हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

श्रीमान विदेशमा,दुई छोरालाई छाडी नगद सहित श्रीमती अर्कै संग टपकसेपछि …..

m

मोरङ, मंसिर १२ – श्रीमान विदेशमा भएको बेला श्रीमती पनि अन्त्यै घर छाडेर गएपछि दुई नाबालक छोराको बिचल्ली भएको छ । मोरङ सिंहदेवी ९ का जसमान राईको जीवनमा सोच्दै नसोचेको घटनाले पारिवारिक जीवनमा भुइचालो आएको छ ।

छुट्टीमा घर आउँदा ३० वर्षीय श्रीमती सोनु राई दुई छोराहरु लालनपालन गरि राम्रै घरबार सम्हालेर बसेकाले पुनः विदेश गएको १८ महिना नपुग्दै नाबालक छोराहरुलाई छाडी भएभरको सम्पति लिएर श्रीमती बेपत्ता भएपछि समस्यामा परेको उनले बताए।

श्रीमती बेपत्ता भएको खबर सुन्ने बित्तिकै विदेशबाट हान्निएर नेपाल फर्किए ,नेपाल आउँदा साना दुई छोराहरु मात्रै पाए उनले भने। श्रीमतीको खोजीमा विभिन्न ठाउँमा भौतरिरहेको र इलाका प्रहरी कार्यालय केराबारीमा समेत श्रीमती खोजी दिन आग्रह गर्दै निबेदन दिएको तर अझै फेला नपरेको उनले जानकारी दिएका छन् ।

१४ वर्ष देखि बुबाआमा संग छुट्टिएर आफ्नै घरमा बस्दै आएको राई परिवारमा कुनै खटपट नआएको र आफू बिदेशमा छदा पनि सम्बन्ध राम्रै रहेकाले श्रीमतीकै बिश्वासमा पैसा पठाउने गरेको तर अहिले मेरो बिश्वासलाई घात गरेर चार पाँच लाख रुपैया र भएको सारा सम्पत्ति लिएर बेपत्ता भएपछि उनले विभिन्न संचार माध्यमबाट श्रीमती खोजिदिन आग्रह गरेका छन्।

सम्पति लिएर हिड्नु र छिमेकी युवा पनि हराउनुले पनि अर्कै केटासँग भागेकी हुन भन्ने गाउँघरमा चलेको हल्लाले उनले बताए। वैदेशिक रोजगारीले निम्ताएका यी त प्रतिनिधि घटना मात्रै हुन् । पछिल्लो दिन विदेशिने युवाको संख्या जसरी बढ्दो छ, त्यसरी नै पारिवारिक सम्बन्धान अनेक समस्या आईरहेका छन् ।

के भन्छ प्रहरीः

यसरी धनसम्पति सहित घर छाडेर हिडेका महिलाको खोजी गरिपाँउ भन्दै हरेक दिन दर्जन बढि उजुरी आउने गरेका प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार गएको १ महिना यता मात्रै मानिस हराएको भन्दै धेरै मात्रामा निवेदन दर्ता भएका छन् । जसमध्ये महिला हराएकाले खोजी पाँउ भन्ने व्यहोराका बढी निबेदन परेको छ । बाँकी मुद्दा मध्ये पुरुष र बालबालिका हराएकाले खोजी पाँउ भन्ने व्यहोराका निवेदन दर्ता भएका छन् । @ पुर्बेलीन्युज






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution