (थाइल्यान्ड), १२ मङ्सिर – थाइल्यान्डमा झन्डै ९० प्रतिशत जनता बुद्धधर्म मान्छन् । यस मुलुकको प्रमुख आम्दानीको स्रोत पर्यटन व्यवसाय हो र यहाँ बर्सेनि दुई करोडभन्दा बढी विदेशी पर्यटक भित्रिने गर्दछन् ।

यहाँका स्थानीयवासी बुद्ध शब्द सुनेर हुरुक्कै हुने गर्छन् । उनीहरुले असाध्यै स्नेहका साथ भक्तिभाव गर्ने दुईमा एक बुद्ध हुन् भने अर्का यहाँका राजा हुन् । हालै मात्र स्वर्गीय भएका राजा भूमिबोल अदुल्यादेजका ठूल्ठूला तस्बिर यहाँका प्रमुख सहरहरुमा देख्न सकिन्छ । घरघर र व्यवसाय स्थलमा बुद्धभक्तिका लागि तस्बिर र माला राखिएका पाइन्छन् । उनीहरु जीवनमा एकपटक बुद्ध जन्मेको ठाउँ नपुगे मनोकाङ्क्षा पूरा नभएको महसुस गर्ने गर्दछन् । तर दुर्भाग्य यिनै अधिकांश थाईलाई बुद्ध जन्मेको देश नेपाल हो भन्ने जानकारी नै छैन । उनीहरुमध्ये धेरै नेपाल जान्छन् र बुद्ध जन्मस्थल लुम्बिनी घुम्छन् । यति गरेपछि सङ्कल्प र मनोकाङ्क्षा पूरा भएको ठान्छन् ।

यस्ता सबै काम भारतीय ट्राभल एजेन्सीले गर्ने हुँदा उनीहरुलाई भारतका विभिन्न क्षेत्र हुँदै लुम्बिनी मात्र पु¥याइने तर लुम्बिनी नेपाल भूखण्डभित्र छ भन्ने जानकारी नै हुँदैन । भारतमै लुम्बिनी पर्छ भन्ने भ्रम पनि उनीहरुमा छरिएको पाइएको गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) थाइल्यान्डका अध्यक्ष खगेन्द्रराज ढकाल बताउनुहुन्छ । नेपालबाट थाइल्यान्ड घुम्न आएका पर्यटकलाई यहाँका थाईले भारतीय नै भनेर चिन्ने र व्यवहार जनाउने कुराले पनि यो तथ्यलाई थप प्रस्ट पारेको छ । हाल नेपालबाट थाइल्यान्डमा सातदिने भ्रमणमा आउनुभएका चितवन भरतपुरका सरोज ढकाल आफूहरुलाई पनि पटकपटक भारतीय भनेर व्यवहार गरेको सुनाउनुहुन्छ ।

उहाँले नेपालका बारेमा थाई जनतालाई खासै जानकारी नभएको तर भारतकै एउटा ठाउँ हो भनेर सम्झने गरेको पाइएको बताउनुभयो । नेपाली र भारतीयको आनीबानी धेरै मिल्ने हुँदा थाई जनतालाई यस्तो लागेको हुनसक्छ । एनआरएनएका अध्यक्ष ढकाल भन्नुहुन्छ, “बुद्ध जन्मिएको देश भनेर नेपाललाई चिनाउन नसक्दा हामी पछिपरेका छौँ, दर्शनीय बौद्ध तीर्थस्थललाई विश्वसामु चिनाउन सके, नेपाल एक अन्तर्राष्ट्रिय पर्यटकीय र अनुसन्धान केन्द्रका रुपमा विकास गर्न सकिन्छ ।”

बुद्धधर्म मात्र नभएर दर्शन भएकाले अन्य धर्मावलम्बीले पनि बुद्ध जन्मिएको ठाउँलाई हेर्न, दर्शन गर्न र अध्ययन गर्न चाहना गर्ने गरेको थाइल्यान्डमा प्राध्यापन पेसामा संलग्नसमेत रहनुभएका ढकाल बताउनुहुन्छ ।

जब नेपाली आफ्नो देशमा रहन्छन्, त्यतिबेला बुद्धको महत्व कम हुने गरेको र विदेशमा आएपछि थप महत्व बोध हुने गरेको थाइल्यान्डमा लामो समय बसोबास गर्दै आएका नेपालीहरु बताउँछन् । थाइल्यान्डमा करिब तीन हजार पाँच सयको हाराहारीमा नेपाली बस्छन् जसमध्ये आधाभन्दा बढी अध्ययनका लागि आएकाहरु हुन् । अस्ट्रेलिया र अमेरिकाको अध्ययनपछि प्राध्यापकका रुपमा स्थापित एनआरएनएका अध्यक्ष ढकाल भन्नुहुन्छ, “सारा बौद्ध जनताको सपनालाई ‘क्यास’ गर्न सकियो भने नेपाल आफैँ पर्यटन क्षेत्रमा समृद्ध बन्छ ।”

नेपालबाट थाइल्यान्ड आएका केही मानिस पर्यटन व्यवसायमा आबद्ध छन् । केही रोजगारीमा छन् । कतिपय अन्तर्राष्ट्रिय नियोग, संयुक्त राष्ट्रसङ्घजस्ता महत्वपूर्ण कार्यालयमा पनि काम गर्ने गर्छन् । नेपाली यहाँ एक्लैभन्दा पनि समूहमा व्यवसाय गर्न रुचाउँछन् । यहाँ शान्तिसुरक्षाको अवस्था सहज र प्रभावकारी हुँदा काम गर्न र व्यवसाय गर्न सजिलो हुने गरेको नेपाली व्यवसायीहरु बताउँछन् । दुई दशकदेखि घरजग्गाको कारोबारमा जम्नुभएका एनआरएनए थाइल्यान्डका उपाध्यक्ष महेन्द्र श्रेष्ठ थाइल्यान्डको भन्दा बढी सम्भावना नेपालमा देख्नुहुन्छ । नेपालकै कमजोरीका कारण थाइल्यान्डमा पर्यटकको ओइरो लाग्दै गर्दा यहाँ बस्ने नेपाली टुलुटुलु हेरेर मात्रै बस्न बाध्य भएको उहाँको भनाइ छ ।
थाइल्यान्डमा पर्यटक समुद्रको मजा लिन आउँछन् । उनीहरु पानीजहाज चढ्ने, समुद्रमा डुबुल्की मार्ने, बालुवामा सुत्ने र ‘सन बाथ’को मनोरञ्जन लिने, समुद्रमाथि उड्ने रहर बोकेर आएका हुन्छन् । मुख्य रुपमा थाइल्यान्डसँग इन्डियन महासागर जोडिएको छ । बीचबीचमा टापूहरु छन् जसलाई थाई जनताले पर्यटनको मुख्य केन्द्रका रुपमा विकास गरेका छन् । पर्यटकहरु विभिन्न टापूमा पुगेर प्याराग्लाइडिङसमेत गर्दछन् ।

एनआरएनका उपाध्यक्ष श्रेष्ठ नेपालमा हिम शृङ्खला, दुर्लभ वन्यजन्तु सहितका निकुञ्ज र प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ र यिनै हेरेर रमाउन पर्यटक नेपाल पुग्छन् । यसको महत्व बुझ्न र बुझाउन नसक्दा नेपाल ओझेलमा परेको उहाँ बताउनुहुन्छ । थाइल्यान्डमा बाह्रै महिना चर्काे गर्मी हुन्छ । यही मौसमलाई समेत उनीहरुले सदुपयोग गरेर पर्यटक भित्र्याएका छन् । नेपालमा बाह्रै महिना पङ्खासमेत राख्न नपर्ने स्थान छन् । हरेक किसिमका वातावरण नेपालमा हुनु आफैँमा विशेषता भएपनि यसलाई अन्तर्राष्ट्रिय जगतसम्म पु¥याउन नसक्नु मुख्य कमजोरी भएको श्रेष्ठको भनाइ छ ।
विगत १३ वर्ष थाइल्यान्डमा कपडा व्यापारमा सक्रिय रहेर हाल नेपालमा समेत व्यवसाय थाल्नुभएका भरतपुरका प्रकाश सुवेदी थाइल्यान्डमा रहेका नेपालीले नेपालमा पर्यटक पठाउन विभिन्न गतिविधि तथा मेला÷महोत्सव गर्दै आएको बताउनुहुन्छ । सन् २०१४ र २०१५ मा थाइल्यान्डमा नेपाल महोत्सव नै गरेर प्रचार गरिए पनि पूर्ण नभएको उहाँको भनाइ छ । यस अभियानमा एनआरएनएसँगै नेपाल सरकारले पनि पहल गरिदिए प्रभावकारी हुनसक्े सुवेदी बताउनुहुन्छ । पहिलो महोत्सवलाई थाइल्यान्डकी राजकुमारीले उद्घाटन गर्दा माथिल्लो तहसम्म प्रचार पुगेको दाबी थाइल्यान्डमा रहेका नेपालीको छ ।

उनीहरुका अनुसार ९० प्रतिशत थाई जनता बुद्धधर्म मान्छन् तर ८० प्रतिशतभन्दा बढीलाई बुद्ध नेपालमा जन्मिएको भन्ने नै जानकारी छैन । यहाँ अन्तर्राष्ट्रिय रुपमा बुद्ध जयन्तीलाई ‘बेशाक’ भनेर मनाउने गरिए पनि प्रचारको कमी छ । थाइल्यान्डमा रहेका नेपालीले यो दिनमा सडकमा ¥यालीसमेत निकाल्छन् । मुख्य रुपमा थाई र यहाँ भित्रने पर्यटक नेपालमा लैजान थाई भाषामै प्रचार गर्नुपर्ने र यसका लागि दूतावास, नेपाल सरकार र एनआरएनएको संयुक्त पहल जरुरी रहेको सुवेदी बताउनुहुन्छ ।

नेपालको विमान थाइल्यान्डमा दैनिक उडान गरी थाइल्यान्डको समुद्रसँगै नेपालको हिमालको पनि अवलोकन गराउन सकिए थाई जनता र थाइल्यान्ड आउने पर्यटकलाई नेपाल भित्र्याउन सकिने सुवेदी बताउनुहुन्छ ।@ लोकान्तर |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution