हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

सिसिटिभी सहितको साझा बस संचालन , म पनि खलासी हुँ – प्रधानमन्त्री दाहाल

aa

काठमाडौँः ‘साझा बसमा जो पनि चढ्दछ, किलिन्डरले दुई रुपियाँको टिकट काट्दछ… हामी पनि हुइँकिउँ बुइनी साझा बसैमा !’
कलाकार हरिवंश आचार्यले मञ्चमा आफ्नो पुरानो गीत गाउँदा पुल्चोकस्थित साझा यातायातको प्राङ्गण उल्लासमय बन्यो ।साझा यातायातका नयाँ बस शुभारम्भ कार्यक्रममा महजोडीको भावनात्मक व्यङ्ग्य तर सन्देशमूलक प्रस्तुतिले उपस्थित प्रधानमन्त्रीसहित मन्त्री तथा नेतागणलाई निकै गम्भीर बनायो।

कलाकार मदनकृष्ण श्रेष्ठले दश पैसाबाट सुरु गरेर दुई हुँदै १५ सम्म भाडा रहेको साझाको अनवरत यात्राको कहानी कोट्याउँदा कलाकार आचार्यले अब, यसभन्दा बढी भाडा नबढोस्, साझालाई सुरक्षित, भरपर्दो र समयमै गन्तव्यमा पुग्ने बनाइयोस् भनी कामना गरे । ‘साझा यातायात मेरो बच्चादेखिकै साथी हो, त्यतिबेला रु दुईको टिकटको गीत लेखेको थिएँ, अहिले १५ पुगेको छ, अब नबढोस्,’ उनले भने ।
निकै व्यङ्ग्यात्मक शैलीमा आचार्यले पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसी माइक्रोबसबाट लडेको उदाहरण दिँदै अब नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका नेताहरु पनि त्यसरी नै लड्नुपर्छ भनेपछि सभा कक्ष हाँसोले निकै गुञ्जायमान बनेको थियो ।

आचार्यले त्यति मात्र हैन, अब, देश खलासीले चलाउनुपर्छ भनेपछि सबैको ध्यान खिँच्यो । खलासीले जसरी बसमा सबै जातजाति, समुदायलाई मिलाएर व्यवस्थापन गर्र्छ, नेताहरुले पनि त्यसैगरी सहमतिबाट देशलाई अघि बढाउनुपर्छ ।

देशको वर्तमान परिस्थितिलाई इङ्गित गर्दै कलाकारको सो प्रस्तुतिबाट प्रधानमन्त्री पुष्पकमल दाहाल पनि निकै प्रभावित भएपछि भने, ‘महजोडीले भन्यो ‘सरकार र राजनीतिक दललाई खलासी बन्न’, मैले के ठानेको छु भने म अहिले खलासी नै छु र मैले बल गरिरहेको छु सबै मिलेर बसौँ भनेर, तपार्इंहरुले पनि साथ दिनुस् ।’

प्रधानमन्त्री दाहालले आफू दोस्रो पटक प्रधानमन्त्री हुँदा देशभित्र यातायात व्यवस्थाको अराजकतालाई ध्यानमा राख्दै सुधारका नीति र योजनालाई कार्यान्वयनमा ल्याउन तथा ट्राफिक व्यवस्थापनमा लागिपरेको सन्दर्भमा साझाको काम सराहनीय रहेको बताए ।
चौडा सडक र ठूला बस सहरका लागि अपरिहार्य छ भन्दै प्रधानमन्त्री दाहालले सहरी व्यवस्थापन र यातायात व्यवस्थालाई प्रभावकारी बनाउन काठमाडौँ उपत्यका विकास प्राधिकरणलाई ऐन मार्फत व्यवस्थित गरी उपत्यकाका तीन वटै जिल्लाका सहरलाई एकीकृत र गोलबद्ध बनाएर लैजाने गृहकार्यमा सरकार लागिपरेको जानकारी दिए।

काठमाडौँ महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङले काठमाडौँको यातायात व्यवस्थापन गर्न कामपाले साझासँग सहकार्य गरी नयाँ बस सेवा सुरु गरेको बताए । उनले अबको लक्ष्य काठमाडौँ बाहिरका मुख्य सरहमा सेवा पुर्याउने र त्यसका लागि पाँच करोड बजेट व्यवस्था गरिएको जानकारी दिए ।

कामपाले यसअघि ३० बसमा रु १० करोड सेयर लगानी गरेको थियो । स्मार्ट कार्ड मार्फत यात्रुले सहजै शुल्क तिर्ने व्यवस्था गरिने साझाले जनाएको छ ।साझा यातायात सहकारीका अध्यक्ष कनकमणि दीक्षितले ‘चौडा सडकमा ठूलो बस’ अवधारणाअनुरुप साझाले आफ्नो सेवा विस्तार गरेको बताउँदै सहरी यातायात व्यवस्थापनका लागि नयाँ नीति चाहिने औँल्याए ।साझाले आइतबारदेखि उपत्यकाका चार मार्गमा सुविधासम्पन्न ३० नयाँ बस शुभारम्भ गरेको हो । साझाका पुराना आठ सहित नयाँ गरी आजदेखि ३८ बस उपत्यकामा सञ्चालन भएका छन् ।

साझाबाटै सिंहदरबार

साझा यातायातले सुरु गरेका नयाँ बसको उद्घाटनपछि प्रधानमन्त्री दाहाल बा४ख ५६५५ नंको साझाको बस चढेर सिंहदरबारस्थित आफ्नो कार्यालय पुगे । उनका साथमा भौतिक पूर्वाधार तथा यातायात विकासमन्त्री रमेश लेखक, सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डे, सहकारी तथा गरिबी निवारणमन्त्री हृदयराम थानी लगायत विशिष्ट व्यक्ति थिए |

सहरी मापदण्डका अत्याधुनिक सुविधासम्पन्न साझाका बस सञ्चालनमा आएको साझाका कामु प्रमुख कार्यकारी निर्देशक महेन्द्रराज पाण्डेले बताए ।

आधुनिक सुविधासम्पन्न साझाको बस अपाङ्गमैत्री छ, त्यसका लागि पछाडिको ढोका ठूलो र ह्विलचेयर सहजै छिराउन मिल्ने सुविधा छ ।
बसभित्र दुई ह्विलचेयर अट्ने ठाउँ छ । नयाँ बसमा चार सिसिटिभी छन् । मनोरञ्जनका लागि एलइडी टिभी र मोबाइल चार्जरको व्यवस्था छ । @ रासस






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution